Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

रुपन्देही र पाल्पामा दुई जना कोरोना सङ्क्रमितको मृत्यु

बुटवल । कोरोना सङ्क्रमणका कारण रुपन्देही र पाल्पामा आज बिहान र शुक्रबार राती दूइ जनाको मृत्यु भएको छ । रुपन्देहीको कोरोना बिशेष अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित पुरुष र पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत महिलाको आज बिहान मृत्युभएको हो ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका लागि भर्ना भएका बुटबल उपमहानगरपालिका–१० का ६९ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा विष्णु गौतमले आज जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

मृतक सङ्क्रमितलाई गत भदौ २२ गते कोरोना विशेष अस्पताल बुटवलमा भर्ना गरिएको थियो । ती पुरुषमा ज्वरो, श्वासप्रस्वासमा समस्याका साथै निमोनिया रहेकाले आइसीयूमा राखेर उपचार भइरहेको थियो । यससँगै रपन्देहीमा कोरोनाका कारण मृत्युहुनेको संख्या २१ पुगेको छ ।

यस्तै पाल्पास्थित तानसेन नगरपालिका–१४ कुसेनीकी ४१ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । तीन दिनअघि अस्पतालमा उपचारका लागि आएको र शंकास्पद लक्षण देखिएपछि कलेजले पीसीआर परीक्षणका लागि महिलाको स्वाब पठाएकामा शुक्रबार बेलुकी प्राप्त नतिजा पोजिटिभ आएको थियो । तीन दिनअघि अस्पताल आएकी महिलालाई आइसोलेशनमा राखेर स्वाब परिक्षणका लागि पठाइएकामा आफन्तले आइसोलेशनबाट गत भदौ ३१ गते घर फर्काएका थिए । महिलालाई रोगले च्याप्दैलगेपछि शुक्रबार पुनः अस्पताल ल्याइएकामा उपचारकाक्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख पन्थीले बताए । स्वास्थ्य कार्यालयका अनुसार कोरोना भाइरस सङ्क्रमणबाट पाल्पामा अहिलेसम्म चार जनाको मृत्यु भएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies