Khabar Dabali Logo
  October 23, Fri

डडेल्धुरा अस्पतालको प्रयोगशालामा २६ जनाको स्वाब रिपोर्ट पोजेटिभ

डडेल्धुरा । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी र दार्चुलाका १८६ जनाको शुक्रबार नमूनम परीक्षण गर्दा २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डडेल्धुरा अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाका मेडिकल ल्याब टेक्नोलोजिस्ट जिनी गणेजुले जानकारी दिए।

सङ्क्रमितमध्ये डडेल्धुरा जिल्लाका नवदुर्गा गाउँपालिकाका दुई र अमरगढी नगरपालिका एक, दार्चुलाको मार्मा गाउँपालिकाका २० र महाकाली नगरपालिकाका एक तथा बैतडीको पाटन नगरपालिकाका दुई गरी कूल २६ जना रहेको सो अस्पलालले जनाएको छ ।

काँग्रेस नगरसभापतिद्वारा राहत वितरण

कोरोना भाइरसको सङ्क्रमण फैलिएयता नेपाली काँग्रेस अमरगढी नगर सभापति दानबहादुर पालले विपन्न, गरिब तथा आर्थिक अवस्था कमजोर परिवारलाई राहत वितरण गर्दै आएका छन् । उहाँले लकडाउन शुरु भएदेखि नै विपन्न र ज्यालादारीमा काम गर्ने तथा विभिन्न समस्यामा पर्दै आएका परिवारलाई खाद्यान्नलगायत विभिन्न सहयोग गर्दै आएको हो ।

नगर सभापति पालले कोरोना भाइरसका कारण प्रभावित भएका अमरगढी नगरपालिका—९ चमालेकका दलित बस्तीमा पनि खाद्यान्न बाँडेका छन् । यसैगरी उनले अमरगढी नगरपालिका—१० बिजोडा गाउँका एक परिवारलाई पनि नगद सहयोग गरेका छन् । बिजोडाका मोहनबहादुर बिष्टको २८ वर्षकै उमेरमा निधन भएको थियो । उनको परिवारको सहयोग गर्न पालले वडा सदस्य प्रेमबहादुर बिष्टलाई रु दुई हजार पाँच नगद उपलब्ध गराएका छन् । सभापति पाल समाजिक कार्यमा पनि अग्रसर रहेका छन् । उनले अहिलेको बेला मजदूर र छाक टार्न समस्यामा रहेका मानिसलाई सहयोग गर्नु नै ठूलो पुण्य रहेको बताउँदै आफूले क्षमता अनुसारको सहयोग गरेको बताए।

अशोज ३ गते, २०७७ - १५:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनमा आज मात्रै कोरोना सङ्क्रमणको कारण थप तीन जनाको मृत्यु

चितवन । जिल्लाका दुई अस्पतालमा उपचारका क्रममा रहेका तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल...   
ट्रम्प र बाइडेनको अन्तिम बहस : ट्रम्पको दावीप्रति बाइडेनको व्यङ्ग्य

ट्रम्प र बाइडेनको अन्तिम बहस : ट्रम्पको दावीप्रति बाइडेनको व्यङ्ग्य

टेनेसी । अमेरिकामा आसन्न राष्ट्रपतीय निर्वाचनको पूर्व सन्ध्यामा बिहीबार अन्तिम बहस भएको छ । राष्ट्रपति...   

भारतमा कोरोना संक्रमित ७७ लाख नाघे, एक लाख १७ हजारको मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरस संक्रमण हुने व्यक्तिको संख्या शुक्रबार बिहानसम्म ७७ लाख ६१ हजार...   

प्रदेश १ का आन्तरिक मामिलामन्त्रीलाई कोरोना सङ्क्रमण

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कारोना सङ्क्रमण...   

कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्दै गयो, शव व्यवस्थापन चुनौती

काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्दै गएपछि काभ्रेपलाञ्चोकमा मृतकको शव व्यवस्थापनमा...   

प्रधानमन्त्री ओलीले आज देशबासीको नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका...   
सरकारले विश्व बैंकको २४ अर्ब सहुलियतपूर्ण ऋण स्वीकार गर्याे, यस्ताे छ मन्त्रिपरिषद्को अन्य निर्णय

सरकारले विश्व बैंकको २४ अर्ब सहुलियतपूर्ण ऋण स्वीकार गर्याे, यस्ताे छ मन्त्रिपरिषद्को अन्य निर्णय

काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताका रूपमा प्राप्त...   

मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना पुष्टि

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्री...   

विनाभेदभाव कोरोनाको निःशुल्क उपचार गर्न प्रधानमन्त्रीलाई सभापति देउवाको आग्रह

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र सङ्क्रमित नागरिकको निःशुल्क...   

भियतनामको बाढी र पहिरोमा ११४ को मृत्यु, २१ वेपत्ता

भियतनाम । भियतनाममा व्यापक वर्षाका कारण बाढी र पहिरो जाँदा कम्तीमा ११४ जनाको मृत्यु हुनुको साथै कम्तीमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top