Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

चट्याङबाट मृत्यु भएका परिवारलाई २ लाख सहयोग

लमजुङ । लमजुङमा चट्याङबाट मृत्यु भएका बेँसीशहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय सन्त विकको परिवारलाई राहतस्वरुप रु दुई लाख प्रदान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति लमजुङले राहतस्वरुप रु दुई लाख मृतकका परिवारलाई आज सहयोग उपलब्ध गराएको हो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले मृतक विकको आमा जुठी विकलाई रु दुई लाख हस्तान्तरण गरे ।

नेपाल सरकारको नियमानुसार उक्त रकम परिवारलाई मृतक सन्तको काजकिरियाका लागि सहयोग पुग्ने प्रजिअ शर्माले विश्वास व्यक्त गरे । परिवार गुमाउँदा ठूलो चोट पुगे पनि सरकारको राहतले आलो घाउमा मलम लगाउने प्रयास गरेको छ । उक्त समितिले मृतक परिवारलाई मृत्यु भएको २४ घण्टा नपुग्दै उक्त राहत वितरण गरेको छ । मृतक छोरा बुहारी र नातिको काजकिरिया गर्नका लागि केही सहयोग पुग्ने उनको भनाइ छ ।

उक्त समितिले मृत्यु भएको केही घण्टामा नै मृतकका परिवारलाई राहत उपलब्ध गराएको छ । रकम हस्तान्तरण कार्यक्रममा सोही वडाका वडाध्यक्ष भोजबहादुर रिमाल, आफन्त तथा स्थानीयवासीको सहभागिता रहेको थियो । सोमबार साँझ चट्याङबाट घाइते भई जिल्ला सामुदायिक अस्पतालमा उपचारका क्रममा मृतक विकको राति नै मृत्यु भएको थियो ।

मृतकको शवपरीक्षण गरी आज दाहसंस्कार गरिएको छ । मृतक विकको आमा, श्रीमती, एक छोरा र दुई छोरी छन् । त्यस्तै सोही चट्याङबाट सोही गाउँकी २२ वर्षीय घाइते चिजा गुरुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारपछि आज दिउँसो डिस्चार्ज भएका छन् । घाइते गुरुङ करीब २२ घण्टाको उपचारपश्चात् निको भएर घर फर्किएका हुन् । घाइते गुरुङको उपचार खर्च उक्त समितिले व्यहोर्ने प्रजिअ शर्माले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies