Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

थुनुवालाई स्वास्थ्य परीक्षणबिनै कारागार प्रवेश गराइने गरेको भन्दै गुनासो

इलाम । थुनुवालाई कोरोना भए नभएको यकिन गरेर मात्र कारागार प्रवेश गराउनुपर्ने अदालतको आदेश पालना हुन नसकेको इलाम कारागारका कैदीले राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीसमक्ष गुनासो गरेका छन् । मानवअधिकार आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोलीसमक्ष कैदीहरुले क्षमताभन्दा बढी कैदी रहँदा भएको समस्यालगायतका विषयमा जानकारी गराएका हुन् । कारागारमा कोरोना भाइरसपछिको बदलिँदो अवस्थाबारेमा अनुगमनका क्रममा पाठकसहितको टोली इलाम आएको हो ।

मानवअधिकार आयोगका पदाधिकारीको टोलीले इलाम कारागारको अनुगमन गरेको सहित सरोकारवालासँग छलफलसमेत गरेको छ । कारागारमा आइसोलेसन र क्वारेन्टिन छ या छैन भन्नेबारे साथै यसको गुणस्तरका विषयमा अनुगमन गरिएको हो । कारागारमा रहँदा कोरोनापछि भोग्नुपरेका समस्या र कोभिडले निम्त्याएको असरका विषयमा सरोकारवालासँग छलफल गरिएको थियो । कारागारका कैदीले आन्तरिक प्रशासनअन्तर्गत पाउनुपर्ने सेवासुविधा विगतका दिनमा पाए पनि हाल नपाएको भन्दै गुनासो गरेका छन् । कैदीका तर्फबाट आयोगका पदाधिकारीलाई नौँ बुँदे ध्यानाकर्षणपत्रसमेत बुझाइएको छ ।

सो कारागार १२० कैदी अटाउन सक्ने क्षमताको भए पनि २४० बढी कैदी भएका कारण समस्या भएको कैदीहरुको भनाइ छ । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईँले कानूनी केही बाधा रहे पनि व्यवहारिक पक्षमा समेत ध्यान दिएर काम गर्ने गरेको बताए । त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख नवीनराज राईले इलाममा असहज परिस्थिति नरहेको बताए । उनले थुनुवा तथा कैदीको खचाखचको स्थिति नरहेको जानकारी गराए ।

कारागार अनुगमनपछि जिल्ला प्रशासन कार्यालयमा सरोकारवालासँग छलफलका क्रममा कारागारका तर्फबाट जेलर प्रदीप श्रेष्ठले कोरोना भाइरसको सङ्क्रमणबाट बाहिरी भेटघाट बन्द गरिएको बताए । उनले स्वास्थ्यकर्मीको दरबन्दी भए पनि कर्मचारी नहुँदा समस्या नभएको जानकारी गराए ।

कारागारमा गाडीको व्यवस्था नहुँदा झनै समस्या भएको उनको भनाइ छ । त्यस्तै जिल्ला सरकारी वकिल युवराज महतले कोरोना सङ्क्रमण शुरु भएपछि कारागार र अदालतमा भीडभाड कम गराउन प्रयत्न भएको बताएका थिए । कानूनी केही बाधा रहे पनि सहजीकरण भइरहेको उनको भनाइ छ । मानवअधिकार आयोगले मङ्गलबारबाट झापासहित इलाम हुँदै देशका २७ जिल्लाको अनुगमन गर्ने गरी काम थालेको हो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies