Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

अधिकांश तरकारीको मूल्य प्रतिकिलो एक सय रुपैयाँमाथि

६ महिनादेखिको लकडाउनले आम्दानी खुम्चेका बेला भान्सा महँगो भएपछि उपभोक्ता दोहोरो मारमा

काठमाडौं । उपभोक्ताको भान्सामा धेरै खपत हुने अधिकांश हरियो तरकारीको मूल्य प्रतिकिलो १ सय रुपैयाँमाथि पुगेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - लकडाउन खुकुलो भएर ढुवानी सहज भए पनि मागको तुलनामा आपूर्ति २५ देखि ३० प्रतिशत कम भइरहेको तरकारीको मूल्य वृद्धि भएको व्यवसायीहरू बताउँछन् । ११ चैतदेखिको निरन्तर लकडाउनले आम्दानी खुम्चेका वेला भान्सा महँगो हुँदा उपभोक्ता मारमा परेका छन् ।

दैनिक औसतमा ७–८ सय टन तरकारी आउने कालीमाटी फलफूल तथा तरकारी बजारमा निषेधाज्ञायता ५ सयदेखि ५ सय ५० टनसम्म मात्र आपूर्ति भइरहेको तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए ।

‘अहिले नेपाली किसानले सबै तरकारी उत्पादन घटाएका छन्, आपूर्ति नै करिब २ सय टनका दरले घटेका कारण मूल्यमा चाप परेको हो,’ उनले भने । ललितपुर भैँसेपाटीकी गृहिणी उर्मिला महर्जनले शनिबार साँझ घरनजिकैको चोकमा तरकारीको भाउ सुन्दा अतालिएको बताइन् । उनी भन्छिन्, ‘मुला, स्कुस जस्ता तरकारीको भाउ पनि १ सय रुपैयाँ भन्छन् । कमाइ कम भएका वेला यस्तो महँगी भएपछि कति दिन धान्न सकिएला ?’

सरकारी निकायले भने तरकारी बजारमा अनुगमन तीव्र पारिएको र दोषी व्यवसायीलाई कारबाही गरिरहेको जनाएको छ । अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले उपभोक्तालाई असहज हुने गरी भएका व्यापारिक क्रियाकलापमा अनुगमन केन्द्रित गरिएको बताए । उनले आलु, प्याज लुकाउने, बढी मूल्य असुल्ने व्यवसायीलाई कारबाही थालिएको बताए ।

लकडाउन लगत्तै उत्पादनमा गिरावट
कोरोना भाइरस नियन्त्रणका लागि ११ चैतदेखि सरकारले लकडाउन गर्दा धेरै किसानको उत्पादन बारीमै सड्यो, कतिपय किसानले लागत मूल्यभन्दा पनि सस्तोमा बिक्री गर्न बाध्य भए । चैत र वैशाखमा किसानले उचित मूल्य नपाएको र निरन्तर लकडाउन जारी भएपछि तरकारी नै लगाउन नसकेको व्यवसायीको भनाइ छ ।

‘काउली, गोलभेँडाजस्ता धेरै खपत हुने तरकारीको त बिउ नै आयात हुन सकेन र किसानले लगाउन पाएनन्,’ घिमिरेले भने, ‘यहाँ उपलब्ध बिउबाट पनि धेरै किसानले खपत नहुने र मूल्य घट्ने त्रासका कारण खासै तरकारी लगाएनन् ।’ उनका अनुसार अहिले ३०–३५ प्रतिशत तरकारी उत्पादनमा गिरावट आएको छ ।

उपत्यकाको गोलभेंडा तराई जान थाल्यो

अहिले उपत्यकामा गोलभेंडाको चरम अभाव भएपछि मूल्य उकालो लाग्न थालेको छ । शनिबार ललितपुरको भैंसेपाटीको खोकना दोबाटोस्थित ठेलागाडा व्यापारीले गोलभेंडा १ सय ५० रुपैयाँ प्रतिकिलोमा बिक्री गरेका छन् । व्यवसायीका अनुसार काठमाडौंमा नै आपूर्ति कम भइरहेका वेला उपत्यकाआसपासबाट गोलभेंडा तराई जान थालेको छ ।

‘नेपाली किसानले गोलभेंडा धेरै फलाएको पाएपछि कृषि मन्त्रालय र अन्य सरकारी कर्मचारीसँगको समन्वयमा भारतबाट गोलभेँडा आयात नगर्ने भनियो,’ घिमिरेले भने, ‘त्यसैले भदौको केही समय गोलभेँडा भारतबाट खासै आएन । तर, यहाँ पनि उत्पादन बढ्न सकेन ।’

प्याज आयात खुलाउनुको विकल्प छैन

व्यवसायीका अनुसार अहिले कालीमाटीलगायत ठूला बजारमा प्याजको स्टक सकिन थालेको छ । मुलुक प्याजमा करिब शतप्रतिशत परनिर्भर छ । कालीमाटीस्थित प्याजको थोक विक्रेता प्रकाश गजुरेलका अनुसार ९५ प्रतिशत भारतीय प्याजले नेपाली भान्सा धानेको छ ।

व्यवसायीका अनुसार सामान्य अवस्थामा दैनिक ५० हजार किलो प्याज भारतबाट आयात हुन्छ । तर, भारतले प्रतिबन्ध लगाउनासाथ यहाँ मूल्य अकासिएको छ । शनिबार ललितपुरको भैँसेपाटीमा प्याज प्रतिकिलो १ सय ४० रुपैयाँमा बिक्री भएको छ । भारतबाट आउन प्रतिबन्ध हुनासाथ गत वर्ष बजारमा २ सय रुपैयाँ प्रतिकिलो नाघेको थियो ।

प्याजमा कालोबजारी गर्ने व्यवसायीलाई १० लाख जरिवाना

भारतले निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपेर मौज्दातमा रहेको प्याजको भाउ वृद्धि गरी नाफाखोरी गर्ने प्याजका आठ जना थोक व्यवसायीलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १० लाख २ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

विभागले शुक्रबार कालीमाटीका एक व्यवसायीलाई बढी मूल्यमा प्याज बेचेको पाएपछि ५५ हजार रुपैयाँ जरिवाना तिराएको छ । त्यस्तै, बिहीबार कालीमाटी, बल्खु, तिनकुने र विराटनगरका एक थोक प्याज व्यापारी समेत गरी कुल सातजनालाई ९ लाख ७० हजार रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ । विभागले बढी मूल्य असुलेर प्याज बिक्री गरेको आरोपमा ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना तिराएको हो ।

प्याजको बढ्दो मूल्य नियन्त्रण गर्न थप अनुगमन भइरहेको र बढी मूल्य असुलेको भेटिए कारबाही थाल्ने विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए । उपभोक्ता संरक्षण ऐन, ०७५ लागू भएपछि निरीक्षण अधिकृतले २ लाख रुपैयाँसम्म अनुगमनस्थलमै जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ । ऐनको सोही प्रावधानअनुसार कैफियत भेटिएका व्यवसायीलाई विभागले जरिवाना तिराउँदै आएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies