Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

विश्वभरी सङ्क्रमित मध्ये दुई करोड २३ लाख सङ्क्रमणमुक्त

पेरिस । कोरोनाभाइरसका कारण संसारभरी अहिलेसम्म पौने चार करोड मानिस सङ्क्रमित भएका छन् भने ती मध्ये झण्डै साढे नौ लाख मानिसको मृत्यु भएको छ । विभिन्न निकायहरुले दिएको जानकारीअनुसार शनिबार दिउसोसम्ममा विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या तीन करोड ७ लाख २१ हजार ६६ पुगेको छ ।

त्यसैगरी मृत्यु भएकाहरुको सङ्ख्या नौ लाख ५६ हजार ८७६ पुगेको पनि अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । कुल सङ्क्रमित मध्ये दुई करोड २३ लाख ५३ हजार ३०६ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । त्यस बाहेक विश्वभरी अहिले पनि ७४ लाख आठ हजार ५३१ जना सङ्क्रमित अवस्थामै रहेका छन् ।

विश्वभरी अहिलेपनि सङ्क्रमित अवस्थामै रहेका मध्ये ७३ लाख ४७ हजार ११४ जना मध्यम अवस्थामा रहेका छन् भने अरु ६१ हजार ४१७ जना गम्भीर अवस्थामा रहेका छन् । गम्भीर अवस्थामा रहेकाहरुको अनुपात कुल सक्रिय सङ्क्रमितहरु मध्येको एक प्रतिशत मात्रै हो ।

देश अनुसार हेर्दा विश्वभरी सवैभन्दा धेरै सङ्क्रमितको संख्या अमेरिकामा रहेको छ । अमेरिकामा अहिलेसम्म कुल ६९ लाख २५ हजार ९५१ जना सङ्क्रमित भएका छन् । ती मध्ये दुई लाख तीन हजार १७१ जनाको मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो धेरै सङ्क्रमितहरु रहेको भारतमा अहिलेसम्म ५३ लाख आठ हजार १४ जना सङ्क्रमित भएका छन् भने ८५ हजार ६२५ जनाको मृत्यु भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्याका आधारमा ब्राजिल तेस्रो स्थानमा रहेको छ । त्यहाँ अहिलेसम्म ४४ लाख ९७ हजार ४३४ जना सङ्क्रमित हुँदा एक लाख ३५ हजार ८५७ जनाको मृत्यु भएको छ ।

चौथोमा रहेको रुसमा दश लाख ९७ हजार २५१ जना सङ्क्रमित र १९ हजार ३३९ जनाको मृत्यु भएको तथ्याङ्का छ । पेरुमा अहिलेसम्म सात लाख ५६ हजार ४१२ जना सङ्क्रमित हुँदा ३१ हजार २८३ जनाको मृत्यु भएको छ । यो कोरनोभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्याका आधारमा पाँचौ धेरै सङ्क्रमितहरुको भएको मुलुकमा पर्दछ ।

त्यसैगरी सङ्क्रमितहरुको सङ्ख्याकै आधारमा कोलाम्बीया छैठौँ, मेक्सिको सातौँ, स्पेन आठौँ, दक्षिण अफ्रिका नवौँ र अर्जेन्टीना दशौँमा पर्दछ ।एपी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies