Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

यसबर्ष २४० प्रतिशत बढी वर्षा : विपद्जन्य घटनाबाट ३७४ को मृत्यु, १०१ वेपत्ता

काठमाडौं । मुलुकभर बाढी/पहिरोबाट ४९ जिल्लाका ४७४ परिवार प्रत्यक्ष प्रभावित भएका छन् । प्रभावित जिल्लामा मानवीय क्षतिसमेत भएको छ । गृहमन्त्रालयबाट प्राप्त विवरण अनुसार गत बैशाख महिनायता विपद्जन्य घटनाबाट ३७४ जनाको मृत्यु, १०१ जना वेपत्ता र ४२१ जना घाइते भएका छन् । यसवर्ष पहिरोले बढी क्षति भएको छ । अकल्पनीय रुपमा माथिबाट भेल पहिरो आएर गाउँनै सोहोरेर लगेका घटना यसपाली पटकपटक दोहोरियो । बाग्लुङ, बझाङ, पर्वत र सिन्धुपाल्चोकलगायत जिल्लामा त्यसखालका घटना हुन पुगेका हुन् ।

संसदको राज्यव्यावस्था तथा सुशासन समितिको आजको बैठकमा विपद्जन्य घटना र त्यसलाई रोक्न सरकारले गरेको प्रयासबारे जानकारी दिँदै गृहमन्त्री रामबहादुर थापाले भने, “सोच्दै नसोचेको स्थानमा पहिरो गएर ठुलो मानवीय क्षति बेहोर्नुपरेको छ, सम्बन्धित विज्ञसमेत अनुमान लगाउन सक्ने अवस्थामा छैनन्, घटनाको अध्ययन भइरहेको छ ।” समितिमा आज तेस्रो पटक विपद्का विषयमा छलफल भएको हो ।

यसपाली विपदजन्य घटनाबाट सिन्धुपाल्चोक बढी प्रभावित भएको छ । मानवीय क्षति पनि सिन्धुपाल्चोकमा नै बढी छ । यसपाली वार्षिक औषत भन्दा यो समयमा २४० प्रतिशत बढी पानी परेको छ । पानी पनि कुनै एउटा क्षेत्र विशेषमा २०० मिलिमिटरसम्म पानी परेको मौसमविद्को भनाइ छ । विज्ञका अनुसार १०० मिलिमिटर भन्दा बढी पानी पर्नुलाई बाढी पहिरोको उच्च जोखिम मानिन्छ ।

मन्त्री थापाले सिन्धुपाल्चोक, पर्वतलगायत जिल्लामा सम्भावना नै नदेखिएको स्थानमा पहिरो खसेको बताउनुभयो । यस्तै घटन म्याग्दी, बाग्लुङ, बझाङ, बाजुरा, कालिकोटमा घटेको छ । यसवर्ष सबैभन्दा बढी पहिरोले क्षति पु¥याएको छ । पहिरोमा परेर आजसम्म २७१ को मृत्यु भएको छ भने २०६ जना घाइते भएका छन् । बाढीबाट ३९ को मृत्यु भएको तथा चट्याङबाट ६४ जनाको मृत्यु र २०३ जना घाइते भएका छन् ।

समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री थापाले घटनाको उद्धार र राहतका कार्यक्रमलाई सँगसँगै लगिएको जानकारी दिए । सांसदले विगतमा जोखिमयुक्त भनिएका वस्ती स्थानान्तरण नहुँदा क्षति बढी भएको जनाउँदै त्यसतर्फ सरकारको ध्यान नपुगेको भन्दै आलोचना गरेका थिए। त्यसको जवाफमा मन्त्री थापाले कतिपय वस्ती स्थानान्तरण गरिएको र कतिपय स्थानीयले नै स्थानान्तरण गर्न नमानेको जानकारी गराए । “सिन्धुपाल्चोकका जुगलस्थित लिदी जोखिमयुक्त वस्ती भनेर पहिचान गरेर अस्थायी आवासस्थल बनाइएको थियो, रातभर अस्थायी आवासमा बसेर, पहिरो नआउने पक्का गरेपछि विहान घर पुग्दा त्यहाँ दुखद घटना भएको छ”, उनले भने ।

सरकाले पूर्व सूचना प्रणालीलाई व्यवस्थित गर्ने र पुर्व तयारीका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने सांसदको सुझावप्रति गृहमन्त्रालय गम्भीर रहेको र आगामी दिनमा अझै प्रभावकारी बनाउने विश्वास दिलाए । उनले विना मापदण्ड जथाभावी डोजर चलाउनु विपदको एउटा कारण भए पनि त्यो मात्रै कारणले अहिलेको घटना घटेको भन्ने होइन, भने । उनले विपद व्यवस्थापनसँगै हत्या, हिंसा, बलात्कार, आपराधिक घटना नियन्त्रणमा सरकार गम्भिर रहेको र सबै घटनाको आवश्यक अनुसन्धान गरी कानुनी कारवाही अघि बढाइएको जानकारी दिए ।

बैठकमा सांसदहरु झपडबहादुर रावल, कृष्णगोपाल श्रेष्ठ, रेखा शर्मा,यसोदा सुवेदी, डिला सङ्ग्रौला, देवेन्द्रराज कँडेल, लालबाबु पण्डित, रामसहाय प्रसाद यादवलगायतले आपराधिक क्रियाकलाप र विपद्जन्य घटना रोक्न प्रभावकारीकदम चाल्न सुझाव दिए। बैठकमा सहभागी राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यावस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले सरकार पूर्वयोजनाका साथ क्षति न्यूनिकरण गर्नेतर्फ गम्भिरताका साथ अघि बढ्को जानकारी दिए । उनले यो पटकको मनसुनजन्य विपदको ९९ औँ दिनमा विगतका तुलनामा धेरै पानी परेकाले विपदजन्य घटना बढेको र विभिन्न क्षेत्रमा हाँडीबाट घोप्टिएको जसरी एकैठाउँमा ठुलो पानी पर्दा क्षति बढी भएको उनले बताए ।खोला र पहिरोको डोब हेर्दा, माथिदेखिनै सोहोरिएर आएको पाइन्छ, २० देखि ६० फिटसम्म खोला थुनिएर त्यो खुल्दा तल्लो तटिय क्षेत्रमा कल्पना नै नगरिएको घटना भएको छ”, उनले भने, “बाग्लुङ्को कुरा गर्ने हो भने डेढ घण्टामा सात गाउँ साप भएको छ, झोलुङगे पुल मात्रै १७ वटा बगाएको छ ।” उहाँका अनुसार घटनाको विष्लेषण गर्दा जोखिमको अध्ययन गरेर वस्ती कसरी बनाउने, कहाँ बनाउने भनेर स्थानीय तहले नै योजना निर्माण जरुरी छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies