Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

संविधान घोषणा भए पछि मलाई खुसी र गर्व छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको सरकारले सत्ता सञ्चालन गर्ने बाँकी अवधिमा जनताले अपेक्षा गरेअनुसार अझ व्यापक रुपमा विकास परियोजना अगाडि बढ्ने बताए ।

संविधान दिवस, २०७७ का अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले आगामी दिनमा राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनता अझै सुदृढ हुँदै जाने विश्वास दिलाए । “राष्ट्रिय स्वाधिनता र एकताको दृष्टिले यो बीचमा केही ऐतिहासक काम भएका छन् । सीमानाका समस्या समाधान गर्ने तथा हाम्रो भूगोललाई आफ्नो नक्सामा आबद्ध गरेर त्यो भूगोल फिर्ता गर्ने सङ्कल्प नेपाली जनता, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि सबैले संकल्प गरेको स्थिति छ”, अध्यक्ष दाहालले भनेका छन्, “भोलिका निम्ति सुखद् संकेत यसभित्र छ ।”

उनले संविधान दिवसको ऐतिहासिक अवसरले हामी सबैमा एकताका, शान्ति र समृद्धिको नयाँ संकल्प लिने दिनका रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे । राष्ट्रिय एकता, स्वाधिनता, आत्मसम्मानको अभिवृद्धि गर्न पनि संविधान दिवसले मद्धत गर्ने उनको विश्वास छ । “देशलाई आर्थिक समृद्धि र संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राज्य बनाउनका निम्ति नेपाली जनता, राजनीतिक दल, नागरिक समाज, पत्रकार, बुद्धिजीविलगायत संकल्प गर्ने दिनका रुपमा रहने छ”, उनले भने, “आउनुहोस् हामी सबै एक हौँ । सबै एक भएर राष्ट्रको एकता र समृद्धिको आकांक्षा पूर्ति गर्नका निम्ति अगाडि बर्ढौँ ।”

संविधानले निर्दिष्ट गरेका मौलिक अधिकारसँग सम्बन्धित होस्, या स्थानीय तह, प्रादेशिक तह वा सङ्घीय संरचनासँग समबन्धित अनगिन्त ऐन कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकारले समयमै निर्माण गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेकपा नेतृत्वको सरकारले अन्तर्राष्टिय सम्बन्धलाई सहज बनाउने, खासगरी छिमेकीसँगको सम्बन्धलाई सुदृढ गर्ने कुरामा समेत विशेष ध्यान दिएको बताए ।

“पूर्वाधार विकास र निर्माणमा पनि हामी अगाडि बढेका छौँ तर नेपाली जनताले हामीलाई अपार विश्वास गरेर मतदान गर्ने बेलामा जसरी अपेक्षा गरेका थिए । निकै तीव्र गतिमा आर्थिक विकास हुनेछ । निकै तीव्र गतिमा सामाजिक न्याय कायम हुनेछ र समृद्धिको एउटा नयाँ दौडमा अब नेपाल तीव्र बेगमा अगाडि बढ्नेछ भन्ने अपेक्षा अझै पूरा भएको छैन भन्ने जनगुनासो हामीले सुनेका छौँ”, उनले सन्देशमा भनेका छन्, “यसबीचमा धेरै उतारचढाव पनि भए, एकतातिर स्वयम् सरकारको नेतृत्व गर्ने पार्टीभित्र विचार र बहसका कुरा, अर्कातिर देश र दुनियाँमा कोभिड–१९ को महामारीका कारण अप्ठ्यारो र जटिल परिस्थिति पैदा भयो । फेरि पनि हामीले आफ्नो पार्टीभित्रको एकतालाई पनि नयाँ शिराबाट अगाडि बढाउँदै कोरोनाविरुद्धको अभियानलाई पनि अझ बढी प्रभावकारी बनाउने प्रतिबद्धताका साथ अगाडि बढेका छौँ ।”

संविधानसभाबाट संविधान निर्माण प्रक्रियालाई आफैँमा एउटा ऐतिहासिक महत्वको राजनीतिक परिघटनाका रुपमा लिँदै उनले नेपालमा २००७ सालमा संविधानसभाबाट संविधान बनाउने कुरा उठे पनि ऐतिहासिक जनयुद्ध, बाह्रबुँदे समझदारी र ऐतिहासिक जनआन्दोलनको संयोजनबाट नेपालमा संविधानसभाको निर्वाचनमार्फत नेपाली जनताको चाहना पूरा हुने अवस्था बनेको बताए ।

“यद्यपि त्यो पनि निकै जटिल र चुनौतीपूर्ण ढङ्गले अगाडि बढ्यो । पहिलो संविधानसभा सफल भएन र दोस्रो संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गाणतन्त्रात्मक संविधान निर्माण भयो”, अध्यक्ष दाहाले स्मरण गर्दै भनेका छन्, “यो आफैंमा मौलिक, गम्भीर र दूरगामी महत्वको परिघटना हो । आज हामी सङ्घीय लोकतन्त्रिक गणतन्त्रको संविधानमा लिपिबद्ध भएको विचार भावना र मान्यतालाई व्यहारमा उतार्ने प्रक्रियामा छौँ । यो ठूलो राजनीतिक परिवर्तनेको युगान्तकारि परिवर्तन हो किनकी राजतन्त्रबाट गणतन्त्रमा, एकात्मकताबाट सङ्घीयतामा, समावेशीता र समानुपातिकतामा र त्यसपछि धर्म सापेक्षताबाट धर्म निरपेक्षतामा जाने कुरा एउटा युगान्तकारी राजनीतिक परिवर्तनको द्योतक हो ।”

नेपालको बृहत एकता, यसको राष्ट्रिय स्वाधितनता, आत्मसम्मानको वृद्धि र नेपाली जनताको समृद्धिको आकांक्षा संविधानको अपेक्षाका रुपमा रहेको उल्लेख गर्दै उनले इतिहासको मूल्याङ्कनको दृष्टिले पाँच वर्षलाई लामो समयका रुपमा लिन नहुने बताए । “यो लामो समय होइन तर फेरि पनि यसले के संकेत गर्छ भन्ने महत्वपूर्ण छ । यो पाँच वर्षमा संविधान घोषणा भयो । संविधान घोषणा भए पछि पनि निर्वाचत हुने हो की होइन भन्ने प्रश्न थियो”, उनले भने, “किनकी संविधान घोषणापछि मुख्यतः तराई मधेसमा असन्तुष्टिको स्थिति थियो । त्यसलाई पनि सामेल गरेर निर्वाचन तिर जाने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने चुनौती हाम्रो अगाडि थियो । हामीले त्यसलाई पार ग¥यौँ, मलाई खुसी र गर्व पनि छ ।”

संविधासभाको निर्वाचनमा देशमा लैजानका निम्ति आफ्नै नेतृत्वमा सञ्चालित जनयुद्ध, त्यसपछि सात राजनीतिक दल र नेकपा माओवादीले गरेको बाह्रबुँदे समझदारी र ऐतिहासक जनआन्दोलन हुँदै देश अन्तत सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा हुने ठाउँमा आइपुगेको स्मरण गर्दै उनले भने, “यो कम गौरवको कुरा होइन्, आम नेपाली र त्यसका लागि अनवरत सङ्घर्ष गर्ने र त्यसको नेतृत्व गर्ने पात्रको हैसियतले मलाई गर्वको अनुभूति हुन्छ ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies