Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

पर्यटनमन्त्रीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण, स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् ।

आजदेखि शुरु भएको मुलुकको आन्तरिक उडानको अवस्था, सुरक्षित उडानका लागि एयरलाइन्सले अपनाएको स्वास्थ्य मापदण्डलगायतको अवलोकनका लागि मन्त्री भट्टराई विमानस्थल पुगेको हो । पर्यटनमन्त्रीका साथमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललगायतका उच्च अधिकारी पनि विमानस्थलको अवलोकनमा सहभागी भएका थिए ।

पर्यटनमन्त्रीले आन्तरिक टर्मिनलमा यात्रुको सुरक्षाका लागि एयरलाइन्सले अवलम्बन गरेको स्वास्थ्य मापदण्ड, स्वास्थ्य सावधानीको निरीक्षण तथा अवलोकन गरे । उनले स्वास्थ्य सावधानीका लागि थप सजगता अपनाउन र स्वास्थ्य प्रोटोकल पूर्णरुपमा पालना गर्न एयरलाइन्सलाई निर्देशन दिनुभएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।टोलीले आन्तरिक टर्मिनलको साथै अन्तर्राष्ट्रिय टर्मिनलको अवलोकन तथा सेवाबारे सम्बन्धित अधिकारीसँग जानकारी लिएका थिए ।

कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभार लागू गरिएको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण झण्डै ६ महिनापछि आजदेखि आन्तरिक उडान शुरु भएको थियो । सामान्य अवस्थाको २५ प्रतिशत क्षमतामा आन्तरिक उडान सञ्चालनका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको छ । शुरुको सातादिनको अवस्थालाई हेरेर क्रमशः उडान संख्या थपिने प्राधिकरणले जनाएको छ । अहिले आन्तरिकतर्फ दैनिक ५० वटा सम्म उडान सञ्चालन गरिनेछ । आज बुद्ध एयर र यती एयरलाइन्सले मुख्य गन्तब्यमा उडान भरेका छन् । बुद्धले आफ्नो राजविराज बाहेक सबै गन्तब्य र यतीले पोखरा, चितवन र विराटनगरमा उडान भरेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies