Khabar Dabali Logo
  October 27, Tue

कोभिड संकटमा पनि नेपालमा अझै १० हजार विदेशी

काठमाडौं । कोरोना महामारीबीच पनि नेपालमा अझै ठूलो संख्यामा विदेशी नागरिक बस्दै आएको अध्यागमन विभागले जनाएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – विभागका अनुसार हाल करिब १० हजार विदेशी (भारतीय बाहेक) नागरिक नेपालमा बस्दै आएका छन् । नेपाल बसेकामा सबैभन्दा धेरै नेपालीभाषी विदेशी र चिनियाँ नागरिक छन् । पोखरालगायत ठाउँमा बसिररहेका उनीहरू आफूलाई नेपाल नै सुरक्षित लागेको बताउँछन् ।

हाल नेपालमा रहेका विदेशीमध्ये धेरै बिजनेस तथा गैरपर्यटक भिसामा रहेको विभागका निर्देशक रामचन्द्र तिवारीले बताए । ‘यो वर्ष जनवरीयता करिब २५ हजार विदेशी नेपाल आएको देखिन्छ, त्यसमध्ये करिब १५ हजार फर्किएका छन् । १० हजार अझै नेपालमा बसिरहेको हाम्रो अनुमान छ,’ निर्देशक तिवारीले भने । कतिपय विदेशी अहिले पनि भिसा थप्न अध्यागमन विभाग गइरहेका छन् ।

१० हजारमध्ये धेरै ‘बिजनेस भिसा’मा आएकामध्येका छन् । त्यस्तै ‘रिलेसन भिसा’ मा बस्नेको संख्या पनि ठूलो रहेको विभागले जनाएको छ । ‘रिलेसन भिसा’ मा बस्नेमा धेरैजसो नेपालीभाषी छन् । एक हजारको हाराहारीमा भने पर्यटक भिसामै आएका विदेशी रहेको विभागको आंकलन छ ।

विभागका अनुसार सन् २०१९ मा नेपालमा १६ हजार आठ सय विदेशीले बिजनेस तथा गैरपर्यटक भिसा लिएका थिए । त्यसमध्ये आधाजसो अझै नेपालमा रहेको र केही फर्कने क्रममा छन् । दुई साताअघि अन्तर्राष्ट्रिय उडान खुलेपछि केही विदेशी फर्कन थालेको निर्देशक तिवारीले बताए । कतिपय विदेशी नागरिकलाई सम्बन्धित मुलुकले कोरोनकै बीचमा उद्धार गरेका थिए ।

नेपालको अध्यागमनको ‘डाटा सिस्टम’ यति कमजोर छ कि देशमा आएका विदेशी कति छन् र कति फर्किए भन्ने ठ्याक्कै तथ्यांक समेत छैन । केही महिनाअघि जडान भएको ‘नेपाली पोर्ट’ नामक ‘सफ्टवेयर सिस्टम’ जडान गरिएको थियो । नयाँ सफ्टवेयरले भने विस्तृत विवरण राख्ने निर्देशक तिवारीको भनाइ छ ।

नेपालमा ‘बिजनेस भिसा’ लिने विदेशीको संख्या मात्रै चार हजारभन्दा धेरै छ । सन् २०१९ मा अध्यागमन विभागले ७५ देशका चार हजार चार सय ६२ जना विदेशीलाई ‘बिजनेस भिसा’ जारी गरेको थियो । त्यसरी ‘बिजनेस भिसा’ लिनेमध्ये केही फर्किए पनि अधिकांश नेपालमै छन् ।

नेपालमा ‘बिजनेस भिसा’ लिएर बस्नेमा सबैभन्दा धेरै चिनियाँ छन् । २०१९ मा दुई हजार सात सय १३ चिनियाँले बिजनेस भिसा लिएका छन् । दोस्रोमा दक्षिण कोरिया र तेस्रोमा अमेरिकी छन् ।

दक्षिण कोरियामा चार सय ८४ तथा अमेरिकाका तीन सय ८८ जनाले गत वर्षमा नेपालमा ‘बिजनेस भिसा’ लिएका थिए । जापानका एक सय २१, अमेरिकाका ५१, अस्ट्रेलियाका ४७, जर्मनीका ७३, फ्रान्सका ५१, मलेसियाका ४४ र बंगलादेशका ३७ जनाले ‘बिजनेस भिसा’ लिएका छन् ।

नेपाली मूलका विदेशीले भने रिलेसन भिसा लिने गर्छन् । परिवारको कोही सदस्य नेपाली भएकामा रिलेसन भिसा पाउने प्रावधान छ । रिलेसन भिसाको अवधि एक वर्ष हुन्छ । पर्यटक भने एक वर्षमा बढीमा एक सय ५० दिन मात्र बस्न पाउँछन् । अमेरिकासँग भने भिसा पारस्पारिकता रहेकाले एक वर्षमा एक सय ६० दिनसम्म बस्न पाउने सुविधा छ ।

बिजनेसबाहेक अन्य प्रकारको वर्ष गैरपर्यटक भिसा लिनेमा भने अमेरिकी धेरै छन् । तीन हजार दुई सय २९ अमेरिकीले गैरपर्यटक भिसा लिएका छन् । गैरपर्यटक भिसामा रिलेसन, अध्ययन, एनआरएन, आवासीय, वैवाहिक, कामदार र डिपेन्डेन्ट पर्छन् । अमेरिकी नागरिकले धेरै रिलेसन भिसा लिएका छन् । यसमा अमेरिका, अस्ट्रेलियालगायत मुलुक गएर उतैको पासपोर्ट लिने धेरै छन् ।

सन् २०१९ मा अमेरिकाका दुई हजार दुई सय ८७, बेलायतका सात सय १२, अस्ट्रेलियाका ६ सय २४ जनाले ‘रिलेसन भिसा’ लिएको र त्यसमध्ये धेरैजसो नेपालमै रहेको विभागले जनाएको छ । एक सय सातजना चिनियाँले पनि रिलेसन भिसा लिएका छन् ।

वर्किङ भिसा लिनेमा चिनियाँ पहिलो स्थानमा छन् । एक हजार सात सय ९२ चिनियाँले गत वर्ष वर्किङ भिसा लिएकोमा अहिले पनि उनीहरूको भिसा निरन्तर छ । अमेरिकाका ८३ जना नेपालमा वर्किङ भिसामा छन् । विद्यार्थी भिसामा चार सय १२ जना चिनियाँ, दुई सय ५३ जना दक्षिण कोरियन, एक सय ९५ जना अमेरिकी, एक सय ४० बेलायती र एक सय १२ श्रीलंकाली नागरिक छन् ।

अशोज ३ गते, २०७७ - ०७:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जोखिम ख्याल नगरी बजारमा चहलपहल

डोटी । दशैँका समयमा यहाँका प्रमुख बजार दिपायल, पिपल्ला र राजपुरमा चहलपहल बढेको छ । कोरोना सङ्क्रमणका...   

आज दसैंको मुख्य दिन विजयादशमी , टिकाकाे साइत बिहान १०ः१९ बजे

काठमाडाैं । आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी अर्थात धार्मिक कथाअनुसार असत्यमाथि सत्यको...   

गण्डकी प्रदेशमा चार काेराेना संक्रमितकाे मृत्यु, जम्मा मृत्तककाे संख्या ६३ पुग्यो

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा एक महिलासहित थप चार जनाको मृत्यु भएकाे छ । पोखराका...   

नेकपाका नेता जनार्दन शर्मालाई पनि देखियाे कोरोना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई पनि...   
फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

दोलखा। एक महिलसँग फेसबुक च्याटमा अश्लिल गतिविधिका लागि प्रस्ताव गरेको च्याटका ‘स्क्रिन सट’ हरु सामाजिक...   

आज महानवमी पर्व मनाइँदै

काठमाडौं । नेपाली हिन्दुहरूकाे महान् चाड बडा दशैंको आज नवौं दिन महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा...   

बलात्कारको पनि बद्ला ! दाजुभाइ पक्राउ

राजविराज । बलात्कारको आरोपमा कारागार थुनामा परेका आरोपितकी ४५ वर्षीया श्रीमतीमाथि बलात्कार प्रयास...   
बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई...   

विपन्न नागरिक भन्छन् : दशैँ कसरी टार्ने ?

टीकापुर । टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका...   

किसान क्रेडिट कार्ड अन्तिम चरणमा दशैंपछि किसानका हातमा

काठमाडौं । व्यावसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकाका लागि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top