म्याग्दी । पहिरोको उच्च जोखिममा रहेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ चौरखानीको बस्ती स्थानान्तरणका लागि जग्गाको खोजी शुरु भएको छ । भिरालो पाखोमा रहेको चौरखानीमा पहिरोको जोखिम बढेपछि सुरक्षित ठाउँमा स्थानान्तरणका लागि गाउँपालिकाले जग्गाको खोजी थालेको हो ।
गाउँको फेदीदेखि शिरसम्मको जमिन पहिरोले छियाछिया बनाएकाले थप क्षति हुन नदिन बस्ती स्थानान्तरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । “करिब डेढ दशकदेखिको चौरखानीको पहिरो यो वर्ष थप सक्रिय भएको छ”, उनले भने “नियन्त्रण सम्भव नभएपछि बस्तीनै सार्नका लागि पहल गरेका हौँ ।”
स्थानीयवासीले रोजेको ठाउँमा भूगर्भविद्को टोलीले अध्ययन गरेर उपयुक्त भएको सिफारिस गरेको आधारमा स्थानान्तरणका लागि छनौट गरिने प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए। उनका अनुसार पहिरोबाट विस्थापितलाई घर स्थानान्तरणका लागि सङ्घीय सरकारले रु एक लाख उपलब्ध गराउने नीतिगत व्यवस्था गरेको छ । अन्यत्र जग्गा नभएकाका लागि निजी जग्गा नपाए सङ्घीय सरकारको मन्त्रिपरिषद्बाट निर्णय गराएर सार्वजनिक जग्गा उपलब्ध गराउने व्यवस्था छ ।
बाउन्न घर रहेको चौरखानीमा हाल ३० परिवारको बसोबास छ । आधाले घर छोडेर बेनी, पोखरा, काठमाडौँलगायतका ठाउँमा गएर बसेका छन् । गाउँको बीचमा ठाडो चिरा पारेको पहिरोका चौरखानीमा एउटा सामुदायिक भवन र एउटा घर भत्किएको छ । गाउँपालिकाको रु पाँच लाख र स्थानीयको रु नौ लाख खर्चेर दुई वर्षअघि निर्माण गरिएको सामुदायिक भवन चिरा परेर भत्किएको छ । नरप्रसाद छन्त्यालको घर भत्किएको र अन्य ११ वटा घरको पर्खाल चर्किएर जोखिममा परेको वडाध्यक्ष गमान छन्त्यालले बताए ।
थमबहादुर छन्त्याल, उद्दिमबहादुर छन्त्याल, चन्द्रबहादुर छन्त्याल, रैमान छन्त्याल, रामप्रसाद छन्त्याल, गमबहादुर छन्त्याल, हर्कमान छन्त्याल, नरमान छन्त्याल, दलप्रसाद विक र पूर्णमान छन्त्यालको घरको पर्खाल चर्किएर ढल्किएको छ । भिङखानी भूमे युवा क्लबको खेलमैदान भत्किएको छ ।
दुई किलोमिटर तल रघुगङ्गा नदीको किनारबाट शुरु भएको पहिरो चौरखानीको शिरमा रहेको पहाडको फेदीमा पुगेको छ । पहिरोले गाउँलाई चिरेर दुई भागमा विभाजन गरेको स्थानीय रामप्रसाद छन्त्यालले बताए। विसं २०६४ मा शुरु भएको पहिरो ग्यावीयन पर्खाल र भल व्यवस्थापन गरेपछि केही वर्ष रोकिएको थियो । यो वर्ष अत्यधिक वर्षाका कारण पहिरो सक्रिय भएपछि जोखिम बढेको हो । खेतबारी र जङ्गल चिराचिरा परेको छ । घरको पर्खाल चर्किएर ढल्किएको स्थानीय थममाया छन्त्यालले बताए। भित्रभित्रै जमिन बगरिहेको उनले बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: