Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

डा. विश्वकर्मा प्रसिद्ध विकास लेखन सम्मानबाट सम्मानित

काठमाडौं । नेपालमा समावेशी विकास प्रक्रियाको वकालत गर्दै दलित उत्थान तथा सहभागिताका सवालमा लामो समयदेखि कलम चलाउँदै आउनुभएका लेखक डा। मानबहादुर विश्वकर्मा (पाल्पा) २०७७ सालको ‘प्रसिद्ध सहभागीमूलक विकास लेखन सम्मान’ बाट सम्मानित भएका छन् । हाल उनी बागमती प्रदेश सरकारका प्रमुख सचिव छन्।

नेपाल सहभागीमूलक कार्य समूह (नेपान) को २६ औं वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित विशेष भर्चुअल कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाही र नेपानका अध्यक्ष झविन्द्र भण्डारीले संयुक्तरुपमा उनलाई सम्मानपत्र प्रदान गर्नुभएको हो । सम्मानपत्रसहित रु १० हजार राशिको सो सम्मान प्राप्त गर्ने डा। विश्वकर्मा तेस्रो व्यक्ति हुन्। यसअघि २०७५ सालमा सहप्राध्यापक गम्भीरबहादुर हाडा र २०७६ सालमा द्वन्द्वविद् डा। विष्णुराज उप्रेतीले यो सम्मान प्राप्त गरिसकेका छन् ।

डा। विश्वकर्माका करीब एक दर्जन कृति समावेशी विकास सवालमा केन्द्रित छन् भने थप एक दर्जनजति कृति व्यवस्थापनसम्बद्ध कलेजका विद्यार्थीहरूलाई लक्षित गरी लेखिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नल र पत्रपत्रिकाहरूमा समेत उनका थुप्रै लेखहरू प्रकाशित छन् ।

नेपानका निवर्तमान अध्यक्ष चेतनाथ कणेलले आफ्नो स्व। सुपुत्र प्रसिद्ध कणेलको स्मृतिमा २०७४ सालमा नेपानमा एक लाख रुपैयाँको अक्षयकोष राखी सोको ब्याजबाट २०७५ सालदेखि हरेक वर्ष एकजना सहभागीमूलक विकास पद्धतिमा लामो समय कलम चलाई पुस्तक प्रकाशन गरेका व्यक्तिलाई सम्मान गर्ने परम्पराको थालनी भएको नेपानका अध्यक्ष भण्डारीले बताए ।

नेपान सञ्जालमा हाल सातै प्रदेशका करिब ३०० जना विकासकर्मीहरू सदस्य रहेका छन् । ‘सहभागिता’ नामक नेपाली विकास म्यागाजिन र ‘पार्टिसिपेसन’ नामक अङ्ग्रेजी जर्नल पनि यस संस्थाबाट नियमितरूपमा प्रकाशन हुँदै आएका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies