Khabar Dabali Logo
  October 30, Fri

भारतमा एकैदिनमा ९६ हजार सङ्क्रमित, कुल सङ्क्रमितको सङ्ख्या ५२ लाख भन्दा बढी

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अहिलेसम्मकै धेरै पुगेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ४२४ जना सङ्क्रमित भएका छन् ।

योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५२ लाखभन्दा बढी पुगेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १७४ जनाको मृत्यु भएको जनाएको छ ।

भारतमा कुल सङ्क्रमित मध्ये अहिले पनि दश लाख १७ हजार ७५४ जना सङ्क्रमित अवस्थामै रहेका छन् ।मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल ५२ लाख १४ हजार ६७८ जना सङ्क्रमित भएका हुन् । ती मध्ये ४१ लाख १२ हजार ५५२ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् ।

प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा सङ्क्रमित भएका छन् । महाराष्ट्रमा अहिले पनि तीन लाख दुई हजार १३५ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने कर्नाटकमा एक लाख तीन हजार ६५० जना सक्रिय सङ्क्रमितहरु छन् ।

त्यसैगरी आन्ध्र प्रदेशमा ८८ हजार १९७ जना, उत्तर प्रदेशमा ६८ हजार २३५ र दिल्लीमा ३१ हजार ७२१ जना सङ्क्रमितहरु अहिलेपनि उपचारकै क्रममा रहेको अधिकारीहरुले जनाएका छन् ।भारतीय मेडिकल रिसर्ज काउन्सीलका अनुसार भारतमा अहिलेसम्म छ करोड १५ लाख ७२ हजार ३४३ जनाको कोरोना परीक्षण गरिएको छ ।एएनआई

अशोज २ गते, २०७७ - १२:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

छुरा प्रहार गरी २४ वर्षीय आशिष मगरको हत्या

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा...   

कोरोना सङ्क्रमणबाट काभ्रेमा पत्रकारसहित दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक । कोरोना भाइरस् सङ्क्रमणका कारण आज काभ्रेपलाञ्चोकमा एक पत्रकारसहित दुई पुरुषको मृत्यु...   

भक्तपुर नआउने भएपछि नवदुर्गाको प्रसाद शीतल निवास पठाइने तयारी

भादगाउँ । राष्ट्रपति विद्यादेवी भण्डारी बडादशैंको कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा देवगणको दर्शन...   

भक्तपुरमा होम आइसोलेशनमा बसेका ६ जनाको मृत्यु

भत्तपुर । सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा...   

उपत्यकामा थप १८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । काठमाडौं उपत्यकामा थप १८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...   

पछिल्लो २४ घन्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य...   

शुक्रबार थप ३ हजार ५१७ जनामा कोरोना पुष्टि, ४ हजार ९६ डिस्चार्ज

काठमाडौँ । शुक्रबार देशैभर थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

सामाजिक सञ्जालमा गाली बेइज्जती गर्ने केदारमान भण्डारीलाई साइबर मुद्दा

काठमाडौं । सामाजिक सञ्जालमार्फत् पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गाली...   

बुटवलस्थित कोरोना अस्पतालमा थप कोरोना सङ्क्रमितको मृत्यु

बुटवल । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको आज बिहान मृत्यु...   

इन्स्टाग्रामबाट अबदेखि लाइभ गर्न मिल्ने

वासिङ्टन । फोटोहरु राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top