Khabar Dabali Logo
  October 24, Sat

खानेपानी र सरसफाइ क्षेत्रमा निजी लगानीको व्यवस्था गर्न माग

काठमाडौँ । नेपालमा हालसम्म स्वच्छ खानेपानीको पहुँच २० प्रतिशत नागरिकलाई मात्र पुगेकाले सेवा विस्तार गर्न निजी लगानी आकर्षित गर्नुपर्ने विज्ञहरुको माग छ । नेपालको संविधान भाग ३ को मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भन्ने व्यवस्था छ । यो व्यवस्था संविधान जारी भएको पाँच वर्ष पूरा हुँदा पनि सेवा दिनेतिर अघि बढेको छैन ।

असी प्रतिशत नागरिकलाई स्वच्छ पानी उपलब्ध गराउन वैकल्पिक उपायको खोजी गर्दै निजी लगानी आकर्षित गरिनुपर्ने बैङ्कर तथा ग्लोबल एलायन्स अफ बैङ्किङ अन भ्यालु एशिया प्यासेफिकका क्षेत्रीय प्रतिनिधि उपेन्द्र पौड्यालले माग गरे । सरकारले प्राथमिकता प्राप्त क्षेत्रमा खानेपानी तथा सरसफाइलाई राखे बैङ्कहरुको लगानी आउन सक्ने उनको भनाइ छ ।

सन् १९९० को दशकसम्म पनि नेपालका बैङ्कहरुले जलविद्युत्मा लगानी गर्न सकिन्छ र गर्नुपर्छ भन्ने सोच्न सकेका थिएनन तर सरकारले यसलाई प्राथमिकता प्राप्त क्षेत्रमा राखेपछि जलविद्युत् क्षेत्रमा बैङ्कको लगानी बढेको छ । लगानीबाट साँवा र ब्याज फिर्ता हुन्छ भन्ने प्रत्याभूति गर्न सकिने अवस्था भएमा बैङ्कले सहज ढङ्गले लगानी गर्छन् । शुरुमा यस्ता आयोजनामा व्यापारिक तथा व्यावसायिक साख भएका व्यक्ति आउनुपर्ने विज्ञहरुको भनाइ छ ।

बैङ्कहरुले पनि लगानीका विविध क्षेत्रको खोजी गरिरहेका छन् । पहिले कार्पेट र तयारी पोसाक (गार्मेन्ट) मा लगानी गरेका बैङ्कहरुले जलविद्युत्, होटल, केबुलकार, कृषि र सिमेन्ट जस्ता क्षेत्रमा लगानी बढाउँदै लगेको देखिएको छ । बैङ्कहरुले खानेपानी आयोजनामा प्रत्यक्ष लगानी नगरे पनि निजी तथा सामूहिक आवास ९हाउजिङ० र होटलहरुका सोलार पम्पिङ र पम्पिङ कम्पोनेन्टमा लगानी गरिरहेका छन् ।

राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारी नेपालको संविधान, १५ औँ आवधिक योजना र दिगो विकास लक्ष्य प्राप्तिसम्बन्धी कार्यक्रमले तय गरेका लक्ष्यहरु निर्धारित समयमा हासिल गरी सबै नेपालीलाई स्वच्छ खानेपानी र सरसफाइको सेवा उपलब्ध गराउने सरकारी प्रयासलाई सघाउने गरी वैकल्पिक कार्यक्रमको आवश्यकता रहेको बताए । साना आयोजनामा स्थानीय बैङ्कले लगानी गर्न सक्ने उनले बताए ।

स्मार्ट पानीका निर्देशक सुमन शाक्यले सार्वजनिक क्षेत्रमा स्वच्छ खानेपानी उपलब्ध गराउन १४० वटा विद्यालयमा आफ्नै प्रयासमा कार्यक्रम थालिएको उदाहरण दिँदै खानेपानीको क्षेत्रमा नयाँ काम गर्ने र उद्यमशीलता विकास गर्नेलाई प्रोत्साहित गर्ने नीति माग गरे । खानेपानी स्वच्छ पार्ने प्रविधिको व्यापक विस्तार गरी संविधानले प्रत्याभूत गरेअनुसार स्वच्छ पानी र सरसफाइको सेवा देशभर उपलब्ध गराउन सकिने विश्वास उनले व्यक्त गरे ।

एशिया वाटर काउन्सिलका संस्थापक डा विन्दुनाथ लोहनी एशियामा बैङ्कहरुले टेलिकम, ऊर्जा, यातायातका क्षेत्रमा सहज तरिकाले लगानी गरेको तर खानेपानीको क्षेत्रमा सहुलियतपूर्ण कर्जा, सार्वजनिक निजी साझेदारीमा आयोजना सञ्चालन भइरहेको उल्लेख गर्दै आयोजनालाई सम्भावनायुक्त बनाउन आर्थिक सहयोग हुनुपर्ने बताए ।

अशोज ७ गते, २०७७ - १०:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोलमा मिसावट गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पेट्रोल पम्प सिल

कर्णाली । पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पम्प सिल गरिएको छ...   

बेवारिसे सालको काठ बरामद

स्याङ्जा । चापाकोट नगरपालिका १ खोलेगाउँस्थित भित्री सडकको जंगलमा बेवारिसे अवस्थामा भेटिएको सालको...   

मृत्यु संस्कारका लागि सामुदायिक वनले दाउरा व्यवस्थापन गर्ने

टिकापुर । कैलालीको टीकापुरका सञ्जय विकका बुवाको गत साउन २५ गते निधन भयो । बुवाको निधनपछि मृत्यु संस्कारका...   

नागरिकको भीड बढ्न थालेपछि शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको...   

बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन...   

अलपत्र अवस्थामा रहेका ११ बालबालिकाको उद्धार

सिमकोट । काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ । काठमाडौंको...   

मोटरसाइकलको ठक्करबाट ६९ वर्षीया थारुको मृत्यु

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आज अपराह्न मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको...   

भियतनाममा बाढीबाट ९० जनाको मृत्यु

हनोइ । गएको कम्तीमा पनि दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको...   

चीनको अर्थतन्त्रमा तिब्र सुधार, कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता

बेइजिङ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता...   

विश्वमा कोरोना सङक्रमितको संख्या करिब ४ करोड, ११ लाख १३ हजारको मृत्यु

वासिङ्टन । विश्व कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या करिब चार करोड पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top