Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

बंगलादेशबाट ५० हजार टन युरिया कात्तिकमा भित्रने, ८ महिनामा पैंचो तिर्नुपर्ने

काठमाडौं । नेपाल सरकारले बंगलादेशबाट सापटीमा ५० हजार टन युरिया मल ल्याउने पक्का भएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - बंगलादेशले ५० हजार टन युरिया पैंचोमा दिन लिखित पत्राचार गरिसकेको कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए । ‘बंगलादेशले चितगाउँ बन्दरगाहबाट ५० हजार टन युरिया दिने लिखित सहमति जनाइसकेको छ ।

उसले त्यहाँको कुन कम्पनीलाई सम्पर्क गरेर दिने भनेर पनि खुलस्त पारेको छ,’ केसीले भने, ‘बंगलादेशले सहमति दिएपछि कृषि सामग्रीले ढुवानीका लागि टेन्डर पनि खोलिसकेको छ ।’ पैँचो मल ल्याउन मन्त्रालयमातहतको कृषि सामग्री कम्पनी लिमिटेडले एक हप्ताको समय राखेर गत शनिबार नै टेन्डर खोलिसकेको छ ।

कम्पनीले रेल, सडकमार्ग र समुद्रीमार्ग कहाँबाट ल्याउँदा सस्तो पर्छ, सोहीअनुसार ल्याउने गरी टेन्डर भर्न इच्छुक ढुवानीकर्तालाई आग्रह गरेको छ । कृषि सामग्रीका प्रबन्ध सञ्चालक नेत्रप्रसाद भण्डारीले ढुवानीकर्ता छनोटपछि ७० दिनको समय दिएर बंगलादेशबाट मल ल्याउन सुरु गर्ने बताए ।

‘हामीले ढिलोमा कात्तिक पहिलो साताबाट बंगलादेशी मल भित्र्याउन सुरु गर्ने गरी प्रक्रिया अघि बढाएका छौँ,’ उनले भने, ‘यो युरिया आउँदो गहुँ सिजनका लागि हो । गहुँ लगाउने किसानलाई कुनै समस्या नहोस् भन्नका लागि छिटो प्रक्रियाबाट मल ल्याउने प्रयत्न गरेका हौं ।’

ठूलो परिमाणमा रहेको मलको प्याकेजिङ जिम्मा भने नेपालले नै लिएको छ । ढुवानीका लागि छनोट भएको ठेकेदारले नै प्याकेजिङ गरी ल्याउनुपर्ने सर्त राखिएको छ । यो मल वीरगन्ज, भैरहवा र नेपालगन्ज नाकासम्म ल्याइदिनुपर्ने हुन्छ ।

पैँचो ल्याएको मल बंगलादेशलाई आठ महिनाभित्र तिरिसक्ने समझदारी भएको छ । कृषि सामग्रीले ग्लोबल टेन्डरबाट सो परिमाणको मल खरिद गर्ने ठेकेदारलाई कलकत्ता बन्दरगाहसम्म ल्याउने जिम्मा दिने र त्यहाँबाट चित्तगाउँ बन्दरगाहसम्म कृषि सामग्रीले नै ढुवानी गरेर पु¥याइदिने समझदारी भएको छ । नेपाल भित्र्याउने मल भने विभिन्न नाकामा रहेका कृषि सामग्रीको गोदामसम्म वा भन्सार यार्डमा रहेको एकीकृत जाँच चौकीसम्म ल्याउने गरी टेन्डर हुने गरेको छ ।

कृषि सामग्रीले चालू आर्थिक वर्ष ०७६–७७ का लागि ८० हजार टन युरिया आयातको ठेक्का सम्झौता गरिसकेको छ । यो मल समयमै आए बंगलादेशलाई फर्काउन खासै समस्या हुँदैन । तर, गत आवको जेठ–असारमा नै मल ल्याउने सम्झौता गरेर झुक्याएको शैलुङलाई नै ५५ हजार टन युरियाको ठेक्का दिइएको छ । त्यस्तै, थप २५ हजार टन युरिया मुक्तिनाथ कृषि कम्पनीले ल्याउने ठेक्का पाएको छ ।

यी कम्पनीले सम्झौता गरेअनुसार कात्तिक पहिलो साताबाट मल ल्याउन सुरु गर्नुपर्ने हो । तर, अहिलेसम्म सुरसार गरेका छैनन् । कृषि सामग्रीका प्रबन्ध सञ्चालक भण्डारीले आपूर्तिको जिम्मा पाएका कम्पनीलाई चाँडो मल भित्र्याउने प्रक्रिया सुरु गर्न बारम्बार निर्देशन दिइरहेको बताए । उनले भने, ‘तर, अहिले रासायनिक मलको मूल्य अकासिँदै गएका कारण समयमै आउनेमा हामीलाई शंका लाग्न थालेको छ ।’

बंगलादेशबाट पैँचोमा पहिलोपटक मल आउन लागेको हो । यसको पहल कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले गरेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीकृति लिएर बंगलादेशसँग सरकारीस्तरबाटै पैंचोमा मल ल्याउन डेढ महिनाअघि पहल गरेका थिए ।

बंगलादेशी कम्पनी सकारात्मक भएपछि प्रधानमन्त्री ओलीले बंगलादेशी समकक्षी सेख हसिना वाजेदसँग सहयोग मागेका थिए । त्यसक्रममा सकारात्मक छलफल भएपछि बंगलादेशबाट युरिया आउने टुंगो लागेको हो ।

मलमा दिइएको १० अर्ब अनुदानमध्ये ३ अर्ब अनियमितता : कृषिमन्त्री भुसाल

किसानलाई सहुलितमा मल उपलब्ध गराउन सरकारले दिएको १० अर्बको अनुदानमा ३ अर्ब अनियमितता भएको कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले बताएका छन् ।

इलामको सूर्योदयमा आयोजित अर्थोडक्स चियाको ट्रेडमार्क उद्योगीहरूलाई हस्तान्तरण कार्यक्रममा मन्त्री भुसालले कृषि क्षेत्रमा भइरहेको भ्रष्टाचार, अनियमिततालाई तीन वर्षमा अत्य गरिने बताएका छन् । उनले कृषि क्षेत्रमा देखिएको दलाल पुँजीवाद अन्त्य गर्दै समृद्धि र समाजवादतिर जाने बाटो कृषि नै भएकाले ध्यान दिन जरुरी रहेको बताए ।

चियाको ट्रेडमार्क कार्यान्वयनले चियाको बजार विस्तारमा सहयोग पुग्ने, तर गुणस्तर कायम भएन भने माग घट्ने उनको भनाइ छ । गुणस्तर सुनिश्चित गर्न सके मात्रै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सकिने मन्त्री भुसालले व्यवसायीहरूलाई सचेत गराएका छन् । उनले कृषिको विकासका लागि प्रत्येक वडामा एकजना कृषि र पशुको प्राविधिक पुर्‍याउनुपर्नेमा जोड दिए ।

१२ उद्योगलाई ‘अर्थोडक्स चियाको ट्रेडमार्क’
सरकारले पहिलोपटक १२ चिया उद्योगलाई चियाको सामूहिक ट्रेडमार्क प्रदान गरेको छ । मंगलबार चिया तथा कफी विकास बोर्डले इलामको सूर्योदय नगरपालिकामा आयोजित एक कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले इलाम, संखुवासभा र तेह्रथुमका चिया उद्योगलाई ट्रेडमार्क हस्तान्तरण गरेका हुन् ।

बोर्डले चियाको सामूहिक ट्रेडमार्क प्रयोगका लागि आवेदन खुलाउँदा ४२ चिया उद्योगले आवेदन पेस गरेका थिए । नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिकाअनुसार सूचक पूरा गरेका इलामका ९, संखुवासभाको एक र तेह्रथुमका दुईवटा चिया उद्योगलाई नेपाली अर्थोडक्स चिया ट्रेडमार्क प्रदान गरिएको हो ।

ट्रेडमार्क पाउनेमा सन्दकपुर टी प्रोसेसर प्रालि, हिमालयन सांग्रिला टी प्रोड्युसर प्रालि, जस्बिरे टी प्रशोधन उद्योग, गोर्खा टी स्टेट प्रालि, नेपाल ग्रिन टी एन्ड स्पेस्यालिटी, ओइसिस टी एन्ड इन्डस्ट्री, तारागाउँ टी स्टेल प्रालि, खाजेखुङ हिलरेन्च चिया प्रशोधन उद्योग, उच्च पहाडी चिया उत्पादनक चिया सहरकारी संस्था गरेर ९ उद्योग इलामका रहेका छन् ।

त्यस्तै, संखुवासभाको सगरमाथा टी स्टेट प्रालि तथा तेह्रथुमको बोक्रेडाँडा अर्गानिक अर्थोडक्स चिया प्रशोधन उद्योग र सिंहदेवी चिया उत्पादक सहकारीलाई टे«डमार्क प्रदान गरिएको हो । करिब १ सय ५० वर्षको चियाको इतिहासमा पहिलो पटक चिया उद्योगलाइ ट्रेडमार्क प्रदान गरिएको हो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies