Khabar Dabali Logo
  October 26, Mon

विश्वभर पछिल्लो सात दिनमा करिब २० लाख व्यक्ति कोरोना सङ्क्रमित

जेनेभा । कोरोनाभाइरस महामारी विश्वव्यापी रूपमा तीव्र गतिमा वृद्धि भएको विश्व स्वास्थय संगठन (डब्लुएचओ) ले जनाएको छ । पछिललो सात दिन(एक हप्ता) को अवधिमा झन्डै २० लाख व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएको उक्त संस्थाले जनाएको छ ।

डब्लुएचओको पछिल्लो तथ्याङ्क अनुसार सेप्टेम्बर १३ देखि २० सम्ममा १९ लाख ९८ हजार ८९७ व्यक्ति सङ्क्रमित भएका छन् ।

संयुक्त राष्ट्रसंघीय स्वास्थ्य निकायका अनुसार यो एक हप्ताको अवधिमा विश्वभर सङ्क्रमितको सङ्ख्या छ प्रतिशतले बढेको छ र यो महामारी सुरु भएदेखि कै उच्च सङ्क्रमण दर हो ।

विश्वमा मङ्गलबारसम्म कोभिड–१९ बाट तीन करोड १५ लाखभन्दा बढी सङ्क्रमित भएका छन् भने मृत्यु हुनेको सङ्ख्या नौ लाख ६९ हजार ७०० भन्दा बढी पुगेको डब्लुएचओले बताएको छ । पछिल्लो तथ्याङ्क अनुसार सङ्क्रमण सबैभन्दा बढी अमेरिकामा ७० लाख ४६ हजार २१६ रहेको छ भने दोस्रो धेरै सङ्क्रमित भएको मुलुक भारतमा ५५ लाख ६२ हजार ६०० भन्दा बढी पुगेको छ ।

अमेरिकामा सङ्क्रमितमध्ये दुई लाख चार हजार ५०६ को मृत्यु भइसकेको छ । त्यस्तै बढी मृत्यु भएका अन्य मुलुकमध्ये ब्राजिलमा एक लाख ३७ हजार ३५०, भारतमा ८८ हजार ९६५, मेक्सिकोमा ७३ हजार ७००, बेलायतमा ४१ हजार ७८८र इटलीमा ३५ हजार ७२४ व्यक्तिको महामारीका कारण ज्यान गुमेको छ ।

अशोज ६ गते, २०७७ - १५:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोलमा मिसावट गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पेट्रोल पम्प सिल

कर्णाली । पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पम्प सिल गरिएको छ...   

बेवारिसे सालको काठ बरामद

स्याङ्जा । चापाकोट नगरपालिका १ खोलेगाउँस्थित भित्री सडकको जंगलमा बेवारिसे अवस्थामा भेटिएको सालको...   

मृत्यु संस्कारका लागि सामुदायिक वनले दाउरा व्यवस्थापन गर्ने

टिकापुर । कैलालीको टीकापुरका सञ्जय विकका बुवाको गत साउन २५ गते निधन भयो । बुवाको निधनपछि मृत्यु संस्कारका...   

नागरिकको भीड बढ्न थालेपछि शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको...   

बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन...   

अलपत्र अवस्थामा रहेका ११ बालबालिकाको उद्धार

सिमकोट । काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ । काठमाडौंको...   

मोटरसाइकलको ठक्करबाट ६९ वर्षीया थारुको मृत्यु

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आज अपराह्न मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको...   

भियतनाममा बाढीबाट ९० जनाको मृत्यु

हनोइ । गएको कम्तीमा पनि दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको...   

चीनको अर्थतन्त्रमा तिब्र सुधार, कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता

बेइजिङ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता...   

विश्वमा कोरोना सङक्रमितको संख्या करिब ४ करोड, ११ लाख १३ हजारको मृत्यु

वासिङ्टन । विश्व कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या करिब चार करोड पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top