Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

वालिङ नगरपालिकाको बस्ती विस्थापन गर्ने/नगर्ने भन्नेबारे अध्ययन समिति गठन

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले बस्ती विस्थापित गर्ने/नगर्ने अध्ययनका लागि समिति बनाएर काम थालेको छ । नगरपालिकाका १४ वटा वडामा पहिराका कारण जोखिममा परेका बस्ती विस्थापित गर्नुपर्ने वा नपर्ने त्यसको अध्ययन गरी नगर कार्यपालिकामा प्रतिवेदन बुझाउन भनिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।

अध्ययन समितिले विस्थापित गर्नैपर्ने बस्ती र तिनीहरुलाई विस्थापित गर्नुपर्ने सम्भावित सुरक्षित स्थानको खोजी गरी नगर कार्यपालिकामा प्रस्ताव गर्ने उनले बताए । “नगरपालिकाभित्रका १४ वटा वडाबाट जोखिममा परेका घरपरिवारबाट निवेदन प्राप्त भइरहेका छन्”, नगरप्रमुख खाँणले भने, “प्राप्त निवेदनहरुका आधारमा समितिले भौगोलिक अध्ययन गर्न र जग्गाको खोजी गरी सिफारिस गर्नका लागि एक महिनाको समयावधि दिएका छौँ ।”

प्रस्तावित बस्ती तथा जग्गाको भूगर्भविद्को सहयोगमा नगरपालिकाले अध्ययन गरेर आवश्यक निर्णय लिने नगरप्रमुख खाँणको भनाइ थियो । भूगर्भविद्को भौगोलिक अध्ययनपश्चात् उनीहरुले दिएको प्रतिवेदनका आधारमा पायक पर्ने स्थानमा एकीकृत बस्ती बसालिने उनले बताए । नगर कार्यपालिकाको ५७औँ बैठकले पहिराको कारण जोखिममा परेका बस्तीको भौगोलिक अध्ययन गर्न र जग्गाको खोजी गरी सिफारिस गर्नका लागि वडा नं १३ का अध्यक्ष आनन्द पाठकको संयोजकत्वमा इन्जिनीयरसहितको आठ सदस्यीय समिति बनाएको छ ।

समितिले प्राकृतिक विपद्मा परेका बस्तीमा पुगेर त्यहाँको वस्तुस्थिति बुझ्ने र सिफारिस गर्ने संयोजक पाठकले बताए । “नगरका १४ वटै वडामा कहाँ कहाँ विपद्का कारण बस्ती जोखिममा छन् त्यसको अवलोकन निरीक्षण गर्छौं”, संयोजक पाठकले भने, “बस्ती सार्नै पर्ने अवस्था देखिएमा समाधानका लागि विकल्प दिने गरी काम गर्ने छौँ ।” नगरपालिकाका १४ वटै वडामा एक सयभन्दा बढी घर जोखिममा परेको हुन सक्ने भए पनि यथार्थ विवरण भने आइनसकेको विपद् व्यवस्थापन शाखाप्रमुख पदमप्रसाद पाण्डेले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies