Khabar Dabali Logo
  October 29, Thu

कर्मचारीलाई प्रधानमन्त्री ओलीको प्रश्न : तीव्र विकासको बाहक बन्न कुन तत्वले अवरोध खडा गर्‍यो ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कर्मचारीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – उनले जनताको तीव्र विकासको चाहनाअनुसार कर्मचारीतन्त्र अझै सहयोगी बन्न नसकेको प्रधानमन्त्री ओलीको आरोप छ । पाँचौं संविधान दिवसमा आयोजित समारोहलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक परिवर्तनको सहयोगी बन्दै आएको कर्मचारीतन्त्र जनताको तीव्र विकासको चाहनामा सहयोगी बन्न नसकेको आरोप लगाए ।

‘हामी सबैलाई थाहा छ, समग्र प्रणाली परिवर्तनको अभियानमा हाम्रो कर्मचारीतन्त्र र राज्यका सम्पूर्ण संयन्त्रहरू बाधक बनेनन् । प्रश्न उठ्छ– यति ठूलो परिवर्तनमा सहयोगी मात्रै होइन, सहभागी हुने कर्मचारीतन्त्रलाई ‘तीव्र गतिमा, शीघ्र विकास’को बाहक बन्न कुनचाहिँ तत्वले अवरोध खडा गरिरहेको छ ?’

प्रधानमन्त्रीले प्रश्न गर्दै भने, ‘के त्यो तत्व भइरहेको विकास र प्रगतिलाई समेत अस्वीकार गर्ने अस्वस्थ राजनीति नै हो त ? या यति ठूलो परिवर्तनको नेतृत्व गर्न सक्ने राजनीतिक नेतृत्व मण्डल उपलब्धिको व्यवस्थापन गर्न र प्रणाली विकासमा नेता हुन नसकिरहेको कारणले हो ?’

कामै भएन भन्ने मान्यता जबर्जस्ती प्रचारित भएकाले त्यसलाई ध्यान दिएर तर्कको सट्टा व्यवहार र उपलब्धिबाटै जवाफ दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘भइहाल्छ नि’ वा ‘गरिहाल्लान् नि’ भन्ने सुविधा हामीलाई छैन ।

हामीले प्रतिबद्धतालाई परिणतिमा बदल्नै पर्दछ । सरकारमा हाम्रो उपस्थिति ‘तीव्र गति र शीघ्र विकास’को जनआकांक्षा पूरा गर्नका लागि हो । त्यस कुरालाई हामीले हेक्कामा राखेका छौँ,’ प्रधानमन्त्रीले भने ।

विकासको गतिमा सार्वजनिक खरिद ऐनजस्ता विद्यमान कानुनी प्रबन्ध पनि केही अमिल्दा र समय घर्काइ दिने खालका रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । कतिपय अधुरा एवं अस्पष्ट पूर्वाधार विकासको कामलाई नराम्रो गरी अल्झाएका कारण केही कानुन यथोचित परिवर्तन गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड थियो ।

केही समययता नेपालको राजनीतिमा अस्थिरता ल्याउने योजनाबद्ध प्रयासहरू तीव्रताका साथ भए पनि परास्त गरेर स्थिरता र स्थायित्वलाई सुनिश्चित गरिएको उनको भनाइ छ । यद्यपि, त्यस्तो प्रयास कहाँबाट भयो भन्ने विषयमा भने प्रधानमन्त्री ओलीले स्पष्ट खुलाएनन् ।

वर्तमान संविधान सबै अट्ने गतिशील दस्ताबेज भएकाले त्यसैलाई मियो मानी सबै दल र समूहहरू राष्ट्रिय मूलधारमा सामेल भई सिर्जनशील र रचनात्मक ढंगले क्रियाशील हुन उनले आह्वान गरे ।

‘आशंका वा अस्पष्टताहरू छन् भने संवादको माध्यमबाट तिनलाई हटाउन सरकार सदैव तयार रहेको कुरा म पुनः स्पष्ट गर्न चाहन्छु,’ उनले भने, ‘सोचौँ, हामीचाहिँ किन ‘मुसा मार्ने’ बिरालो ‘कालो वा सेतै’ खोजिरहेका छौँ ? अब हामी सबै प्रकारका संकीर्णता र आग्रह पूर्वाग्रह छाडौँ र विकास र उन्नतिको बाटोमा एकताबद्ध भई अघि बढौँ ।’

भ्रष्टाचार नियन्त्रणमा अख्तियारको भूमिका महत्वपूर्ण
प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका नियामक निकायहरूले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे । आयोगले ठूला काण्डहरूको छानबिन नगरेकामा जनस्तरबाट प्रश्न उठिरहेका वेला प्रधानमन्त्री ओलीले भने त्यस्तो दाबी गरेका हुन् ।

‘भ्रष्टाचारविरुद्धको सरकारको यस अभियानमा हाम्रा नियामक निकायहरूले यस अवधिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मात्रै बितेका दुई आर्थिक वर्षमा ७९२ केसहरूमा मुद्दा चलाएको छ ।

राजस्व अनुसन्धान विभागले एक हजार २७ जनाविरुद्ध ३१ अर्ब पाँच करोडभन्दा बढीको बिगो दाबीसहित राजस्व चुहावट, विदेशी मुद्रा अपचलन तथा अवैध हुन्डी कारोबारमा मुद्दा चलाएको छ ।’ प्रधानमन्त्रीले तथ्यांक नै प्रस्तुत गर्दै ती निकायहरूको प्रशंसा गरे ।

संकटका वेला मिडियासहित समाजका थुप्रै अंगहरूको महत्वपूर्ण भूमिका हुने भन्दै उनले हल्लाका पछि नलागी एकताबद्ध भएर अगाडि बढ्न पनि सबैलाई आह्वान गरे । ‘संकटका वेला, अझ मानिसको मन दुःखेका वेला हल्लाहरूले जनमतलाई प्रदूषित गर्ने जोखिम हुन्छ ।

विगत एक वर्षयता हाम्रो लोकतन्त्र, गणतन्त्र र संघीयताका बारेमा कहिले मन्द त कहिले प्रस्ट सुनिने गरी प्रश्न उठेको मैले सुनेको छु । मैले विगतका सम्बोधनमा पनि भनेको थिएँ– जब राष्ट्रले निर्णय लिन्छ, त्यहाँ अलमल होइन, प्रतिबद्धता हुन्छ,’ उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताले लिएको ऐतिहासिक निर्णय हो । अब यसलाई इमानदारीपूर्वक सबल बनाउन लाग्नु हामी सबै नेपालीको कर्तव्य हो ।’

अशोज ४ गते, २०७७ - ०७:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तास र कौडा खेल्न २० जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ...   

बलात्कारीलाई मृत्युदण्डः आवश्यकता कि बाध्यता ?

काठमाडौँ । बलात्कारका घटना बढ्दै जाँदा पछिल्लो समय पीडकलाई मृत्युदण्ड दिने, नपुंसक बनाउने लगायतमा...   

सरकारले स्थानीय तहसम्मै पक्की सडकसञ्जाल जोड्ने

काठमाडौँ । सङ्घीयता कार्यान्वयनका क्रममा पूर्वाधारको अभाव भइरहेका बेला सरकारले सातवटै प्रदेश राजधानीदेखि...   

हेर्नुहाेस्, आजको तपाईंको राशिफल

काठमाडौं । वि.सं.२०७७ साल कार्तिक १३ गते । बिहीबार । ईश्वी सन् २०२० अक्टोबर २९ तारिख । नेपाल संवत् ११४०...   

हेर्नुहाेस्, तपाईंको आजको राशिफल

काठमाडौं । वि.सं.२०७७ साल कार्तिक ११ गते । मंगलबार । ईश्वी सन् २०२० अक्टोबर २७ तारिख । नेपाल संवत् ११४०...   

जोखिम ख्याल नगरी बजारमा चहलपहल

डोटी । दशैँका समयमा यहाँका प्रमुख बजार दिपायल, पिपल्ला र राजपुरमा चहलपहल बढेको छ । कोरोना सङ्क्रमणका...   

आज दसैंको मुख्य दिन विजयादशमी , टिकाकाे साइत बिहान १०ः१९ बजे

काठमाडाैं । आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी अर्थात धार्मिक कथाअनुसार असत्यमाथि सत्यको...   

गण्डकी प्रदेशमा चार काेराेना संक्रमितकाे मृत्यु, जम्मा मृत्तककाे संख्या ६३ पुग्यो

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा एक महिलासहित थप चार जनाको मृत्यु भएकाे छ । पोखराका...   

नेकपाका नेता जनार्दन शर्मालाई पनि देखियाे कोरोना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई पनि...   
फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

दोलखा। एक महिलसँग फेसबुक च्याटमा अश्लिल गतिविधिका लागि प्रस्ताव गरेको च्याटका ‘स्क्रिन सट’ हरु सामाजिक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top