Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

आफन्त गुमाएको पीडा देश चलाउनेले बुझेनन्

बाँके । बर्दिया जिल्ला बढैयाताल गाउँपालिका–५ जगतियाका घनश्याम सापकोटा बेपत्ता छोरीको खोजी गर्दागर्दै थाकिसके । उनले बेपत्ता भएको पुष्टि हुने कागज सरकारी निकायदेखि मानवअधिकार सङ्घसंस्थामा पेश गरेपनि अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन । उनी गुनासो गर्छन्, “छोरीको न लास पाइयो न सास ।”

विसं २०६० मा नेपालगञ्जमा अध्यनरत छोरी दीपाको सुरक्षाकर्र्मीको टोलीले नियन्त्रण लिएका थिए । त्यसपछि बेपत्ता छोरी घर फर्किने पर्खाईमा बसेका उनलाई बुढ्यौलीले छोइसकेको छ । “त्यस घटनापछि देशमा अनेक सरकार फेरिए शैली उस्तै छ,” उनले भने, “हाम्रा सन्ततिको रगत बगेर विष बन्यो । पद पाएपछि नेताले सबै भुले ।”

बढैयाताल गाउँपालिका–५ जगतिया गाउँको मगन्ती थारुको पीडा पनि उस्तै छ । विसं २०५८ मंसिर २७ गते श्रीमान शिवशरण कोहलपुर आफन्त कहाँ जाँदा बाटोमा पक्राउ गरे । चार महिना विभिन्न हिरासतमा यातना सहँदै कारागार पुगेका उनी चैत २१ गते गुलरियास्थित कारागारबाटै बेपत्ता पारिएको बताइएको छ । त्यसपछि पीडामा बाँचेकी मगन्ती भित्तामा टाँसेको श्रीमानको फोटो हेर्न विवश छन्। उनी भन्छन्, “आफन्त गुमाएको पीडा देश चलाउनेले बुझेनन्, आफ्नो मान्छे बाँचेको छ वा मरेको छ त्यो पनि थाहा पाइएन ।”

दशवर्षे द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट आफन्त गुमाएका अवस्था यी प्रतिनिधि घटनाले पुष्टि गर्छ । बर्दियामा बेपत्ता भएका २७८ व्यक्तिका परिवार यस्तै पीडामा बाँच्न विवश छन् । राज्यले बेपत्ता परिवारलाई विभिन्न किसिमको आवश्वासन दिएको बेपत्ता परिवारको गुनासो छ । दोषीलाई कारबाहीको माग गरेको वर्षौं बितिसक्दा पनि राज्यले बेपत्ता परिवारको मागप्रति बेवास्ता गरेको महिला कानून विकास मञ्चका काशीराम चौधरीले बताए । उनी भन्छन्, “बेपत्ता परिवारको घाउमा मलम लगाउने काम समेत राज्यले गर्न सकेको छैन ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies