Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सहकारीको ऋण लगानीमा अधिकतम ब्याजदर १४.७५ प्रतिशतमा नबढ्ने गरी तोकियो

काठमाडौं । सहकारी संस्थाले ऋण लगानीमा लिने अधिकतम् व्याजदर १४.७५ प्रतिशतमा नबढ्ने गरी तोकिएको सहकारी विभागले जनाएको छ । ब्याजदर निर्धारण तथा सिफारिस समितिको सोमबारको निर्णयबमोजिम सहकारी ऐन, २०७४ को दफा ५१ र नियमावली, २०७५ को नियम २३ मा तोकिएका आधार र सामान्य भार समेतका आधारमा आगामी कात्तिक १५ गतेदेखि लागू हुने गरी ऋण र बचतको व्याजदरको अन्तर छ प्रतिशतभन्दा घटी रहने गरी सन्दर्भ व्याजदर तोकिएको विभागका रजिष्ट्रार डा टोकराज पाण्डेले राससलाई जानकारी दिए ।

गत वर्षको श्रावण १९ गतेदेखि सहकारी संस्थाले ऋण लगानीमा लिने अधिकतम् व्याजदर १६ प्रतिशत कायम थियो । सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको निर्णयबमोजिम व्याजदर पुनरावलोकन गरिएको हो । सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिम सहकारी विभागका रजिष्ट्रारको संयोजकत्वमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक राष्ट्रिय सहकारी महासङ्घ, राष्ट्रिय सहकारी बैंक, केन्द्रीय विषयगत सङ्घहरूबाट प्रतिनिधि र सहकारी विभागका उप–रजिष्ट्रार सदस्य–सचिव रहेको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको गठन भएको थियो । समितिको पहिलोे बैठक गत साउनमा बसेको थियो ।

समितिका थप चार बैठक तथा प्राविधिक उपसमितिको दुईवटा बैठक सम्पन्न भई ऐन तथा नियमावलीको व्यवस्थाबमोजिम ब्याजदर निर्धारण भएको छ । सहकारी नियमावली, २०७५ मा भएको व्यवस्थाबमोजिम समितिले सन्दर्भ व्याजदर निर्धारण गर्दा वचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय विषयगत सङ्घमा आबद्ध संस्था र सङ्घको औसत व्याजदर, सहकारी बैङ्कको औसत ब्याजदर, बैङ्क तथा वित्तीय संस्थासम्बन्धी कानूनबमोजिम “क” वर्गको इजाजत प्राप्त बैंकको औसत ब्याजदरलाई हरेर नयाँ ब्याजदर कायम गरिएको थियो । यस्तै ब्याजदरका सम्बन्धमा नेपाल सरकारका मन्त्रालय, निकाय, राष्ट्र बैङ्कले गरेका अध्ययन प्रतिवेदन, राष्ट्रिय सहकारी महासङ्घ, विषयगत केन्द्रीय सङ्घबाट प्राप्त सुझाव समितिले उपयुक्त देखेका अन्य आधारलाई पनि हेरिएको जनाइएको छ ।

ब्याजदर निर्धारण गर्दा बचतमा भारित औसतभन्दा सामान्यतया बढी, ऋणमा भारित औसत व्याजदरभन्दा सामान्यतया घटी, वचत र ऋणको व्याजदरको अन्तर छ प्रतिशतभन्दा घटीलगायत सिद्धान्त अवलम्बन गरिएको समिति संयोजक पाण्डेले बताउनुभयो । सन्दर्भ ब्याजदर तोक्ने कामको अलावा विभागले सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणालीको प्रभावकारी कार्यान्वयनलाई मुख्य प्राथमिकतामा राखेको छ ।

सहकारी मन्त्रालयको स्वीकृतिमा साधारणसभा (कार्य व्यवस्था) कार्यविधि २०७६, सम्पत्ती शुद्धीकरण निवारणसम्बन्धी सहकारी सङ्घसंस्थालाई जारी गरिएको निर्देशन (दोश्रो संशोधन) २०७७ र बचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थाको सुपरीवेक्षण, निर्देशन तथा अनुगमन कार्यविधि २०७७ तर्जुमा गरिसकेको छ । यस्तै सहकारी क्षेत्रको वित्तीय प्रतिवेदन ढाँचा ९लेखा नीति, लेखा सूची र लेखा मापदण्ड, २०७६, सहकारी प्रवद्र्धन कोष सञ्चालन कार्यविधि, २०७६, बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि, २०७६ र सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रको कार्यसञ्चालन कार्यविधि २०७७ पनि तर्जुमा भएको छ । सहकारी क्षेत्रमा सुशासनका लागि आवश्यक नीतिगत संरचना बनाउने कार्यतर्फ विभाग अग्रसर रहेको जनाइएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies