Khabar Dabali Logo
  October 31, Sat

कोरोना सङ्क्रमित ४९ वर्षीय पुरुषको घरमै मृत्यु

सप्तरी । सप्तरीमा कोरोना सङ्क्रमित विष्णुपुर गाउँपालिका–१ का ४९ वर्षीय पुरुषको घरमै मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीले उनको मृत्यु फरकफरक अस्पतालमा भएको जनाए पनि मृतकका परिवारका सदस्यले घरमै मृत्यु भएको स्पष्ट पारेको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मत्यु भएको बताए भने कोभिड–१९ को सप्तरीको तथ्याङ्क राख्नु हुने सोही कार्यालयका मलेरिया इन्स्पेटर नारायण राउत बरैले गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको जानकारी दिए ।

नौ दिनअघि नरिबलको रुखबाट लडेर घाइते भएका उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा भदौ २९ गते पिसीआर रिपोर्ट पोजिटिभ आएको थियो । उनलाई राजविराज वा धरानस्थित आइसोलेशन केन्द्रमा बस्ने सुझावसहित अस्पतालले पठाएकामा परिवारले घरमै आइसोलेशनमा राखेको थियो । नेपाली सेनाको भीमदल गणको टोलीले गाउँमै शव व्यवस्थापन गरेको मृतकका भतिजा भूपेन्द्रप्रसाद यादवले बताए । यो समेत सप्तरीमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ ।

अशोज ६ गते, २०७७ - १९:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सांसद मीन विश्वकर्माको उपचार सहयोगका लागि आग्रह

काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरसबाट संक्रमित भई यही कात्तिक ९ गतेदेखि उपचार गराइरहेका संघीय...   

सडकमा सुर्तीको खोल फाल्ने कार चालकलाई टिप्न लगाएपछि…

वाग्मती । वाग्मती किनारको सडकबाट कार चलाएर हिँड्नेले सुर्ती खाई खोल नदी किनारमा फालेर फोहर गरेपछि...   

सार्वजनिक सवारीमा भाडादर नटाँसे कारबाही

काठमाडौं । सार्वजनिक सवारी साधनमा भाडादरको विवरण नराख्नेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही...   

कोरोना त्रासका कारण ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ स्थगित

काठमाडौं । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ...   

मोरङमा एकैदिन थप छ जना कोरोना सङ्क्रमितको मृत्यु

मोरङ । मोरङका विभिन्न अस्पतालमा पछिल्लो १२ घण्टाको अवधिमा थप छ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको...   

उपत्यकामा मात्रै १३५७ संक्रमित थपिए, देशभर १ लाख ३१ हजार २२२ जना निको भए

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १३५७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्...   

१२ दिनपछि ओली -प्रचण्डबीच भेटवार्ता, के छलफल भयो ?

काठमाडौं । नेकपाका अध्यक्षद्वय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । करिब दुई...   

पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु

काठमाडौं । नेपालमा शनिबार थप २ हजार ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको...   

यस वर्षको तिहारमा भारतबाट फूल नल्याइने

काठमाडौं । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी...   

बाँके र प्युठानमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु

बाँके । बाँकेमा उपचाररत थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–४...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top