Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

कोरोनाका कारण लघुवित्तमा भाका नाघेका ऋणी ६४३ प्रतिशतले बढे

फागुनयता मात्रै भाका नाघेका ऋणीहरूको संख्या १ लाख ६८ हजारबाट बढेर १२ लाख ५६ हजार

काठमाडौं । लघुवित्त कम्पनीहरूमा गत फागुनयता मात्रै भाका नाघेका ऋणीहरूको संख्या १२ लाख ५६ हजार पुगेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - कोभिड–१९ को उक्त अवधिमा भाका नाघेका ऋणीहरूको संख्या ६ सय ४३ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । फागुन मसान्तसम्म यस्ता ऋणीको संख्या १ लाख ६८ हजार थियो । लघुवित्तमा कुल ऋणीको संख्या २७ लाख ९० हजारमध्ये समयमै कर्जा नतिर्ने ऋणी करिब ४५ प्रतिशत छन् ।

भाका नाघेका कर्जाको संख्या बढ्न थालेपछि लघुवित्तहरूको कर्जा जोखिम प्रावधानमा पनि पछिल्लो ६ महिना ७७ प्रतिशतले वृद्धि भएको छ । गत फागुनपछिको ६ महिनामा लघुवित्त कम्पनीहरूको कर्जा जोखिम प्रावधानबापत राखिने रकम ९ अर्ब ३३ करोड पुगेको छ ।

साउन एक महिनामै कम्पनीहरूले कर्जा जोखिम बापत प्रावधान राख्नुपर्ने रकम १ अर्ब ७० करोड रुपैयाँले बढेर ९ अर्ब ३३ करोड पुगेको छ । गत फागुन मसान्तमा कर्जा जोखिम बापतको प्रावधान ५ अर्ब २६ करोड थियो ।

पछिल्लो समय तथ्यांक नै दिन नसकिने गरी खराब कर्जा बढेको सोमबार आयोजित एक वेबिनारमा विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत वसन्त लम्सालले बताए । ‘खराब कर्जा, डिफल्टर ऋणीको अहिले हिसाबकिताब नै छैन,’ उनले भने, ‘पछिल्लो समय हामीले तथ्यांक नै दिन सकेका छैनौँ, भाका नाघेको कसरी हिसाब गर्ने, प्रावधानको कसरी हिसाब गर्ने, हामीले राष्ट्र बैंकको पछिल्लो प्रावधानअनुसार गर्ने हो भने खराब कर्जा नै ५० प्रतिशत पुगेको छ ।’ राष्ट्र बैंकको तथ्यांकअनुसार साउन मसान्तसम्म लघुवित्त कम्पनीहरूले कुल २ खर्ब ६१ अर्ब लगानी गरेका छन् ।

त्यस्तै, चालू आवको पहिलो महिनामा नै लघुवित्त कम्पनीहरूले ४ अर्ब ६६ करोड रुपैयाँ जोखिमबापतको प्रावधानका लागि छुट्याएका छन् । यो गत वर्षको तुलनामा २३ गुणा बढी हो । गत आवको पहिलो महिना लघुवित्तहरूले यस्तो प्रावधान रकम २० करोड राखेका थिए ।

कोभिड–१९ सँगै लघुवित्तभित्रकै अस्वस्थ प्रतिस्पर्धाले यस्तो अवस्था सिर्जना भएको सिर्जनशील लघुवित्तका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताए । ‘कोभिड–१९ को प्रभाव त छँदैछ, तर योभन्दा अघि पनि कम्पनीहरूबीचको अस्वस्थ प्रतिस्पर्धाका कारण भाका नाघेको ऋण बढेको छ, यो अरू कसैले सुधारेर हुने विषय पनि होइन,’ उनले भने, ‘राष्ट्र बैंकले समेत ब्याजदर १५ प्रतिशतमा सीमित पार्ने निर्णय गरेपछि लघुवित्तहरूमा झन् समस्या थपिएको छ ।’

२०७६ पुस मसान्तमा असल वर्गमा रहेका कर्जालाई २०७७ असार मसान्तमा सोही वर्गमा वर्गीकरण गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । २०७७ असार मसान्तसम्ममा भुक्तानी गर्नुपर्ने साँवा र ब्याज असुल नभएका भाका नाघेको अवधिका आधारमा तल्लो वर्गमा वर्गीकरण हुने कर्जाहरूका लागि ५ प्रतिशत नोक्सानी व्यवस्था राख्नुपर्नेछ । तर, किस्ताको ब्याज असुल भएर साँवा रकम मात्र बक्यौता रहेका यस्ता कर्जाका लागि २ प्रतिशत नोक्सानी व्यवस्था गर्न निर्देशन दिएको छ ।

२०७६ पुस मसान्तमा असलबाहेक अन्य वर्गमा परेका कर्जालाई २०७७ असार मसान्तमा भाका नाघेका अवधिका आधारमा कर्जा नोक्सानी व्यवस्था भने गर्दै जानुपर्नेछ । भाका ननाघेका र एक महिनासम्म भाका नाघेका कर्जाहरूलाई असल कर्जामा राख्ने र १ प्रतिशत प्रावधान राख्ने व्यवस्था थियो । पछिल्लो नीतिगत छुटपछि असल वर्गमा परेर पनि ५ प्रतिशत वा २ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गरिने कर्जाको विवरण अलग्गै तयार गरेर राष्ट्र बैंकका पेस गर्नुपर्नेछ ।

लघुवित्तहरूले कोभिडको प्रभावका आधारमा असारसम्म असुल नभएका कर्जाको साँवा र ब्याजलाई असोजसम्म आगामी ६ महिनाका लागि भाका सार्न सकिने, तर ब्याजको पनि ब्याज भने लिन नपाइने व्यवस्था गरेको छ । चैतसम्म समय दिइएका कर्जालाई पनि असल कर्जामा राख्न पाइने र २ देखि ५ प्रतिशत जोखिम प्रावधान भने लागू हुने सुविधा दिएको छ ।

‘पुसदेखि असारसम्मको कर्जामा ५ प्रतिशत प्रावधान राखे पुग्ने सुविधा दिइएको छ र यही अवस्थालाई धेरै लामो समयसम्म लम्ब्याउने वा कुनै प्रावधान राख्न नलगाउने गर्दा जोखिम बढ्छ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा लघुवित्त सुपरिवेक्षण विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले बताए, ‘आखिर कोभिडको प्रभाव त परेकै हो, यसलाई धेरै लामो समय सहुलियत दिएर ढाकछोप मात्र गर्ने कुरा पनि हुँदैन, कम्तीमा सुधार हुन समय दिइएको हो ।’

जोखिमको भार राख्दा पछि संस्थालाई नै राम्रो हुने, अहिले प्रावधान नै राख्न नलगाउँदा नाफा बढ्ने र लाभांशका लागि बाँड्न मिल्ने रकम पनि बढ्ने भएकाले नियन्त्रण आवश्यक रहेको श्रेष्ठ बताउँछन् । नीतिगत राहतकै कारण हाल कम्पनीहरूको खराब कर्जाको दर भने ३ प्रतिशतमा सीमित रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लघुवित्तहरूले ऋणीसँग अधिकतम १५ प्रतिशत ब्याजदर लिन पाउने व्यवस्था गरेको छ । लघुवित्तहरूको पुँजी स्रोतका रूपमा संस्थामै भएका सदस्यहरूको निक्षेप र वाणिज्य बैंकहरूसँगको सापटी रहने गरेको छ ।

हाल वाणिज्य बैंकहरूसँग पुँजी पर्याप्त भए पनि ऋणीसँग लिन पाउने १५ प्रतिशत ब्याजदर सीमाले भविष्यमा समस्या हुने भन्दै लघुवित्तहरूले राष्ट्र बैंकको ब्याजदर नीतिको विरोध गरेका छन् । ‘राष्ट्र बैंकले जहिले पनि लघुवित्तको नाफालाई मात्र लक्षित गरेर नीतिहरू ल्याउने गरेको छ,’ नेसनल माइक्रो फाइनान्स लघुवित्त संस्थाका अध्यक्ष केशव आचार्यले भने, ‘यो क्षेत्र अन्य वित्तीय संस्था जस्तो होइन, अधिक श्रम लाग्ने वित्तीय क्षेत्र हो, त्यसैले लागत पनि धेरै हुन्छ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies