Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

भारत छिर्दै नेपाली– रोगको डरले आए, बेरोजगारीको चिन्ताले फर्कँदैछन्

महेन्द्रनगर । साउदी अरबबाट हरेक महिना घर खर्च पठाउने छोरो कोरोना कहरमा घर फर्किएपछि कञ्चनपुरको शुक्लाफाँटा–१ का सिताराम डगौंरा यतिबेला चिन्तामा छन् ।

धन कमाएर घर धान्न भन्दै करिब २२ महिनाअघि रु डेढ लाख ऋण काडेर २५ वर्षीय छोरा राजेन्द्र डगौंरालाई साउदी अरब पठाएका सीतरामको सपना कोरोना कहरसँगै तुहिएको छ । “छोराले विदेशमा कमाएर एउटा ओतबस्ने घरसम्म त बनाउँला भन्ने सोचेको थिएँ” सीतारामले दुखेसो पोख्दै भने– “छोरो केही दिनअघि रित्तो हात घर फर्कियो, अब दैनिक जिवीकाको त कुरै भएन ऋण कसरी तिर्ने भन्ने भएको छ ।” सीताराम पनि पाँच वर्ष वैदेशिक रोजगारीमा मलेसिया काम गरेर केही वर्षअघि फर्किएका थिए ।

“छोरा कमाउला र म घरको रेखदेख गरौँला भन्ने सोचेर बसिरहेको थिएँ” उनले भने– “बरु अब यहीँ केही काम पाइन्छ कि भनेर खोज्नुपर्ने भएको छ, तर हामीलाई रोजगारी पनि कसले देला र ?” उहाँले दैनिकी चलाउन गाउँमा मजदुरी पाउन समेत गाह्रो भइरहेको बताए । “आफूसँग भएको जग्गामा केही आयमूलक व्यवसाय गरौँ छाडा गोरुले सखाप पार्छन्” उनले भने–“मजदुरी गर्न भारत जाऔँ त्यहाँ कोरोना बढेको समाचार दिनदिनै सुन्दा जानै मन लाग्दैन, मनभरि डर मात्र छ ।” उनको पाँच जनाको परिवार छ । उनीहरुलाई खर्च जुटाउन पनि जारी बन्दाबन्दीका कारण निकै नै समस्या भइरहेको उनले बताए ।

त्यसैगरी यहाँको कृष्णपुर नगरपालिका–३ देखतभुलीका जितसिंह बडायकको परिवार पनि यतिबेला आर्थिक समस्याले ग्रसित छ । रोजगारी गर्ने छोरो घरमा थन्किएर कामविहीन रुपमा बस्नु परेपछि चिन्ता र तनाव बढेको छ ।

“म भारतको गुजरातमा होटलमा मजदुरी गर्न थालेको ८ वर्ष भयो” कोरोनाको डरले दुई महिनाअघि घर फर्किएका बडायकले भने–“ अहिले यहाँ घरमा साबुन किन्ने खर्च समेत छैन, सरकार साबुन पानीले हात धुनु भन्छ त्यही साबुन कसरी जुटाउने भन्नेसम्मको समस्या आएको छ ।”

होटलमा मजदुरी गरेर मासिक रु २५ हजार कमाउने गरेका बडाउकले गाउँ फर्किएपछि बेरोजगारी फारम भरे पनि कुनै कार्यक्रम नआएको बताए । “स्थानीय तहले बेरोजगार फारम भर्न त लगायो तर रोजगारी दिने कुनै छाँट देखिएन” उनले भने–“अब रोगसँग डराएर मात्र के गर्नु, पेट भर्नैपर्यो, फेरी भारत जानुपर्ने बाध्यता नजिक आउँदै छ ।”

होटल बन्द भएपछि केही समय भारतमा बेरोजगार बसेका बडायक नेपाल–भारत सीमा खुल्ला भएपछि घर फर्किएको हो । “दश जनाको परिवार छ कमाउने कोही छैन” उनले भने–“म कामविहीन हुँदा घरका अरु सदस्य पनि खर्च कहाँबाट चलाउने भनेर चिन्तामा छन् ।” कोरोनाको डरले आफू तीन वर्ष पछि भारतबाट फर्किएको उनको भनाई छ । “कमाएर ल्याएको सकिसक्यो । फेरि भारत जाने विचारमा छु” उनले भने–“ न हातमा त सीप छ नत यहाँ केही गर्न लगानी नै ।”

पछिल्लो समय बेरोजगारी चिन्ताले रोगको प्रवाह नगरी कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दैनिक सयौँ नेपाली रोजगारीका लागि भारत गइरहेका छन् । “कोरोनाको डरले कुनै बेला गड्डाचौकी नाकाबाट एकै दिन २० हजार भन्दा बढी नेपालीहरु स्वदेश फर्किएको रेकर्ड थियो” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भने–“अहिले दैनिक ६ देखि ७ सय नेपाली मजदुरीका लागि भारत पस्दैछन् ।”

कोरोना सङ्क्रमणबाट भारतमा दैनिक दशौँ हजार जना सङ्क्रमित भएका र सयौँको मृत्यु भइरहेको खबर सुन्दा पनि नेपालीहरु त्यसको प्रवाह नगरी मजदुरीका लागि भारत जान थालेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना महामारीले प्रभावितमध्ये नौ हजार जनालाई तत्काल स्वरोजगार बनाउन आवदेन लिइको छ । मन्त्रालयले कृषि तथा पशुपंछी विकास कार्यक्रममा सहभागी हुन कोरोना प्रभावित व्यक्तिलाई यही असोज ६ गतेसम्म आवेदन दिन भनिएको छ । कञ्चनपुरमा पनि सबै स्थानीय तह र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रले आवेदन लिइरहेको छ ।

कृषि र भेटेरिनरीमा गरी झण्डै एक हजार युवाले आवेदन दिइसकेका छन् । मन्त्रालयले हालै जारी सूचना अनुसार तरकारी खेती, च्याउ खेती, मौरीपालन, भेडा बाख्रापालन, बंगुरपालन, फलफूल खेती, गाईभैँसीपालन, माछापालन, स्थानीय कुखुरा र हाँस अन्य मासुजन्य पंछीपालन, नर्सरी तथा पुष्प व्यवसाय तथा अन्य गरी १० फरक कृषि क्षेत्रमा काम गर्न इन्छुक व्यक्तिलाई स्वरोजगार बनाउने लक्ष्य रहेको जनाएको छ ।

यहाँको बेल्डाँडी गाउँपालिका–५ इमलिया ३३ बर्षीया बाबुराम गिरी पनि भारतमा आफू कार्यरत कम्पनी बन्द भएपछि घर फर्किएका छन् । “भारतको पञ्जावमा कुखुरा फार्ममा नौ महिना काम गरेँ” केही समयअघि घर फर्किएका गिरीले भने–“ घरमा कमाउने ममात्रै हुँ अब महेन्द्रनगरतिर काम खोज्न जाने सोचमा छु ।”

उनले भारत मजदुरीका लागि जानुअघि आफू जेसिबी चलाउने गरेको बताए । उनले भने–“ कोरोनाले भारतमा कम्पनी नै बन्द भएपछि घर फर्किनु परेको हो ।” प्रदेश सरकार र स्थानीय तहहरुले पनि कोरोना प्रभावितहरुलाई स्वरोजगार बनाउने बताइरहेका बारेमा उनले आफूलाई केही थाहा नभएको बताए । उनले भने “सरकारले कार्यक्रमहरु दिइसकेका छैनन् तर आफूलाई यहाँ घर चलाउनै मुस्किल हुन लागिसक्यो ।”

मुग्लान पस्नेहरु पनि तनावमै

कोरोना कहरका बेला बेरोजगार भएर घरमा बस्नेहरु जस्तै बाध्यताले मुग्लान पस्नेहरु पनि यहाँ तनावकैबीच घर छाडिरहेका छन् । कोरोना भाइरस सङ्क्रमणको चिन्ताले गत चैत वैशाखमा स्वदेश फर्किनेहरु अहिले कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाहरु दैनिक झोला गुन्टा बोकेर मजदुरी गर्न भारत गइरहेका छन् ।

भारतमा दैनिक करिब एक लाखको सङ्ख्यामा सङ्क्रमित थपिनुका साथै दिनमा सयौँको यसै सङ्क्रमणबाट मृत्यु भइरहेको खबर आइरहेका बाध्य भएर नेपालीहरु मजदुरीका लागि भारत गइरहेको बताउँछन् । सुदूरपश्चिम प्रदेशको रोजगारीको प्रमुख गन्तव्य रहेको भारतबाट लकडाउन अवधीमा झण्डै डेढ लाख मानिस स्वदेश फर्किएको तथ्याङ्क छ । स्वदेशमा स्वरोजगारका लागि कुनै योजना नहुनुका साथै आफूहरुको परिवारमा रोगभन्दा पनि भोकले मर्ने अवस्था आएपछि भारत जानुको विकल्प नरहेको मुग्लान जानेहरुको भनाई छ ।

लामो समय लकडाउन हुँदा बिहान बेलुका हातमुख जोर्न पनि समस्या हुन थालेपछि बाध्य भएर भारत जान लागेको भीमदत्तनगरपालिका–१३ का सन्त सुनारले बताए । “सरकारले घरमै बसेर सुरक्षित रहनुस भन्छ तर हामीसँग छाक टार्ने अन्न नै छैन, अब के खाएर बाँच्नु ?” लालाबालासहित गड्डाचौकीबाट भारत जान लागेका सुनारले भने–“यतिखेर महामारी छ र हामी सर्वसाधारणहरुका लागि झन् ठूलो कष्ट छ, यस्तो समयमा जाने कि नजाने भन्ने दुविधा भए पनि आखिर जानैपर्ने हाम्रा् बाध्यता हो ।” उहाँले स्वरोजगारको व्यवस्था नभएकाले धेरै स्थानीयहरु विदेशिन बाध्य रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गौरीफन्टा र गड्डौकी नाकाबाट गरी दैनिकम ५ देखि ६ सय नेपाली भारत रोजगारीका लागि जान थालेको जनाएको छ ।

“आधार कार्ड र रासन कार्ड भएका र भारतीय कम्पनीले पनि प्रक्रिया पु¥याएर नेपालीहरुलाई भारत लगिरहेको छ” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भने–“पछिल्ला दिनहरुमा यी दुई नाकाबाट भारत जानेहरु बढिरहेका छन् ।”

“भारत कोरोनाको चपेटमा राम्ररी परेको समचार त सुन्यौँ तर के गर्नु हामीलाई त्यतै जानुपर्ने पनि बाध्यता आइलाग्यो” यहाँको कृष्णपुर नगरपालिका–२ का बेलुराम चौधरीले दुखेसो पोख्दै भने–“रोगले भन्दा भोकले मर्ने स्थिति आउनुभन्दा जेसुकै पर्ला भनेर मजदुरीका लागि हिडेको हुँ ।”

उनले लकडाउनमा परिवार पाल्न निकै नै समस्या भएकाले भारत जान लागेको जानकारी दिए । “चैतमा कोरोना त्रासले घरबाट फोन गरेर बोलाएर आइहालेँ” उनले भने–“भारतमा मजदुरी गरेन भने परिवार पाल्नै मुस्किल पर्छ ।”

सुदूरपश्चिम प्रदेश सरकारले नौ हजार जनालाई स्वरोजगार तथा रोजगारी दिने योजना बनाए पनि भारत जाने क्रम चलिरहेकै छ । यही क्रममा गड्डाचौकी नाका हुँदै भारत गइरहेका भीमदत्तनगरपालिका–१३ का इन्द्र सुनारले पनि आफू बाध्यताले परिवारसहित भारत जान लागेको बताए । “धेरै समय महाकाली नदीमा बालुवा छानेर पनि परिवारको खर्च चलाएँ” सुनारले भने–“पाँच वर्षदेखि भारत गएर मजदुरी गर्दैछु ।” उनले पनि स्वदेशमा रोजगारीका अवसर नहुँदा विपत्का बेला पनि मुलुक छोडुन परेको बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले महिना दिनयता मजदुरका लागि गड्डाचौकी र गौरीफन्टा नाकाबाट भारत जाने क्रम चलिरहेको बताए । “दुवै नाकाबाट गरेर दैनिक ५ देखि ६ सय नेपालीहरु भारत जाँदैछन्” उनले भने, “उनीहरु यस्तो अवस्थामा पनि किन जान लागेको भन्दा मजदुरी गर्नकै लागि जान लागेको भन्नेहरु नै अधिकांश छन् ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies