Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

विस्थापितलाई ६ महिनाभित्र पुनःस्थापन गर : राज्य व्यवस्था समिति

काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले विपद्जन्य घटनाका कारण विस्थापित भएका सबै नागरिकलाई ६ महिना भित्रमा पुनःस्थापित गरिसक्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले भौगर्भिक अध्ययन गरी भूउपयोग नीतिअनुसार उनीहरुको पुनर्वासको व्यवस्था मिलाउन गृहमन्त्रीमार्फत सरकारलाई निर्देशन दिएको हो । समितिले तत्काल अस्थायी आवास तथा खाद्यसामग्रीको उचित व्यवस्था मिलाउन समेत भनेको छ । समितिका सभापति शशी श्रेष्ठले सकेसम्म एकीकृत वस्ती निर्माण गरी पुनःस्थापित गर्न र विपद्को क्षति न्युनिकरणका लागि आवश्यक तयारी गर्न सरकारलाई निर्देशन दिएको जानकारी दिए ।

यसअघि समितिले दिएको निर्देशन कडाइका साथ पालना गर्न पनि भनेको छ । यसअघि दुई वटा बैठकले विपद्सम्बन्धि विभिन्न निर्णय गर्दै समितिले सरकारलाई निर्दशन दिइसकेको छ । गृहमन्त्री रामबहादुर थापाको उपस्थिति भएको बैठकले राज्यका सबै निकायको समन्वयमा नागरिकका लागि चाहिने आवश्यक वस्तु र सेवा सहज रुपमा उपलव्ध गराउन समेत निर्देशन गरेको छ । विपद्बाट प्रभावित क्षेत्रमा रोगव्याधि फैलिन नदिनका लागि सरसफाइलगायतका कार्यक्रम सञ्चालन गर्न तथा पिडितको आवश्यक औषधोपचारको व्यवस्था गर्न समेत समितिले सरकारलाई भनेको छ । पहिरो पूर्व सूचना प्रणालीलाई व्यवस्थित बनाउँदै क्षति न्यूनिकरणका सवालमा गम्भीर हुन समेत समितिले सरकारलाई आग्रह गरेको छ । समितिले मुलुकभर भइरहेका बलात्कार, हत्या, हिंसाजस्ता जघन्य अपराध रोक्नका लागि आवश्यक कदम चाल्दै पीडितलाई न्याय प्रदान गर्नसमेत निर्देशन दिएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies