Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

तनहुँमा ५० प्रतिशत दूध खपत घट्यो

तनहुँ । तनहुँ मा ५० प्रतिशत दूध खपत घटेको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लास्थित होटेल व्यवसाय बन्द भएसँगै दूधको खपतमा कमी आएको हो । जिल्लामा दैनिक तीन हजार लिटर दूध सजिलै खपत हुने गरेको भए पछिल्लो समय कोरोना महामारीका कारण होटल व्यवसाय बन्दभएपछि एक हजार पाँच सय लिटर मात्र खपत भइरहेको जिल्ला दुग्ध उत्पादक सङ्घले जनाएको छ । सङ्घका अनुसार अहिले दैनिक तीन हजार लिटर दूध सङ्कलन भइरहेको छ । जिल्लामा खपत भएर बाँकी रहेको करिब एक हजार पाँच सय लिटर दूध पोखरास्थित सुजल डेरीमा पठाउने गरिएको छ ।

दूधको खपतमा कमी आएपछि सङ्घले घीउ, पनिर, नौनीलगायत दूधका परिकार बनाएर विक्री गर्दै आएको सङ्घका सचिव राजु भुजेलले बताए । सङ्घले जिल्लाको व्यास, शुक्ला गण्डकी र भानु नगरपालिका तथा म्याग्दे, आँबुखैरेनी र बन्दिपुर गाउँपालिकाबाट दूध सङ्कलन गर्ने गरेका छन् । खपतपछि सङ्कलन गरिएको दूधलाई चिलिङ भ्याटमा राखेर चिस्यान गरिने र दुग्धजन्य परिकार बनाएर विक्री गर्ने गरेको उनले बताए ।

गोरखा, लमजुङ र तनहुँ जिल्लामा उत्पादन गरिएको दूध सङ्कलन गर्ने गरी व्यास नगरपालिका–११ रानीगाउँस्थित सङ्घको आफ्नै भवन छ । विसं २०५३ मा भाडाको घरमा पाँच वटा दुग्ध सहकारी संस्थाबाट स्थापना गरिएको यो सङ्घमा अहिले १८ सहकारी संस्था आवद्ध भैसकेको सङ्घका अध्यक्ष यज्ञप्रसाद शर्माले बताए । सङ्घले किसानबाट प्रतिलिटर ५६ देखि ५८ रुपैयाँमा दूध खरिद गर्ने गरिएको उनले बताए ।

सङ्घको आफ्नै भवन

लामो समय देखि भाडाको घरमा सञ्चालन हुँदै आएको जिल्ला दुग्ध सहकारी सङ्घले आफ्नै भवन निर्माण गरेको छ । करिब एक रोपनी जग्गा खरिद गरी रु। ८० लाखको लागतमा भवन निर्माण गरेको सङ्घले जनाएको छ । सङ्घमा हाल २२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

कम लागतमा बढी उत्पादन लिने नीति

कम लागतमा बढी उत्पादन लिनका लागि सङ्घले आवद्ध किसानलाई समय समयमा आवश्यक तालिम र गोष्ठीको आयोजना गर्दै आएको छ । सङ्घले व्यवसायिक पशुपालनतर्फ किसानलाई प्रोत्साहन गर्ने, किसानले उत्पादन गरेको दूध घरदैलोबाटै खरिद गर्ने र गुणस्तरयुक्त दाना उपलब्ध गराउने नीति लिएपछि दूध उत्पादनतर्फ किसान आकर्षित भएको अध्यक्ष शर्माको भनाइ छ ।

७५ प्रतिशत बोनस वितरण

सङ्घमा आवद्ध किसानलाई ७५ प्रतिशत बोनस वितरण गर्दै आएको छ । तीमध्ये २५ प्रतिशत सङ्घको जगेडा कोषमा र बाँकी रकम शेयर बोनसमा खर्च गर्ने गरिएको छ । सङ्घले वार्षिक १० देखि १५ करोड रुपैयाँको कारोबार गर्ने गरेको बताइएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies