Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

भ्रष्टाचार मुद्दा तामेलीमा राखेका घिमिरेलाई पदक

काठमाडौं। सरकारले भ्रष्टाचार प्रकरणमा मुछिएका र त्यस्ता व्यक्तिहरूलाई जोगाउन चलखेल गरेको आरोप लागेका निकायका पदाधिकारीलाइ पदकबाट विभूषित गर्ने निर्णय गरेको भन्दै जनस्तरबाट आलोचना भएको छ ।

आजको नागरिक दैनिकमा खबर छ - सरकारले ठूलो मात्रामा आर्थिक अनियमितता भएका मुद्दा तामेली राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निवर्तमान प्रमुख नवीनकुमार घिमिरेलाई प्रसिद्ध प्रबल जनसेवाश्री (द्वितीय) पदकबाट विभूषित गर्ने घोषणा गरेको छ । संविधान दिवस, २०७७ का उपलक्ष्यमा सरकारले घिमिरेलाई उक्त पदकबाट विभूषित गर्ने निर्णय गरेको हो ।

अनियमितताका पर्याप्त प्रमाण हुँदाहुँदै पनि नेपाल आयल निगमको जग्गा खरिदसम्बन्धी फाइल छानबिन नगरी तामेलीमा राख्ने निर्णय गरेको आरोप लागेका घिमिरेलाई विभूषित गर्ने सरकारी निर्णयको सर्वत्र आलोचना भएको छ ।

अनुसन्धान टोलीले जग्गा खरिदमा अनियमितता भएकाले मुद्दा चलाउने निष्कर्षसहित तयार पारेको प्रतिवेदन घिमिरेको दबाबमा परिमार्जन गरी तामेलीमा राख्ने निर्णय भएको अख्तियार उच्च स्रोत बताउँछ । भष्ट्राचारका मुद्दा तामेलीमा राख्न लगाएर अख्तियारलाई कमजोर पारेको आरोप घिमिरेमाथि छ ।

चिकित्सा क्षेत्रमा महत्वपूर्ण योगदान पु(याएका डा. सन्दुक रुइत र समाजसेवी उज्जवलविक्रम थापासँगै भ्रष्टाचारीलाई उन्मुक्ति दिएको आरोप लागेका घिमिरेलाई पदक दिने सरकारी निर्णयको जनस्तरबाट व्यापक आलोचना हुुनु स्वाभाविक भएको नाम नबताउने सर्तमा एक सर्वसाधारणले बताए ।

सरकारले घिमिरेलाई मात्र होइन, अख्तियारका कार्यवाहक प्रमुख आयुक्त गणेशराज जोशी र आयुक्त सावित्री थापा गुरुङलाई पनि पदकले विभूषित गर्ने निर्णय गरेको छ । अन्य संवैधनानिक आयोगका पदाधिकारीलाई विभूषित गर्न कन्जुस्याइँ गरेको सरकारले अख्तियारका पदाधिकारीलाई भने खोजीखोजी पदक दिएको छ । सरकारले जोशीलाई सुकीर्तिमय राष्ट्रदीप (तृतीय) र थापा गुरुङलाई सुप्रबल जनसेवा श्री (तृतीय) पदकबाट विभूषित गर्ने भएको छ ।

घिमिरेले अख्तियारको नेतृत्व गर्दा आयल निगम जग्गा खरिद प्रकरण, वाइड बडी जहाज खरिद प्रकरण, एनसेल कर प्रकरण, यति समूहलाई सरकारी जग्गा लिज प्रकरण, सेक्युरिटी प्रेस खरिद प्रकरण, ओम्नीमार्फत मेडिकल सामग्री खरिद प्रकरणमा संलग्नलाई प्रत्यक्ष–अप्रत्यक्ष रुपमा ढाकछोप गर्ने काम भएको स्रोतको दाबी छ ।

यति समूहलाई नेपाल ट्रस्टको नाममा रहेको दरबारमार्गको जग्गा भाडामा लगाउने विषयमा भएको अनियमितता ढाक्न ट्रस्टका पदाधिकारीलाई क्लिन चिट दिने काम पनि घिमिरेको दबाबमा भएको अख्तियारका एक अधिकारी बताउँछन् ।

यतिको भगिनी संस्था थामसेर्कुलाई ट्रस्टको जग्गा भाडामा दिँदा आर्थिक अनियमितता भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । तर, अख्तियारले यस विषयमा छानबिन नै नगरी ट्रस्टका पदाधिकारीलाई क्लिन चिट दिएको थियो ।

नेपाल ट्रस्टमा बसेर गोकर्ण रिसोर्टको जग्गा यति समूहलाई लिजमा दिन भूमिका निर्वाह गरेका सहसचिव राजेश्वर ज्ञवालीलाई पनि सरकारले जनसेवा सु–प्रबल पदकबाट सम्मानित गर्ने भएको छ ।

ज्ञवालीले गोकर्ण रिसोर्टको जग्गा यतिलाई लिजमा दिएर गौचरन हुनबाट जोगाएको विवादास्पद अभिव्यक्ति दिएका थिए । रिसोर्टको जग्गाको लिज समय सकिन ५ वर्ष बाँकी छँदै पुनः यतिलाई अवधि थप्ने प्रयोजनका लागि मूल्यांकन गर्ने समितिमा ज्ञवाली थिए । उनले यतिका पक्षमा चलखेल गरेको आरोप छ ।

नेपाल ट्रस्ट ऐन, २०६४ को संशोधित व्यवस्थामा अवधि तोकी लिजमा दिइएको सम्पत्तिको उपभोग गर्ने पक्षले थप पूँजी लगानीसहित विद्यमान संरचना मर्मत गरी सञ्चालन गर्न चाहेमा र सोबाट ट्रस्टलाई थप आर्थिक लाभ हुने सुनिश्चित भएमा त्यस्तो अवधि समाप्त हुनुअगावै समेत आवश्यकता अनुसार ट्रस्टको सिफारिसमा नेपाल सरकारले लिजको अवधि थप गर्न सक्नेछ भन्ने उल्लेख छ । तर सहसचिव ज्ञवालीले यति समूहलाई ऐनविपरीत थप संरचना निर्माण गर्न दिनेगरी गोकर्ण रिसोर्टको लिज अवधि थप्ने सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यति समूहसँगै जोडिएको हिमालय एयरलाइन्सका विजयबहादुर श्रेष्ठ पनि प्रबल जनसेवा श्री (चतुर्थ) पदक पाउने सूचीमा छन् । एमआरपीमा डेढ करोड रुपैयाँभन्दा बढी ठेकेदारलाई भुक्तानी दिएर राज्यकोषमा हानि–नोक्सानी पुर्‍याएको आरोप लागेका लोकबहादुर थापालाई पनि सरकारले सुप्रबल जनसेवा श्री (तृतीय) पदकबाट विभूषित गर्ने भएको छ ।

राहदानी विभागको महानिर्देशक हुँदा थापाले आपूर्तिकर्ता ओबर्थर टेक्नोलोजिज कम्पनीलाई सम्झौताभन्दा डेढ करोड रुपैयाँभन्दा बढी भुक्तानी दिएर अनियमितता गरेको महालेखाको ठहर छ । थापा अहिले बेल्जियमका लागि नेपाली राजदूत छन् ।

ओबर्थरसँग भएको सम्झौताअनुसार तीस लाख थान एमआरपीमध्ये ६ लाख थान पुरानै सम्झौता बमोजिम र २४ लाख थान भेरिएसन गराएर बढाएको दरमा आपूर्ति गर्नुपर्नेमा पाँच लाख थान एमआरपीको मात्र पुरानो मूल्यमा भुक्तानी गरिएको थियो ।

एक लाख थानको भेरिएसन गरेर बढाएको नयाँ दरमा भुक्तानी गर्दा राज्यलाई डेढ करोडजति नोक्सानी भएकोको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ । अनियमितताको आरोप लागेका थापालाई विभूषित गर्ने सरकारी निर्णयबाट परराष्ट्र मन्त्रालयका उच्च अधिकारी आश्चर्यमा परेका छन् ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा इजरायलका लागि नेपाली राजदूतमा नियुक्त भएपछि विवादमा आएकी अञ्जन शाक्यलाई पनि सुप्रबल जनसेवा श्री (तृतीय) पदक दिने सूचीमा राखिएको छ ।

सरकारले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत कर्मचारीलाई पदकमा प्राथमिकता दिएको विषयलाई लिएर अन्य मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले असन्तुष्टि व्यक्त गरेका छन् । संविधान दिवसका अवसरमा सरकारले पाँच सय ९४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने घोषणा गरेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies