Khabar Dabali Logo
  October 29, Thu

नेकपा निकट वडाध्यक्षद्वारा गाउँपालिकामा १० दिनदेखि तालाबन्दी

दार्चुला । व्यास गाउँपालिका कार्यालय सुनसेरामा १० दिनदेखि तालाबन्दी हुँदा कामकाज ठप्प भएको छ । गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी निकटका वडाध्यक्ष र नेता तथा कार्यकर्ताले लगाएको ताला खुल्न नसक्दा सेवाग्राही समस्यामा परेका छन् । गत भदौ २६ गतेदेखि लगाइएको ताला खुलाउने प्रयास भएको छैन ।

व्यास–४ का स्थानीयवासी नरेन्द्र भट्टले गाउँपालिकामा लगाइएको तालाका कारण आफूहरुको नागरिकता सिफारिस रोकिएको बताए । “तालाबन्दी हुँदा प्रधानमन्त्री रोजगार कार्यक्रम, कृषि क्षेत्रका कार्यक्रमका फारामहरु भर्न पाइएको छैन”, अर्का स्थानीयवासी नरेन्द्र विष्टले भने, “समयमै फाराम भर्न नपाइए रोजगारी गुम्ने चिन्ता छ । हामी काम गरी खाने मजदूर हो, हामीले कृषि र रोजगार कार्यक्रममा आवेदन दिएका छौँ फाराम भरिएको छ, तर के भइरहेको छ भन्ने जानकारी छैन ।” अर्का स्थानीयवासी जगन्नाथ भट्टले कोरोनाका कारण स्थानीयवासीले रोजगारी गुमाइरहेको गाउँपालिकामा लगाइएको तालाका कारण स्थानीयवासीले सास्ती भोग्नु परेको बताए । उनले भने, “तालाबन्दी समाधान हैन, दुवै पक्षले वार्ताबाट समाधान खोज्नुपर्छ ।”

गत भदौ २६ गते गाउँपालिकामा तालाबन्दी गरिएपछि गाउँपालिकाको दैनिक कामकाज बन्द रहेको छ । गाउँपालिकाले गर्नुपर्ने दैनिक कामकाजहरु प्रभावित भएपछि कर्मचारीको दैनिक हाजिर, दर्ता चलानी, उपभोक्ता समिति गठन तथा सम्झौता काम प्रभावित भएको व्यास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले जानकारी दिए । अहिले गाउँपालिकामा तालाबन्दी गरेर नेकपा निकटका वडा नं १, ३ र ४ का वडाध्यक्षहरु सदरमुकाम खलङ्गा पुगेका छन् भने गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकी पनि सदरमुकाम खलङ्गामै छन् ।

वडा नं ३ तुसरपानीमा पहिराले घरहरु जोखिममा परेपछि त्यहाँका स्थानीयवासीले धुवाँमुक्त कार्यक्रमअन्तर्गत ल्याइएको जस्तापाता प्रयोग गरेर बसेका थिए । गाउँपालिकाले धुवाँमुक्त कार्यक्रमको जस्तापाता प्रयोग भएको भन्दै वडा नं ३ का पाँचवटा योजना कटौती गरेर रकम रकमान्तर गरेपछि गाउँपालिकामा विवाद बल्झिएको हो । पाँचवटा योजना कटौतीबाट रु साढे चार लाख वडामा नोक्सानी भएको भन्दै शुरु भएको आन्दोलनले राजनीतिकरण भएपछि अहिले गाउँपालिकाको कामकाज ठप्प छ । योजनाको रकमान्तर गर्ने निर्णय फिर्ता लिनुपर्ने, वडासमितिको अधिकार कुण्ठित हुने गरी बनाइएको उपभोक्ता गठनसम्बन्धी कार्यविधि २०७५ खारेज हुनुपर्ने, कोभिडको बेला भएको खर्च पारदर्शी हुनुपर्ने, गाउँपालिकामा कार्यकर्ता भर्ती बन्द गर्नुपर्नेलगायतका माग राखी तालाबन्दी गरिएको वडा नं ३ का अध्यक्ष उपेन्द्रसिंह धामीले बताए ।

अशोज ४ गते, २०७७ - १५:२८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोभिड अस्पतालमा लापरवाहीको कारण बिरामीको मृत्यु भएपछि आकस्मिक अनुगमन

धरान । विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान, धरानले सञ्चालन गरेको कोभिड–१९ अस्पतालमा लापारवाही...   

बाघको आक्रमणबाट बच्न दिगो उपाय खोज्न प्रशासन र जनप्रतिनिधि अग्रसर

बर्दिया । मानव र वन्यजन्तु द्वन्द्वबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि दिगो समाधानका उपाय खोज्न...   
प्रधानमन्त्रीसँग रअ प्रमुखले गरेको भेटवार्ताबारे विवरण सार्वजनिक गर्न पूर्व राजदूतको आग्रह

प्रधानमन्त्रीसँग रअ प्रमुखले गरेको भेटवार्ताबारे विवरण सार्वजनिक गर्न पूर्व राजदूतको आग्रह

कपिलवस्तु । नेपाली काँग्रेसका नेता एवं भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री...   

सहकारीमार्फत तोकिएको मूल्यमा धान किन्दा किसानलाई राहत हुने

काठमाडौँ । सरकारले यसवर्ष समयमै धानको न्यूनतम् समर्थन मूल्य तोकेकाले किसानलाई राहत हुने भएको छ । सरकारले...   

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो, १ लाख २४ हजार ८६२ निकाे भए

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या...   

काठमाडौं उपत्यकामा मात्रै १६१५ संक्रमित थपिए

काठमाडौं । बिहिबार काठमाडौं उपत्यकामा १६१५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...   

बिहिबार थप २ हजार ३६४ जनामा कोरोना पुष्टि, ३ हजार ३८ जना निको भए

काठमाडौँ । पछिल्लो २४ घण्टामा बिहीबार थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...   

भारतको देहरादूनमा कुटिएका नेपालीको उद्धार गर्न कांग्रेसको आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको देहरादूनमा अध्ययनरत नेपाली विद्यार्थी...   

नेपालगञ्जमा २९ लाखसहित १० जना जुवाडे पक्राउ

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले गएराति नेपालगञ्जमा जुवाको खालमा छापा मारी रु २९ लाखसहित १०...   

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजदेखि शुरु

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि प्रशिक्षण शुरु गर्दैछ । बङ्गलादेशसँगको मैत्रीपूर्ण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top