Khabar Dabali Logo
  October 24, Sat

चर्चित फुडबल खेलाडी मेस्सीले अब आफ्नो नाममा ट्रेडमार्क दर्ता गराउन सक्ने

एजेन्सी । चर्चित फुडबल खेलाडी लिओनेल मेस्सीले नौ वर्ष लामो कानुनी लडाइँपछि आफ्नो नाममा ट्रेडमार्क दर्ता गराउन सक्ने युरोपेली सङ्घको उच्च अदालतले निर्णय सुनाएको छ।

युरोपिअन कोर्ट अफ जस्टिसले स्पेनी साइक्लिङ कम्पनी मास्सी र युरोपेली सङ्घको बौद्धिक सम्पत्तिसम्बन्धी कार्यालय ईयूआईपीओको अपीललाई खारेज गरिदिएको छ।

मेस्सीले पहिलो पटक सन् २०११ मा खेलाडीले लगाउने लुगाका लागि आफ्नो नाममा ट्रेडमार्क दर्ता गर्न आवेदन दिएका थिए।

तर मास्सीले आफ्ना लोगोसँगको समानताका कारण मानिसहरू झुक्किन सक्ने तर्क गरेको थियो।

युरोपिअन कोर्ट अफ जस्टिसले दुईवटा ब्रान्डबीच मानिसहरूले फरक छुट्ट्याउन सक्ने वा नसक्ने कुरा गर्दा यी स्टार खेलाडीको प्रतिष्ठालाई ध्यानमा राख्नुपर्ने जनाएको छ।

त्यसो भन्दै उसले ईयूको जेनरल कोर्टले सन् २०१८ मा दिएको आदेशलाई सदर गरिदिएको छ।

उक्त आदेशमा भनिएको थियो( मेस्सी यति चिरपरिचित छन् कि उनको नामलाई लिएर मानिसहरू झुक्किनै सक्दैन।

हुन त साइक्लिङसम्बन्धी पोसाक तथा सरसामान विक्री गर्ने मास्सी प्रारम्भिक चरणको कानुनी लडाइँमा सफल भएको थियो।

तर मेस्सीले मुद्दालाई ईयूको जेनरल कोर्टमा लगेपछि फैसला उनको पक्षमा आयो। तेत्तीस वर्षीय मेस्सी १० नम्बरको जर्सी लगाउँछन्।

फोर्ब्स म्यागजीनका अनुसार मेस्सीले वर्ष फुटबल खेलाडीको उपाधि छ पटक पाएका छन् भने उनी विश्वका सबैभन्दा बढी पारिश्रमिक पाउने फुटबल खेलाडी हुन्।

सन् २०२० मा मेस्सीले कुल १२ करोड ६० लाख अमेरिकी डलर आम्दानी गरेको फोर्ब्स म्यागजीनले जनाएको छ।

आफ्नो पूरै व्यावसायिक खेलजीवन बिताएको स्पेनी क्लब बार्सिलोनाबाट अलग हुन चाहेको गत अगस्टमा बताएपछि त्यो विषयले सञ्चारमाध्यममा व्यापक चर्चा पाएको थियो।

तर बार्सिलोनाले अहिलेको करारबमोजिम मेस्सी सन् २०२१ को अन्त्यसम्म आफूसँग अनुबन्धित रहेको र उनलाई किन्न चाहनेले ७० करोड युरोको ट्रान्सफर शुल्क बेहोर्नुपर्ने बतायो।

त्यसपछि मेस्सीले आफूले माया गरेको क्लबसँग अदालतमा आमुनेसामुने हुन नचाहेको भन्दै त्यसबाट अलग्गिने मनस्थिति परिवर्तन गरेका थिए।

अशोज ३ गते, २०७७ - १०:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना सङ्क्रमणबाट विराटनगरमा थप दुई जनाको मृत्यु

विराटनगर । विराटनगरमा आज थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । नोबेल शिक्षण अस्पताल विराटनगरमा...   

पोल्याण्डका राष्ट्रपति डुडालाई कोभिड–१९ सङ्क्रमण पुष्टि

पोल्याण्ड । पोल्याण्डका राष्ट्रपति एन्डरजेज डुडालाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको उनका प्रवक्ता...   

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

कर्णाली । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने...   

जाजरकोटमा माटो खन्दा दुई जनाको मृत्यु

जाजरकोट । छेडागाड नगरपालिका –३ दशेरामा माटो खन्दा ढिस्काले पुरी आज अपराह्न दुई जनाको मृत्यु भएको छ...   

कोरोना निको हुनेको संख्या १ लाख ८ हजार ३३४, ८४२ जनाले ज्यान गुमाए

काठमाडौं । यसै गरी पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या...   

काठमाडौँ उपत्यकामा ११ सय १० सहित २ हजार २२५ जनामा संक्रमण पुष्टि

काठमाडौं । शनिबार थप २ हजार २२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये १ हजार ४४६ जना पुरुष...   
नयाँदिल्लीको वायु झन झन प्रदुषित हुदै

नयाँदिल्लीको वायु झन झन प्रदुषित हुदै

नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली शहरको वायु झन झन प्रदुषित हुदै गएको छ । शनिबार...   
चर्च भवन भत्किदा २२ जनाको मृत्यु, कैयौँ घाइते

चर्च भवन भत्किदा २२ जनाको मृत्यु, कैयौँ घाइते

अबुजा । चर्च रहेको भवन भत्किदा शुक्रबार घानामा कम्तीमा २२ जनाको मृत्यु भएको छ । देशको पूर्वी क्षेत्रमा...   

कोरोना सङ्क्रमणबाट जनकपुरमा एक महिलाको मृत्यु

जनकपुर । जनकपुरमा गएराति कोरोना सङ्क्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका–१...   

गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या छ हजार ४५९ पुग्यो

कास्की । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ४५९ पुगेको छ । अद्यावधिक विवरण अनुसार आज...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top