Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

भक्तपुर अस्पतालमा ११६ वर्षपछि बल्ल आइसियु, चाहे गर्न सकिँदो रहेछ

भक्तपुर । नेपालको दोस्रो जेठो अस्पतालका रुपमा रहेको भक्तपुर जिल्ला अस्पतालमा स्थापनाको ११६ वर्षपछि बल्ल सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालनमा आएको छ । जटिल रोग तथा शल्यक्रिया गरी उपचार गर्नुपर्ने बिरामीलाई आइसियु सेवा अति आवश्यक पर्दछ । वीर अस्पताललाइ नेपालको पहिलो सरकारी अस्पतालका रुपमा लिइन्छ । यही अस्पतालबाट आधुनिक चिकित्सा सेवाको शुरुआत समेत भएको बताइएको छ ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले विसं १९६१ असार १७ गते १५ श्ययाको ‘चन्द्रलोक डिस्पेन्सरी’ को नाममा अस्पताल स्थापना गरेका थिए । इतिहासकारका अनुसार यसैलाई पछि ‘भक्तपुर अस्पताल’ नामाकरण गरिएको हो ।

केही वर्षौँदेखि प्रयोगमा नआएका आइसियुका भेण्टिलेटर सहितका उपकरण सहित वाग्मति प्रदेश सरकारले पठाएको सामाग्रीबाट आइसियु सेवा पहिलो पटक सञ्चालनमा ल्याएको अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले जानकारी दिए । २०२८ सालमा ५० श्ययाको जिल्लास्तरीय अस्पतालको रुपमा सेवा विस्तार हुँदै २०६१ भदौमा २५ श्ययाको प्रसूति गृह थप गरी ७५ श्यया भएको थियो । अस्पतालमा गत बिहीबारदेखि आइसियु सेवा शुरु भएको अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिए ।

सरकारले सो अस्पताललाई कोरोना हव अस्पताल समेत तोकेको छ । यसपछि पाँच वटा भेन्टिलेटरसहित ६ श्ययाको आइसियु र कोरोना सङ्क्रमित राख्ने १६ श्ययाको आइसोलेशन एवम् १० श्ययाको कोरोनाका सामान्य बिरामी राख्ने आइसोलेशन तयार गरी सेवा सुरु गरेको उनले जानकारी दिए ।

उनले भने, “आइसियु अत्यावश्यक भइसकेको थियो, मैले यहाँको मेसुको कार्यभार सम्हालेपछि अस्पतालको सिंगो समूह मिलेर आइसियुको ब्लक निर्माणदेखि अन्य सबै तयारी पुरा गरौं । वाग्मति प्रदेशका सामाजिक विकास मन्त्रीले जनशक्तिको व्यवस्थापन गर्न निर्देशन दिएपछि आइसियु सेवा सञ्चालनका लागि अस्पतालले करारमा नयाँ जनशक्ति थप गरेर सेवा सञ्चालनमा ल्यायौ ।”

आइसियुको लागि थप एक श्यया र दुईवटा भेण्टिलेटर प्रदेश सरकारको आर्थिक सहयोगबाट जडान गरिएको छ । अस्पतालले कोभिडको महामारीको बीचमा पनि सबै सेवा जारी राखेको छ । अहिले कोरोनाका पाँच जना आइसियुमा, १३ जना लक्षण देखिएका र १० जना आइसोलेशनमा उपचार भइरहेको छ । त्यसैगरी विद्युत प्राधिकरण खरिपाटीस्थित आइसोलेशनमा ९७ जनाको उपचार भइरहेको उनले जानकारी दिए ।

अस्पताल आएका कुनै पनि बिरामी उपचार नपाइ फर्किनु नपरोस् भनेर अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, स्त्री रोग, प्रसूति सेवा, आमा सुरक्षा कार्यक्रम सञ्चालन गरेको छ । सर्जरी, बालरोग, दन्तरोग, छाला रोग, मानसिक रोग, फिजियो थेरापी, आँखा तथा चश्मा जाँच, स्वास्थ्य बिमा सेवा, अल्ट्रासाउण्ड सेवा सञ्चालन गरिरहेको छ । अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याई औषधि खरिदामा १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।

त्यसैगरी लैङ्गिक हिंसामा परेका महिला तथा पुरुषका लागि अस्पतालमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएर कुनै पनि हिंसामा परेकालाई स्वास्थ्य सेवा, सुरक्षा एवं कानूनी सेवा समेत दिने व्यवस्था गरेको मेसु डा। गौतमले जानकारी दिए । त्यसैगरी पाठेघरको निःशुल्क अप्रेशन तथा निःशुल्क प्रसूति सेवासमेत सञ्चालनमा ल्याएको छ ।

अस्पतालले पेईङ्ग क्लिनिक सेवा पनि सञ्चालनमा ल्याएको छ । अस्पतालको ओपिडि सेवा सकिएपछि दिउँसो ३ बजेदेखि र विहान ९ बजे अगाडि पेइङ्ग सेवा सञ्चालनमा ल्याएको हो । साथै बिभिन्न जटिल शल्यक्रिया, खुट्टा, छाती, पेटलगायत विशेष अङ्गहरुको भिडियो एक्सरे सेवा र प्रत्येक दिन बुधबार ३ बजेपछि अपाङ्ग बच्चा नजन्मियोस भनेर गरिने भिडियो एक्सरे अर्थात एनोमली स्क्यान र दुरबिन प्रबिधिबाट अप्रेशन सेवा समेत सञ्चालनमा ल्याएको छ ।

भक्तपुर अस्पतालमा कुनै पनि सेवा बन्द नरहेको जानकारी उनले भने, “अन्त अस्पतालले सेवा दिदैनन् भनेर कतिपय बिरामी सिधै यहीँ आउँछन्, कतिपय बिरामी निजी अस्पतालले भर्ना लिन मानेन भनेर विभिन्न अस्पताल चाहारेर यहाँ आइपुग्छन्, यो सरकारी अस्पताल हो, यहाँ आएका बिरामीलाई फर्काउनु भएन, त्यसैले सबै सेवा सञ्चानल गरेको छौ, केही सेवा थप गरेका छौ ।”

कोभिड ब्लक समेत सञ्चालनमा आएपछि अन्य रोगका आकस्मिक सर्जरी गर्नु परेमा बिरामी राख्ने ठाउँको अभावको भएको उनको भनाई छ । अस्पतालको एउटै कम्पाउण्ड भएपनि कोभिड र नन कोभिडका विरामीको उपचारमा फरक ब्लक भएकाले कोरोना भाइरस सङ्क्रमणको जोखिम कम भएको दाबी गर्दै उहाँले ठाउँको अभावले निकै समस्या भने पारेको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख एवं भक्तपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष नवराज गेलालले अस्पताललाई प्रदेश अस्पताल नभइ केन्द्रीय अस्पतालको रुपमा सरकारले विकास गर्नुपर्ने सुझाव दिए । उनले भने, “भक्तपुर अस्पतालको म अध्यक्ष हुँदा २०७२ सालमा रु। १ करोड ५० लाखको बजेटमा आईसियु स्थापना गर्न सामान ल्याए तर कर्मचारीले आईसियु चलाउन दिएनन्, मैले आईसियू चलाउन ठाउँ, पाँच श्ययाको बेड, तीन भेण्टिलेटर तयार पारेर अपाङ्ग मैत्री भर्याङ्ग र अन्य ओपिडि सेवा थप गराए , अस्पतालको स्वरुप नै फेरियो । चाहे गर्न सकिन्छ भन्ने नमूना अहिल बन्यो ।”

अस्पताल जिल्लाको लागि मात्रै नभई पूर्वी जिल्लाका बिरामीका लागि भरोसाको केन्द्र बनिरहेको छ । अहिले अस्पताललाई थप भवन अभाव हुँदा यसतर्फ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ध्यान जानु आवश्यक देखिन्छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies