Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

बानियाँले मदन पुरस्कार पाएपछि म्याग्दीमा खुशियाली

म्याग्दी । म्याग्दीमा जन्मेर हाल पोखरा बसोबास गर्दै आएका साहित्यकार चन्द्रप्रकाश बानियाँलाई महारानी उपन्यासका लागि मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरकार प्रदान गर्ने निर्णय गरेपछि म्याग्दीमा खुशियाली छाएको छ ।

गुठीको आइतबार बसेको बैठकले पुरस्कारका लागि अन्तिम सूचीमा परेका कृतिमध्ये ‘महारानी’ उपन्यासका लेखक बानियाँलाई उक्त पुरस्कार दिने निर्णय गरेसँगै बानियाँको गृहजिल्ला म्याग्दीमा खुशियाली छाएको हो । नेपालको एक प्रतिष्ठित पुरस्कार मानिएको मदन पुरस्कार पाउने बानियाँ साविकको धौलागिरि अञ्चलकै पहिलो व्यक्ति हुन् ।

साहित्यकार बानियाँको पृष्ठभूमि

साहित्यकार बानियाँको जन्म म्याग्दी जिल्लाको साविक पुलाचौर ९, हाल बेनी नगरपालिका वार्ड नं ५ भिरमुनीमा २००७ साल चैत २५ गते भएको हो ।

उनी बुबा हस्तदल बानियाँ र आमा नन्दकुमारी बानियाँका कान्छा सुपुत्र हुन् । उनले विद्यामन्दिर माध्यमिक विद्यालय बागलुङबाट एसएलसी र सरस्वती क्याम्पस, ठमेल, काठमाडौँबाट स्नातक गरेका हुन् ।

उनले विसं २०२४ मा बालबोधिनी प्रावि भिरमुनिबाट शिक्षण कार्य शुरु गरी पौलस्त्य निमावि भिरमुनि, मुक्तिधाम मावि राखु भगवती र मङ्गला मावि बाबियाचौरमा अध्यापन गराएका थिए ।

अध्यापनकै सिलसिलामा शिक्षक आन्दोलनमा सशक्त भूमिका खेल्दै पञ्चायती व्यवस्थाको विरोधमा लागेको आरोपमा २०३६ सालमा शिक्षक पदबाट उनलाई बर्खास्त गरियो र सार्वजनिक अपराधको मुद्दा लगाइएको म्याग्दीका साहित्यकार तथा नाताले चन्द्रप्रकाश बानियाँका भाइ कृष्णबहादुर बानियाँले जानकारी दिए ।

त्यस समयको प्रशासनले माफी मागेर पञ्चायती व्यवस्थाको पक्षमा मत जाहेर गरेमा मुद्दा खारेज गरी शिक्षकमा पुनर्बहाली गरिदिने प्रलोभन देखाएको भए पनि बानियाँले स्वीकार नगर्नुभएको जानकारी कृष्णबहादुर बानियाँले दिए । फलस्वरुप उनलाई लगातार १० वर्ष तारेख थमाइएको थियो ।

उनले निजामती सेवातर्फ प्रवेश गर्ने चाहना राखे र विसं २०३४ र २०३५ मा दुई पटकसम्म लोकसेवा आयोगको लिखित परीक्षा पास गरे । योग्यताक्रममा दुई र पाँच नम्बरमा नाम निकाल्न सफल भएका उनलाई पञ्चायत व्यवस्था विरोधी रहेको भन्दै अन्तर्वार्तामा अनुत्तीर्ण गराइयो ।

उनले २०४० सालतिर तत्कालीन भूमिगत पार्टी नेकपा मालेको सम्पर्कमा रहेर २०४४ सालदेखि सङ्गठित सदस्यको रुपमा काम गरे । उनी शुरुमा ‘प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्च’ र त्यसपछि ‘क्रान्तिकारी बुद्धिजीवी सङ्घ’को अध्यक्ष भए ।

माक्र्स्वादी सिद्धान्तका ज्ञाता उनले बुर्जुवा शिक्षा बहिष्कारको नीतिको प्रभावले होला स्नातकोत्तर गर्न भने चाहेनन् । विसं २०४६÷४७ को जनआन्दोलनको पक्षमा उनी सक्रिय रुपमा सहभागी भए । त्यसपछि नेपालमा विसं २०४८ मा सम्पन्न संसदीय निर्वाचनमा उनी म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका तर्फबाट उम्मेदवार भई विजयी पनि भए । उनी संसदमा ‘कवि सांसद’ को नामले पनि परिचित भएका थिए । आफ्नो कमजोर स्वास्थ्य अवस्थाका साथै राजनीतिमा आफुलाई उपयुक्त पात्र नठानेको बताउने उनी सङ्गठित राजनीतिबाट अलग भएका हुन् । तर विसं २०५९ भदौ ५ मा तत्कालीन नेकपा माओवादीमा लागेको आरोपमा प्रशासनले गिरफ्तार गरी पटक पटक नजरबन्दमा राख्यो । सर्वोच्च अदालतको आदेशबाट जेलमुक्त भएपछि ज्यानको सुरक्षामा खतरा देखिएको भन्दै उनी २०६१ सालदेखि सपरिवार काठमाडौँमा डेरा गरी बस्न थाले ।

उनको परिवारमा धर्मपत्नी मित्रकुमारी, छोरा प्रविन र छोरी प्रमिला हुन् । उनीहरु १० वर्षको काठमाडौँ बसाइपछि पोखरामा कार्यरत छोरा डा. प्रविन बानियाँको अनुरोधमा विसं २०७१ देखि पोखरामा बस्न थालेका छन् । चन्द्रकान्तको लेखनशैली पहिलेदेखि नै मिठो र स्तरीय हुने गरेको म्याग्दीका साहित्यकार बताउँछन् । तथापि उनले गहिरो अध्ययन अनुसन्धान र लेखन भने पोखराको बसाइपछि मात्र गर्न थालेको अर्का साहित्यकार कृष्ण बानियाँले जानकारी दिए ।

उनको ऐतिहासिक पर्वत राज्य, मृत्यु संस्कारःमन्थन नामक पुस्तक २०७५ सालमा प्रकाशित भयो । यसलगत्तै विसं २०७६ मा महारानी ऐतिहासिक उपन्यास प्रकाशित भयो । यी दुवै कृति ‘शिखा बुक्स काठमाडौँ’ ले प्रकाशन गरेको हो । सोही प्रकाशनबाट निकट भविष्यमा ‘भौँज्याहा’ नामक निबन्ध सङ्ग्रह प्रकाशित हुन लागेको बानियाँले जानकारी दिए ।

‘महारानी’ उपन्यासका लागि विसं २०७६ को मदन पुरस्कार पाएका चन्द्रप्रकाश बानियाँले आफूले यो पुरस्कारको कल्पना नै नगरेको बताएका छन् । आफूलाई साहित्यकार समेत भन्न नरूचाउने बानियाँले आफ्नो उपन्यास पुरस्कृत भएको खबरले निकै खुशी भएको प्रतिक्रिया दिए । उनले भने, “म साहित्यकार पनि होइन, मेरो उपन्यासले मदन पुरस्कार पाउँला भनेर कल्पनासम्म पनि मैले गरेको थिइन, ७० वर्षीय लेखक बानियाँले बताए ।”

के छ महारानी उपन्यासमा ?

तत्कालीन पर्वत राज्यको साङ्गोपाङ्गो वर्णनको दस्ताबेज हो महारानी उपन्यास । महाारानी उपन्यासमा तत्कालीन चौबिसे राज्यअन्तर्गत पर्वत राज्यको कथा समेटिएको छ । तत्कालीन पर्वत राज्यको राजधानी म्याग्दीको बेनीमा थियो । त्यतिबेलै बेनीमा एउटा देवीको मन्दिर बनाइएको किंवदन्ती छ । ती देवीलाई अहिले पनि महारानी भनेर पूजा गर्ने चलन रहेको छ ।

पर्वत राज्यको इतिहास, यहाँका अनेकन किम्वदन्ती, त्यतिबेलाको संस्कृति, भाषा, कला र बेनीमा रहेको महारानी देवीको मन्दिरलगायतका विषयवस्तुहरु यस उपन्यासमा उठान गरिएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies