Khabar Dabali Logo
  October 29, Thu

लाप्चाबाट फर्कियो सीमास्तम्भ खोज्न गएको टोली

चिनियाँ पक्षसँग भएन वार्ता, ११ नम्बर स्तम्भ हराउँदा सीमारेखा अस्पष्ट

हुम्ला । नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ खोज्न गएको नेपाली टोली चिनियाँ पक्षसँग वार्ता नगरी लाप्चाबाट फर्केको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले लाप्चा नजिकैको ललुङजोङ क्षेत्रमा चीनले बनाएका संरचनाबारे पनि कुराकानी गर्न खोजेको थियो ।

आजको कान्तिपुर दैनिकमा खबर छ – नाम्खा गाउँपालिका–६, लिमी क्षेत्रमा पर्ने ११ नम्बर सीमास्तम्भ हराउँदा नेपाल–चीनको सीमारेखा स्पष्ट हुन सकेको छैन । लाप्चामा रहेको १२ नम्बर स्तम्भ नजिकै ललुङजोङमा चीनले संरचना निर्माण गरेपछि आइतबार नेपाली टोली बुझ्न त्यसतर्फ गएको थियो ।

टोलीमा नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र जनप्रतिनिधि सहभागी छन् । टोलीमा सहभागी नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाका अनुसार टोली आइतबार बिहान ११ बजे ललुङजोङ पुगेको थियो । त्यहाँ रहेका चिनियाँ सुरक्षाकर्मीले ताक्लाकोटबाट आफ्ना प्रतिनिधि आउँदै गरेको जानकारी दिँँदै पीपीई सेट लगाएर बस्न भनेका थिए ।

करिब डेढ घण्टा कुरेपछि चार जना चिनियाँ अधिकारी आएका थिए । ‘उनीहरूले कोरोनाको डर छ, यहाँ कुराकानी नगरौं, बरु बोर्डरलाइन (सीमारेखा) मा बसौंला भनेर माइकिङ गरे,’ उनले भने, ‘त्यसपछि हामी फर्कियौं, कुराकानी भएन ।’ उनका अनुसार चिनियाँ अधिकारीले भवन बनाएको भूभाग चीनकै भएको बताएका थिए ।

ललुङजोङमा चीनले साना–ठूला गरी ११ वटा भवन बनाएको छ । लाप्चादेखि करिब ४ किलोमिटर पश्चिममा पर्छ । चिनियाँ पक्षको जवाफपछि नेपाली टोली हिल्सातर्फ लागेको थियो । हिल्सामा ८ नम्बरको स्तम्भ छ ।

चीनले संरचना बनाउनुअघि ललुङजोङ क्षेत्रमा बर्खाको समयमा लिमीका बासिन्दाले चौंरी चराउन लाने गर्थे । लिमीदेखि त्यहाँ पुग्न गाडीमै करिब ४ घण्टा लाग्छ । तिब्बततिरबाट पनि चरिचरनका लागि मानिस आउँथे । करिब ४ वर्षअघि चीनले व्यापारिक प्रयोजनका लागि भनेर दुइटा घर बनाएको थियो ।

अहिले थप ९ वटा बनेका छन् । एउटा सानो घरमा सुरक्षाकर्मी बसेको र बाँकी प्रयोगमा नरहेको अध्यक्ष लामाले बताए । ‘खासमा त्यो ठाउँ दुवैतिरको चरिचरन क्षेत्र थियो, अहिले भवन बनेपछि लिमीका मान्छे (नेपाली) लाई त्यहाँ जान रोक लगाइएको छ,’ उनले भने, ‘हराएको पिल्लर खोजी नगर्दासम्म कुन भूभाग कताको हो भन्न सकिने अवस्था छैन ।’

हिल्सातिर गएको टोली फर्केको छैन । सहायक प्रजिअ दत्तराज हमालले छिटोमा बुधबार साँझसम्म टोली फर्किने बताए । उनले स्तम्भ हराएको र ललुङजोङमा चीनले घर बनाएको गुनासो आएपछि टोली त्यसतर्फ गएको बताए । ‘कति स्तम्भ कहाँ–कहाँ छन् भन्नेबारे टोली फर्किएपछि थाहा हुन्छ,’ उनले भने ।

नेपाल–चीन सीमाअन्तर्गत हुम्ला क्षेत्रमा मात्र १२ स्तम्भ छन् । तीमध्ये ११ नम्बर स्तम्भ हराएको वा भत्केको नेपाली अधिकारीको भनाइ छ । जिल्ला प्रशासन कार्यालयको अभिलेखमा भने हुम्ला जिल्लाको सीमारेखामा १० वटा मात्र स्तम्भ छन् ।

पहिलो पटक ०७२ सालमा हुम्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सीमा बैठकमा उक्त स्तम्भबारे एजेन्डा राखेका थिए । उक्त बैठकमा दुवै पक्ष मिलेर स्तम्भ खोजी गर्ने निर्णय भएको थियो । नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङले भने, ‘बैठकमा कुरा उठ्छ, खोजी गर्ने सहमति पनि हुन्छ । बैठक सकिएपछि भने दुवै पक्षले बिर्सिन्छन्, अनि पिल्लर कहाँबाट भेटियोस् ।’

अशोज ७ गते, २०७७ - ०८:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तास र कौडा खेल्न २० जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ...   

बलात्कारीलाई मृत्युदण्डः आवश्यकता कि बाध्यता ?

काठमाडौँ । बलात्कारका घटना बढ्दै जाँदा पछिल्लो समय पीडकलाई मृत्युदण्ड दिने, नपुंसक बनाउने लगायतमा...   

सरकारले स्थानीय तहसम्मै पक्की सडकसञ्जाल जोड्ने

काठमाडौँ । सङ्घीयता कार्यान्वयनका क्रममा पूर्वाधारको अभाव भइरहेका बेला सरकारले सातवटै प्रदेश राजधानीदेखि...   

हेर्नुहाेस्, आजको तपाईंको राशिफल

काठमाडौं । वि.सं.२०७७ साल कार्तिक १३ गते । बिहीबार । ईश्वी सन् २०२० अक्टोबर २९ तारिख । नेपाल संवत् ११४०...   

हेर्नुहाेस्, तपाईंको आजको राशिफल

काठमाडौं । वि.सं.२०७७ साल कार्तिक ११ गते । मंगलबार । ईश्वी सन् २०२० अक्टोबर २७ तारिख । नेपाल संवत् ११४०...   

जोखिम ख्याल नगरी बजारमा चहलपहल

डोटी । दशैँका समयमा यहाँका प्रमुख बजार दिपायल, पिपल्ला र राजपुरमा चहलपहल बढेको छ । कोरोना सङ्क्रमणका...   

आज दसैंको मुख्य दिन विजयादशमी , टिकाकाे साइत बिहान १०ः१९ बजे

काठमाडाैं । आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी अर्थात धार्मिक कथाअनुसार असत्यमाथि सत्यको...   

गण्डकी प्रदेशमा चार काेराेना संक्रमितकाे मृत्यु, जम्मा मृत्तककाे संख्या ६३ पुग्यो

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा एक महिलासहित थप चार जनाको मृत्यु भएकाे छ । पोखराका...   

नेकपाका नेता जनार्दन शर्मालाई पनि देखियाे कोरोना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई पनि...   
फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

दोलखा। एक महिलसँग फेसबुक च्याटमा अश्लिल गतिविधिका लागि प्रस्ताव गरेको च्याटका ‘स्क्रिन सट’ हरु सामाजिक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top