Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कर्णालीमा कहालीलाग्दो जीवन

राष्ट्रिय अनुपातमा कर्णालीको औसत आयु ६ वर्ष र प्रतिव्यक्ति आय आधा कम

कर्णाली। चिकित्सा शिक्षा सुधारसहितका विभिन्न माग राख्दै डा. गोविन्द केसीले अहिले र यसअघिको सत्याग्रह कर्णालीमा थाल्नुको कारण थियो– स्वास्थ्यका अधिकांश सूचकांकमा पछाडि रहेको कर्णालीका समस्यामाथि राज्यको आँखा परोस् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - कर्णालीवासीका स्वास्थ्य समस्याप्रति सरकार गम्भीर बनोस् । उनले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार र जनशक्ति पुर्‍याएर तत्काल एमबिबिएसलगायतका कार्यक्रम सञ्चालनमा ल्याउनुपर्ने प्रमुख माग नै बनाएका छन् ।

कर्णालीमा कुल प्रजनन दर (प्रतिमहिलामा जीवित जन्म हुने बच्चाको संख्या) दुई दशमलव आठ छ । नवजात शिशुको मृत्युदर (जन्मेको २८ दिनभित्र) प्रतिहजारमा २९ छ । शिशु मृत्युदर (जन्मेको एक वर्षभित्र) प्रतिहजारमा ४७ छ । पाँच वर्षमुनिको बाल मृत्युदर प्रतिहजारमा ५८ छ ।
त्यस्तै, उमेरअनुसार उचाइ नपुगेका (पुड्का) पाँच वर्षमुनिका बालबालिका ५५ प्रतिशत छन् ।

अस्पतालमा सुत्केरी हुने महिला ३६ प्रतिशत मात्रै छन् । दक्ष स्वास्थ्यकर्मीसँग गर्भवती सेवा पाउने १५ देखि ४९ वर्षका विवाहित महिला ७३ प्रतिशत र सबै आधारभूत खोप पाउने बालबालिका ७५ प्रतिशत मात्रै छन् । राष्ट्रिय औसत आयु ७१ प्रतिशत हुँदा कर्णालीका बासिन्दाको औसत आयु ६५.६ वर्ष मात्रै छ ।

यस्तो दयनीय स्वास्थ्य अवस्था रहेको कर्णालीमा डाक्टरहरूको दरबन्दी भने ६१ जनाको मात्रै छ । तीमध्ये पनि कार्यरत ३३ जना मात्रै छन् । उनीहरू पनि परेको वेला जिल्लामा भेटिँदैनन् ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वायत्त निकाय भएकाले त्यहाँ कार्यरत चिकित्सकको संख्या स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छैन । प्रतिष्ठानमा १५ विशेषज्ञ चिकित्सक र २९ जना अन्य मेडिकल डाक्टर कार्यरत छन् ।

कर्णालीका दश जिल्लामा प्रादेशिकदेखि जिल्लासम्मका गरी १५ अस्पताल, १४ प्राथमिक स्वास्थ्य केन्द्र र तीन सय ३६ स्वास्थ्य चौकी छन् । त्यस्तै, प्रदेशस्तरमा एक, जिल्लास्तरमा नौ र स्थानीय तहमा १८ वटा आयुर्वेद औषधालय छन् । देश संघीय संरचनामा गएपछि ७७ वटै जिल्ला जनस्वास्थ्य कार्यालय खारेज गरिएकाले तिनीहरूको संख्या र अवस्थाबारे स्वास्थ्य मन्त्रालय अनभिज्ञ छ ।

विश्व स्वास्थ्य संगठनले प्रतिहजार जनसंख्याका लागि एकजना चिकित्सक हुनुपर्ने मापदण्ड बनाएको छ । तर, कर्णालीमा २२ हजार जनसंख्याको भागमा एक चिकित्सक पर्छ । प्रदेशमा १७ लाख ६९ हजार जनसंख्या छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर एक हजार नौ सय ७८ चिकित्सकको दरबन्दी छ । तर, करिब एक हजार चार सय चिकित्सक मात्रै कार्यरत छन् । अन्य प्रदेशको तुलनामा सबैभन्दा कम दरबन्दी कर्णालीमा छ । नेपाल मेडिकल काउन्सिलको रेकर्डअनुसार देशमा २६ हजार तीन सय ४६ चिकित्सक उत्पादन भएका छन् ।

नेपाल चिकित्सक संघका पूर्ववरिष्ठ उपाध्यक्ष ढुण्डीराज पौडेलका अनुसार देशमा हाल करिब १५ हजार चिकित्सक सक्रिय छन् । उनीहरूमध्ये १४ सयको संख्यामा मात्रै सरकारी सेवामा छन् । बाँकी चिकित्सक प्रतिष्ठान, निजी अस्पतालसँग आबद्ध भएको उनले बताए ।

‘देशभर कार्यरत चिकित्सकमध्ये पनि ८० प्रतिशत काठमाडौं, विराटनगर, भरतपुर, धरान, पोखरालगायतका सहरमा मात्रै छन् । २० प्रतिशत चिकित्सकले मात्रै दुर्गमका करिब १ करोड जनतालाई सेवा दिइरहेका छन्,’ डा. पौडेलले भने ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक डा.मंगल रावलले एमबिबिएससहित सम्पूर्ण कार्यक्रम सञ्चालन गर्न सकेमा प्रतिष्ठानलाई नमुना बनाउन सकिने बताए । ‘स्वास्थ्य क्षेत्रमा अहिले पनि निकै पछाडि परेको छ कर्णाली । तर, विगतमा भन्दा केही अगाडि पनि बढेको छ,’ उनले भने । प्रतिष्ठानलाई हाल चिकित्सा शिक्षा आयोगले एमडी–एमएसको तीन वटा सिट दिएको छ । यसै वर्षबाट पठनपाठन सुरु हुने डा. रावलले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies