Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

मिर्गौलापीडित शर्मिलाको उपचारका लागि फेसबुकले जुटायो ११ लाख

चितवन । दुवै मिर्गौला फेल भएका चितवनको इच्छाकामना गाउँपालिका–३ चैवुङका १९ वर्षीया शर्मिला गुरुङको उपचारका लागि रु ११ लाख ८५ हजार रकम सङ्कलन भएको छ । सामाजिक अभियानकर्मी कृष्ण घोताने गुरुङले सामाजिक सञ्जाल फेसबुकमा गरेको आह्वानबाटै उक्त रकम सङ्कलन भएको हो ।

देश विदेशमा रहेका ११७ व्यक्ति तथा सङ्घसंस्थाले उक्त रकम सहयोग गरेको तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद्का वाग्मती प्रदेश सदस्यसमेत रहनुभएका समाजसेवी एवं व्यवसायी घोतानेले बताए । “कोरोना महामारीको यो विषम परिस्थितिमा पनि रकम सहयोग गरेकामा सहयोग गर्ने सबै मनकारी महानुभावलाई म धेरैधेरै धन्यवाद व्यक्त गर्दछु”, उनले भने ।

विगत चार वर्षदेखि दुवै मिर्गौला फेल भई उपचाररत गुरुङको पुरानो मेडिकल कलेज भरतपुरमा डायलासिस भइरहेको छ । आर्थिक अवस्था कमजोर रहेका गुरुङको उपचारका क्रममा धेरै रकम खर्च भइसकेको र थप उपचारका लागि अर्थाभाव भएको भन्दै विभिन्न अनलाइन मिडियामा समाचार प्रकाशन प्रसारण भएको थियो । सोही समाचार पढेर पीडितका लागि आफूले केही पहल गर्न सकिन्छ भनेर आर्थिक सहयोग सङ्कलनका लागि अभियान चलाएको घोतानेले बताए ।

पीडितको उपचारका लागि सङ्कलित रकम शनिबार भरतपुरमा रहेको तीनखोले गुम्बामा एक औपचारिक कार्यक्रम गरी पीडितलाई हस्तान्तरण गरिएको छ । अभियानकर्मी घोतानेले विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा पीडितका परिवारलाई रकम हस्तान्तरण गरे।

मिर्गौलापीडितलाई साढे छ लाख सहयोग

दमौली– तनहुँको व्यास नगरपालिका–१४ निवासी दुवै मिर्गौलापीडित सन्तोष राना मगरलाई साढे छ लाखभन्दा बढी आर्थिक सहयोग प्रदान गरिएको छ । ‘सन्तोष बचाउ अभियान’ मार्फत देश तथा विदेशबाट प्राप्त भएको रु छ लाख ५८ हजार ६२४ पीडितको उपचारका लागि हस्तान्तरण गरिएको हो ।

सन्तोष बचाउ अभियानका संयोजक युवराज आलेले वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपाली, जिल्लाभित्रकै विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट सहयोग रकम सङ्कलन गरिएको जानकारी दिए।

उहाँका अनुसार सन्तोषको उपचारका लागि जापानमा बस्ने केशवटारवासीले रु दुई लाख सहयोग गरेका छन् । “मिर्गौलापीडित सन्तोषका बारेमा जानकारी पाएपछि उनको उपचारका लागि आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गर्याँै, उक्त अभियानमा सबैले सहयोग गरिदिए”, आलेले भने, “सङ्कलन भएको रकमले पीडितको उपचारमा सहयोग पुग्ने विश्वास लिएका छौँ ।” रानाको मिर्गौला प्रत्यारोपणका लागि सङ्कलन गरिएको रकमले पुग्ने भएपछि हाललाई उक्त अभियान स्थगन गरिएको जानकारी दिए ।

मिर्गौलापीडित सन्तोषको उपचारका लागि अमेरिकामा पनि रु छ लाखभन्दा बढी रकम सङ्कलन भएको छ । न्यूयोर्कमा आशिष थापा र कुलदीप राना मगरको पहलमा दुई हजार ६८१ अमेरिकी डलर र टेक्सासमा भीम थापाको पहलमा दुई हजार ७७० डलर सङ्कलन भएको छ । टेक्सासमा रहेका थापाले जिल्लावासी युवकलाई परेको पीडामा सघाउन अमेरिकामा रहेका नेपालीहरुबाट रकम सङ्कलन गरिएको जानकारी दिए।

गत वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि रानाले पोखरास्थित फिस्टेल हस्पिटलमा डायलासिस गर्दै आएका छन् । मिर्गौला प्रत्यारोपणका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले सन्तोषले सहयोगको अपिल गर्दै आएका थिए । प्राप्त रकमले अब मिर्गौला प्रत्यारोपणका लागि सहयोग पुग्ने भएकाले बाँच्ने आशा पलाएको सन्तोषले बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies