Khabar Dabali Logo
  October 20, Tue

सरकारले सङ्क्रमित स्वास्थ्यकर्मीको बेवास्ता गरेको काँग्रेस नेता गान्धीको आरोप

दिल्ली । भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोभिड १९ का सङ्क्रमित स्वास्थ्यकर्मीहरुको बेवास्ता गरेको आरोप लगाएका छन् । उनले भारतीय सरकारले कोभिड १९ को उपचारमा खटिरहेका भारतका स्वास्थ्यकर्मीहरुको तथ्यांक नराखेको र बेवास्ता गरेको बताएको हो ।

काँग्रेस नेता गान्धी भारतको वर्तमान सरकारको आलोचना गरिरहेका छन् । पछिल्लो समयमा उहाँले कोभिडको उपचारमा खटिँदा सङ्क्रमित भएका स्वास्थ्यकर्मीकै तथ्यांक नराखेको भन्दै सरकारको विरोध गरेको हो ।

उहाँले शुक्रबार आफ्नो ट्वीटर अकाउन्टमा भन्नुभएको छ– भारतको केन्द्रीय सरकारले जवाफ देओस कि किन भारतमा कोभिडका योद्धाहरु यसरी अपमानित भएका छन् ? किन उनीहरुलाई यसरी बारम्बार बेवास्ता गर्ने गरिन्छ रु उनले प्रश्न गरेका छन् ।

बिहीबार मात्र भारतको सरकारले कोभिडका विरुद्धमा उपचारमा संलगन भएका अथवा नभएका गरी स्वास्थ्यकर्मीको यकिन तथ्यांक सरकारसँग नरहेको जानकारी गराएको थियो । केन्द्र सरकारको सो भनाईको बिहीबार पनि काँग्रेसले कडा विरोध गरेको थियो । आज पुनः नेता गान्धीले ट्वीट गरेर विरोध गरेको हो ।

बिहीबार मात्र पनि भारतीय काँग्रेसका नेताहरुले पछिल्लो समयमा कोभिड १९ का कारणले भारतमा बेरोजगारी दर निकै बढेको भन्दै रोजगारीका अवसरहरु तयार पार्न सरकारसँग कुनै योजना नभएको भन्दै विरोध गरेका थिए ।

अशोज २ गते, २०७७ - १२:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ पुग्यो, थप ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...   

देशैभर ३ हजार ९३ जना कोरोना, उपत्यकामा मात्रै १७ सय ७ जनामा पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार...   

सघन कक्षमा शय्या खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित

काठमाडौं । काठमाडौँ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजारभन्दा बढी हुँदा टेकुस्थित शुक्रराज...   

अबदेखि लक्षित वर्गलाई मात्रै कोरोनाको निःशुल्क उपचार

काठमाडौं । सरकारले अब सबै मानिसलाई कोभिड–१९ को उपचार नगरी लक्षित वर्गलाई मात्र निःशुल्क परीक्षणको...   

भयावह हुँदै गइरहेको स्थितिमा पिसिआर परीक्षण नहटाउन माग

काठमाडौं । कोभिड–१९ सङ्क्रमण नेपालमा भयावह हुँदै गइरहेको स्थितिमा पिसिआर परीक्षण निःशुल्करुपमा...   

मन्त्रिपरिषद् र अन्य मन्त्रालयको समन्वयलाई प्रभावकारी बनाइने : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कामलाई प्रभावकारी...   

महामारीको समय पनि चीनमा अधिक धनी व्यक्तिलाई १.४ ट्रिलियन डलर थप सम्पत्ति आर्जन

चीनका अधिक धनाढ्यले सन् २०२० मा १.४ ट्रिलियन अमेरिकी डलर थप रकम कमाएको हुरुन नामक चिनियाँ वार्षिक समृद्ध...   

भारतमा खुकुलो लकडाउन भएरपनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै : मोदी

दिल्ली । लचिलो लकडाउन भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएको मुलुकमा भारत अग्रस्थानमा...   

आज राति मृगशिरा उल्कावर्षा हुने, यसरी हेरिन्छ उल्कावर्षा

काठमाडौं । हेलीको पुछ्रेताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल...   

कोरोना संक्रमित आफैंले उपचार खर्च गर्नुपर्ने सरकारको निर्णयप्रति नेता नेपालको यस्तो आपत्ति

काठमाडौं । नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top