Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

भारतले माल्दिभ्सलाई २५ करोड डलर ऋण दिने

माल्दिभ्स । भारतले माल्दिभ्सकोे कोरोनाभाइरसबाट प्रभावित अर्थतन्त्रलाई प्रोत्साहन गर्न २५ करोड अमेरिकी २४० मिलियन डलर बराबरको ऋण उपलब्ध गराउने घोषणा गरेको छ ।

हिन्द महासागर क्षेत्रीय द्वीपसमूह रहेको विलासी रिसोर्टहरूका लागि प्रख्यात माल्दिभ्समा कोरोना महामारीका कारण विदेशी पर्यटकहरूको आवागमन पूर्णतया बन्द भएपछि यहाँको अर्थतन्त्रमाआएको सङ्कटबाट छिमेकी मुलुकलाई उकास्न भारत सरकारले उक्त सहयोगको घोषणा गरेको बताइएको छ ।

माल्दिभ्समा जुलाईको मध्यदेखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गरिएपनि विदेशी पर्यटकहरूको ठूलो सङ्ख्या यहाँ फर्कन सकेका छैनन् ।

माल्दिभ्सस्थित भारतीय उच्च आयोगले माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले ‘कठिन आर्थिक अवस्थालाई पार गर्न आर्थिक सहयोग’ को अनुरोध गरेपछि यो ऋण सहयोग उपलब्ध गराइएको हो ।

“माल्दिभ्स आफ्नै प्राथमिकता अनुरुप घरेलु आर्थिक स्थिति सुधार गर्न यो रकम प्रयोग गर्न स्वतन्त्र रहनेछ,” भारतीय उच्च आयोगले आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।

स्टेट बैंक अफ इण्डिया (एसबीआई) मा माल्दिभ्स सरकारले जारी गरेको ट्रेजरी बन्डको बिक्रीले उक्त रकम जम्मा गरिनेछ जसको चुक्ता गर्न १० वर्षको अवधि दिइनेछ ।

एक हजार १९२ टापुहरूकोे मुलुकमा पूर्व पश्चिममार्गमा पुल तथा कजवे (पानीमाथि निर्माण गरिने सडक) निर्माण गर्न अगस्टमा नयाँ दिल्लीले ४० करोड डलरको सहयोग गरेको थियो ।

पूर्व राष्ट्रपति अब्दुल्ला यामीनको शासनकालमा मालदिभ्सले बेइजिङबाट महत्वपूर्ण पूर्वाधार निर्माणका लागि सन् २०१८ एक अर्ब ४० करोड ऋण लिएको सोलीह नेतृत्वकोे सरकारले बताएको छ ।

भारतको परराष्ट्र मन्त्रालयका अनुसार सोलीह सत्तामा आएपछि भएको सम्झौता अनुसार मालदिभ्सलाई दुई अर्ब अमेरिकी डलरभन्दा बढीको आर्थिक सहयोग दिल्लीले दिनेछ ।

कोरोना भाइरस सङ्क्रमणको महामारीसँग जुझ्नका माल्दिभ्समा अहिले पनि रातको समयमा कर्फ्यू रहेको छ । मालदिभ्समा अहिलेसम्म कोभिड–१९सङ्क्रमितको सङ्ख्या नौ हजार ६०० रहेको छ भने ३३ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

एसियाली विकास बैंकले गत वर्ष ५.९ प्रतिशतको आर्थिक वृद्धि रहेको माल्दिभ्सको अर्थतन्त्र यो वर्ष २०.५ प्रतिशतले संकुचित हुने प्रक्षेपण गरेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies