Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

संविधान दिवसको मूल समारोहमा जे देखियो...

काठमाडौं । गतवर्ष संविधान दिवसका दिन हातहातमा झण्डा बोकेका आमसर्बसाधारण ठाउँठाउँबाट हर्सोल्लासपूर्ण रुपमा खुशीयाली साटासाट गर्न चोक, चौतारा, सडक ओइरिएका थिए । हातहातमा झण्डा र मनमनमा संविधान थियो । काठमाडौँमा विभिन्न जातजाति, समुदाय र धर्म संस्कृति मान्ने व्यक्ति बडो खुसीका साथ दिवस समारोहमा सरिक थिए । उपत्यकाको हरेक क्षेत्रमात्रै होइन हरेक घर झण्डामय भएको थियो । राष्ट्रिय चाडकै रुपमा मनाइएको संविधान दिवसले ऐतिहासिक झलक पस्केको थियो ।

विभिन्न जातजातिको सास्कृतिक झाँकीसहित मौलिक वेषभूषामा भएको सहभागिताले टुँडिखेलको शोभा बढेको थियो । सास्कृतिक संस्थानले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सास्कृतिक झाँकी प्रदर्शन गरेको थियो । कतै नौमती बाजा, कतै लाखे नाच, कतै सारङ्गीको धुन त कतै नेवारी समुदायका विभिन्न झाँकी र नृत्यले शोभा बढाएको थियो । भ्रमण वर्षका कार्यक्रम र दृष्य मोहित पार्न खालको थियो ।

विडम्बना यो अवसर यसपालीको संविधान दिवसमा प्राप्त हुन सकेन । आम नागरिकको मनमनमा संविधान भए पनि नेपाली जनताले विगतमा झैँ मन खोलेर दिवस समारोहमा सहभागि हुन पाएनन् । चाहना हुँदाहुँदै पनि कोभिड–१० सङ्क्रमण जोखिका कारण सम्भव भएन । यद्यपि सरकारले विशेष समारोह आयोजना गरेर आज संविधान दिवस भने मनाएको छ ।

निक्कै सुनसान रहेको सैनिकमञ्च टुँडिखेलमा भौतिक दुरी कायम गरेर दिवस मनाइएको हो । आज यहाँ न जातजातिका झाँकी नै थियो न त आम सर्बसाधारण तथा सारा सरकारी कर्मचारीहरु नै उपस्थिति हुन पाए ।

सहभागी थिए त केवल राष्ट्रप्रमुख, सरकार प्रमुख, व्यवस्थापिका, न्यायपालिकाका प्रमुख, संवैधिानिक निकायका प्रमुख, मन्त्रीगण, नेपाल सरकारका सचिव तथा अन्य सिमित विशिष्ट अधिकारीहरु । न त भव्य र्याली नै आयोजना हुन सक्यो न त जातजातिका साँस्कृति झाँकीले नै शोभा बढाउन सक्यो ।

संविधान जारी भएको पाँच वर्ष पुरा भएको उपलक्ष्यमा आज राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा आयोजना भएको उक्त समारोहमा नेपाली सेनाको व्याण्ड टोलीले भने राष्ट्रिय भावनाले ओतप्रोत धुनसहित विभिन्न प्रस्तुति भने दिएको थियो । उनीहरुले अन्य सैन्य कला भने देखाउन पाएनन् । हजारौँको बलिदानपछि सशस्त्र सङ्र्षलाई विश्राम दिँदै जनताबाट चुनिएका जनप्रतिनिधिद्वारा गठित संविधानसभाबाट २०७२ साल आजकै दिन मुलुकमा पहिलोपटक संविधान जारी भएको थियो ।

विगत ६५ वर्षअघिको नेपाली जनताको नयाँ संविधान बनाउने चाहना साकार भएको यो दिन आफैँमा ऐतिहासक र एक युगको अन्त्य र अर्को युगको प्रारम्भ भएको दिन पनि हो । यसपालिको दिवस समारोहमा नेपाली सेनाका दुई हेलिकप्टरबाट ‘संविधान दिवस–२०७४’ लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । यस्तै रङ्गीबिरङ्गी बेलुनसमेत उठाइएको थियो ।

नेपाली सेनाको एक टुकडीले राष्ट्रपति भण्डारीलाई सलामी अर्पणपछि छैटौँ संविधान दिवसका स्मरणमा शान्तिको प्रतीक छ जोडी परेवा उडाएर औपचारिक कार्यक्रम शुरु भएको थियो ।

उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च सरकारी अधिकारीको सहभागिता थियो ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक जीवनलाई नै अस्तव्यस्त पार्ने र अर्थतन्त्रलाई गम्भीर धक्का पुर्याउने गरी फैलिएको कोभिड–१९ सङ्क्रमणको महामारीको प्रभावका बारेमा विचारविमर्श गरी दिवस मनाउनुपरेको सुनाए । उनले यसलाई छिट्टै परास्त गरेर मुलुकको हरेक गतिविधि विगत झैँ चलायमान हुने विश्वाससमेत व्यक्त गरे ।

कोरोनाकालका कारण खुशीसाथ संविधान मनाउन नपाएपनि नेपालको संविधान आम नागरिकको मनमनमा रहेको अनुभूति गर्न सकिन्छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies