Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कर्णालीमा ५५ जना कोरोना सङ्क्रमित थपिए

कर्णाली । कर्णाली प्रदेशभर आज थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र चौरजहारी अस्पलात रुकुमपश्चिम प्रयोगशालामा आज गरिएको पिसिआर परीक्षणमा ५५ जनामा सङ्क्रमण पुष्टि भएको हो । नयाँ सङक्रमितमा सुर्खेतका मात्रै ४२ जना छन् ।

यस्तै रुकुम पश्चिमका १२ र दैलेखका एकजनामा सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले जानकारी दिए । योसँगै प्रदेशभर कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार २२८ पुगेको महाशाखा प्रमुख शाहीले बताए ।

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार आज प्रदेशमा थप २७ जना डिस्चार्ज भएसँगै प्रदेशमा हालसम्म कोरोनाको सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या दुई हजार ७१४ पुगेको छ । जसमा ५०८ जना सक्रिय सङ्क्रमित रहेको जनाईएको छ । त्यस्तै, कर्णाली प्रदेशमा हालसम्म ७१ हजार ६५६ व्यक्तिको पिसिआर परीक्षण गरिएको छ ।

कर्णाली प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतले ३४ हजार ९४१, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले २५ हजार ६५४, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला, रुकुमपश्चिमले छ हजार ४४६ र दैलेख अस्पतालमा चार हजार ६१५ व्यक्तिको पिसिआर परीक्षण गरिएको महाशाखाका प्रमुख शाहीले जानकारी दिए । “पिसिआर परीक्षण गरिएका व्यक्तिहरुमा ६७ हजार ५३१ व्यक्तिको नतिजा नेगेटिभ छ”, महाशाखा प्रमुख शाहीले भने, “सङ्क्रमितमा दुई हजार ६३२ पुरुष र ५९६ महिला छन् ।” हालसम्म कर्णालीमा कोरोना सङ्क्रमणबाट छ जनाको मृत्यु भएको उनको भनाई थियो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies