Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

पठनपाठन शुरु गर्ने तयारीमा विद्यालय

भजनी । कोरोना महामारीका कारण २०७६ चैत ६ गतेदेखि बन्द भएका शैक्षिक संस्थाको पठनपाठनका लागि कैलालीका स्थानीय तहले प्रक्रिया शुरु गरेका छन् । सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका–२०७७ जारी गरेसँगै कैलालीको टीकापुरलगायतका स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयको वैकल्पिक माध्यमबाट पठनपाठनका लागि प्रक्रिया शुरु गरेका हुन् । असोज १ गतेबाट विद्यालयहरुले विद्यार्थी भर्ना कार्यक्रम शुरु गरेका छन् । लामो समयसम्मको बन्दका कारण विद्यालय जानबाट वञ्चित बालबालिका पनि विद्यालय सञ्चालन हुने भएपछि उत्साहित भएका छन् ।

टीकापुर नगरपालिका क्षेत्रभित्रका संस्थागत तथा निजी विद्यालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई भर्ना कार्यक्रम, पाठ्यपुस्तक वितरणलगायतका काम शुरु गरेका छन् भने सामुदायिक विद्यालयले पनि भर्ना प्रक्रियालाई अगाडि बढाएका छन् । टीकापुर नगरपालिका शिक्षा शाखाका प्रमुख दमनसिंह चौधरीले टीकापुरको हकमा अनलाइन, अफलाइन, दूरशिक्षालगायतका प्रविधिबाट पठनपाठन शुरु हुने गरी प्रक्रिया अगाडि बढेको बताए । “हामीले विद्यालय सञ्चालनका लागि छलफल शुरु गरेका छौँ । विद्यालय नै खोलेर पठनपाठन गर्न सक्ने अवस्था पनि छैन”, उनले भने, “अहिले विद्यार्थी भर्ना तथा अभिलेखीकरणको काम विद्यालयले शुरु गरेका छन् । अभिलेखीकरणको काम सकिएपछि कसरी अगाडि बढ्ने ? भन्ने विषयमा छलफल गरी पठनपाठनलाई सहज गराइने छ ।”

सरकारले यसअघि नै वैकल्पिक अनलाइन तथा रेडियो शिक्षालाई सञ्चालनका लागि आह्वान गरे पनि सबै विद्यालय अनलाइन इन्टरनेटको पहुँचमा नहुँदा नगरपालिकामा शैक्षिक गतिविधि अगाडि नबढेको भन्दै चौधरीले आगामी दिनमा भने आवश्यकतानुसार विद्यार्थीलाई पठनपाठनमा जोड्नका लागि सहजीकरण गरिने बताए । टीकापुर नगरपालिकामा ३४ सामुदायिक र ४० निजी तथा संस्थागत विद्यालयमा करिब ४५ हजार विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

त्यस्तै भजनी नगरपालिकामा पनि पठनपाठन सञ्चालन गर्नका लागि प्रक्रिया अगाडि बढेको नगरपालिकाका शिक्षा शाखा प्रमुख देवराज अवस्थीले बताए । उनले विद्यार्थीको भर्ना तथा अभिलेखीकरण गर्ने काम शुरु भएको बताउँदै सरकारले जारी गरेका मापदण्डानुसार शैक्षिक गतिविधि अगाडि बढाइने बताएका छन् । “अहिले विद्यार्थीको भर्ना तथा अभिलेखीकरण र पाठ्यपुस्तक वितरणको काम भइरहेको छ”, अवस्थीले बताए, “विद्यालयका शिक्षक तथा अभिभावकहरुसँग छलफल भइरहेको छ । सबैको सुझाव सल्लाहका आधारमा विद्यालय सञ्चालनका लागि निर्णय लिनेछौँ ।” भजनी नगरपालिकामा ३९ सामुदायिक र १५ निजी तथा संस्थागत विद्यालय सञ्चालनमा छन् ।

उता निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन० का कैलाली जिल्ला अध्यक्ष डिल्लीराज रेग्मीले केही संस्थागत विद्यालयले पहिलेदेखि नै अनलाइन कक्षा सञ्चालन गर्दै आएको बताउँदै आगामी दिनमा हप्तामा दुई विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरणका लागि विद्यालय सञ्चालन गरिने बताएका छन् । उनले सीमित विद्यार्थीलाई आलोपालो विद्यालय बोलाएर स्वअध्ययन सामग्री उपलब्ध गराइने र आवश्यक गृहकार्य दिने गरी विद्यालय सञ्चालनको प्रक्रिया अगाडि बढाइएको बताए ।

“हामीले माथिल्लो कक्षाका सीमित विद्यार्थीलाई सामाजिक दूरी कायम हुने गरी विद्यालयमै पठनपाठनको माग गरेका छौँ”, जिल्ला अध्यक्ष रेग्मीले बताए, “त्यसो नभए गणित र विज्ञान विषयको कक्षा सञ्चालन गर्न सके पनि केही सहज हुनसक्छ । हामीले शिक्षक र विद्यार्थीलाई आलोपालो गरी बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म पठनपाठनलाई सहजीकरण गर्ने प्रक्रियामा अगाडि बढेका छौँ ।”

प्याब्सन स्थानीय पालिका कार्यसमिति टीकापुरका अध्यक्ष जयकृष्ण तिमिल्सिनाले विद्यार्थीलाई रोल नम्बरका आधारमा जोर÷बिजोर प्रणालीबाट विद्यालयमै पठनपाठन शुरु गरिनुपर्ने बताएका छन् । उनले स्थानीय सरकारलाई विद्यालय सञ्चालनको जिम्मा सरकारले दिएको भन्दै आफूहरु स्थानीय सरकारको निर्णय पर्खेर बसेको बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies