Khabar Dabali Logo
  October 22, Thu

सिराहामा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट

सिराहा । बोक्सीको आरोपमा सिरहाको नवराजपुर गाउँपालिकामा एक महिलामाथि कुटपिट भएको छ । स्थानीयवासीको कुटपिटबाट घाइते नवराजपुर–५ कसुन्डी निवासी ४५ वर्षीया मूर्तिदेवी यादवको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको आफन्तजनले जनाएका छन् ।

गाउँका एक बच्चा बिरामी भएको र अर्का एक जनाको चट्याङ लागेर मृत्यु भएको विषयमा मूर्तिदेवीले टुनामुना गरी बोक्सी लगाएको आरोप लगाउँदै स्थानीयवासी धर्मनाथ यादव, उनका छोरा सन्तोष र सोही ठाउँका देवनाथ यादव, कृष्ण यादव, ब्रह्म यादव लगायतले मूर्तिदेवीलाई निर्घात कुटपिट गरेका मूर्तिदेवीका छोरा गणेश यादवले जानकारी दिए। “गत भदौ २९ गते राति आमा घरमा सुतिरहनुभएको थियो”, उनले भने, “स्थानीयवासीले तथानाम गाली गर्दै आमालाई घरबाट बाहिर निकालेर सडकमा लगि निर्घात कुटपिट गरे, पछि खेतमा लगेर फालिदिए ।” कुटपिट गर्नेहरुले प्रहरीमा उजुरी गरे चोरीको आरोपमा फसाई दिने धम्की दिँदै आएको उनको गुनासो छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिकराम शर्माले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

अशोज ४ गते, २०७७ - १४:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विनाभेदभाव कोरोनाको निःशुल्क उपचार गर्न प्रधानमन्त्रीलाई सभापति देउवाको आग्रह

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र सङ्क्रमित नागरिकको निःशुल्क...   

भियतनामको बाढी र पहिरोमा ११४ को मृत्यु, २१ वेपत्ता

भियतनाम । भियतनाममा व्यापक वर्षाका कारण बाढी र पहिरो जाँदा कम्तीमा ११४ जनाको मृत्यु हुनुको साथै कम्तीमा...   

उपत्यकामा १ हजार ५५२ जनामा कोरोना संक्रमण, देशभर सक्रिय संक्रमितको ४५ हजार नजिक

काठमाडौं । काठमाडौँ उपत्यकामा थप १ हजार ५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा काठमाडौँमा...   

कोरोनाबाट निको हुनेको संख्या १ लाख नाघ्यो, मृत्यु हुनेको संख्या ८१२

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख नाघेको छ । २४ घण्टामा ३ हजार २१५ जना कोरोना...   

बिहिबार ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि, २१ को मृत्यु

काठमाडौँ । बिहीबार देशैभर थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

सहकारीले दियो एकल पुरुष र महिलालाई भत्ता

काठमाडौं । यहाँको एउटा सहकारीले एकल महिला र पुरुष दुवैलाई सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ता...   

तस्करको आक्रमणमा परी ज्यान गुमाएका प्रहरीका परिवारलाई प्रदेश सरकारको राहत

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नियमित गस्तीका क्रममा तस्करको आक्रमणमा परी ज्यान गुमाएका प्रहरी...   

देशकै हालसम्मकै ठूलो सबस्टेशन निर्माण सम्पन्न : १२ सय मेगावाट विद्युत् आयातनिर्यात गर्न सकिने

काठमाडौं । काठमाडौं देशकै हालसम्मकै सबैभन्दा ठूलो सबस्टेशनको रुपमा परिचित ढल्केबर सबस्टेशन नो लोडमा...   

कराँची प्रहरी र पाकिस्तानी सेनाबीच दोहोरो गोली हानाहान, १० सुरक्षाकर्मीको मृत्यु

कराँची । पाकिस्तानको कराँची प्रहरी र पाकिस्तानी सेनाबीच भएको भिडन्तमा दश जना सुरक्षाकर्मीको मृत्यु...   
यूरोपका ८० प्रतिशत ‘प्राकृतिक बासस्थान’ अतिक्रमित : अध्ययन

यूरोपका ८० प्रतिशत ‘प्राकृतिक बासस्थान’ अतिक्रमित : अध्ययन

कोपेनहेगन । युरोपेली संघअन्तर्गतका मुलुकहरूमा रहेका रहेका ८० प्रतिशतभन्दा बढी प्राकृतिक वासस्थानहरू...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top