Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

झापामा हात्ती धपाउन घरेलु प्रविधिको बन्दुकको प्रयोग बढ्दै

झापा । झापामा जङ्गली हात्ती धपाउन क्याल्सियम कार्बाइड प्रयोग गरेर पड्काइने घरेलु प्रविधिको बन्दुकको प्रयोग बढेको छ । गोली र बारुद प्रयोग नहुने यो प्रविधिको सस्तो र सजिलो बन्दुकले भयङ्कर आवाज मात्र निकाल्ने भएको हुँदा जङ्गली हात्तीको आतङ्क खेप्दै आएका स्थानीय समुदायमा यसको प्रयोग बढेको हो ।

भद्रपुर–२ का अनिल प्रधान र विर्तामोड–६ का रोहित लिम्बूले हात्ती धपाउने नयाँ प्रविधिको घरेलु बन्दुकको निर्माण गर्दै आएका छन् । जिल्ला वन कार्यालय झापाले समेत यसको प्रयोग गर्दै आएको छ ।

युट्युबबाट विभिन्न प्राविधिक ज्ञान लिएर स्थानीयरूपमा उपलब्ध सामग्री प्रयोग गरी निर्माण गरिएको सो बन्दुकको आवाज सुनेर जङ्गली हात्ती डराएर भाग्ने बन्दुकका निर्माणकर्ता लिम्बूको दावी छ । प्लास्टिकको ठूलो आकारको पाइप, क्याल्सियम कार्बाइड, सुपरग्लु, फलामको काँटीलगायतका सामग्रीले निर्मित बन्दुकबाट निस्कने आवाजले हात्ती र बन्दुक पड्काउने व्यक्तिलाई शारीरिक क्षति नहुने जिल्ला वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए ।

बिहीवार वडाका जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी र पत्रकारहरुको उपस्थितिमा निर्माणकर्ता लिम्बूले बन्दुकको परीक्षण गरेर देखाए । स्थानीय निचाझोडा जङ्गलबाट शेर्मा टोलमा पसेको हात्तीलाई सोही बन्दुक पड्काएर सफलतापूर्वक धपाइएको उनले जानकारी दिए ।

बन्दुकको निर्माणमा खासै धेरै खर्च नहुने निर्माताहरुको भनाइ छ । भद्रपुरका अनिल प्रधानले रु चार हजारमा एउटा बन्दुक बनाउन सकिने बताए । विर्तामोडका लिम्बूले त्योभन्दा सस्तोमा निर्माण गर्न सकिने दावी गरे ।

जिल्ला वन कार्यालय झापाले जङ्गली जनावर धपाउन यस्तो प्रविधिको बन्दुकको प्रयोग हुँदै आएको र हात्तीपीडित समुदायलाई यसको प्रयोगमा प्रोत्साहित गर्दै आएको कार्यालयका प्रमुख घिमिरेले बताए । पश्चिम नेपालतिर बाँदर धपाउन धेरै पहिलेदेखि यस्तो प्रविधिको सफल प्रयोग हुँदै आएको उनको भनाइ छ ।

जङ्गली हात्तीको आतङ्क खेप्दै आएका भद्रपुर, हल्दिबारी, विर्तामोडलगायतका क्षेत्रमा हात्ती धपाउन कतिपय वडा कार्यालय र सामुदायिक वन कार्यालयले टोलहरुमा यस्तो बन्दुक बाँड्न थालेका छन् ।

झापामा भारतबाट आउने हुलका हुल जङ्गली हात्ती र स्थानीय वनमा डुलिरहने एक दर्जन रैथाने हात्तीले स्थानीयवासीलाई वर्षौदेखि प्रताडित गर्दै आएको छ । हात्ती धपाउन यसअघि टुङ, सुरुङ, हात्तीबार, मौरीपालन, सौर्य विद्युतीय घेराबेरा, ड्रोनलगायतका विभिन्न उपायको प्रयोग हुँदै आएको छ । तीमध्ये सौर्य विद्युतीय घेराबेरा सबैभन्दा प्रभावी सावित भएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies