Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

आफू रहेकै स्थानमा दशैँ, तिहार मनाउन आग्रह

पाँचथर । नजिकिँदै गरेका चाड पर्वमा कोभिड–१९ को जोखिम हुन नदिन वैकल्पिक योजना निर्माण थालिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको हालै बसेको बैठकले स्थानीय तहबाट सङ्क्रमण रोक्ने वैकल्पिक योजना बनाई लागू गर्ने निर्णय गरेको हो । बैठकले दशैँ, तिहार लगायत पर्वमा जिल्ला भित्रिने मानिसको सङ्ख्या तथा यसबाट हुनसक्ने जोखिमको रोकथाम तथा नियन्त्रणका लागि आ–आफ्नो स्थानीय तह भित्र आवश्यक तयारीको पहिचान गर्न जिल्लाका आठवटै स्थानीय तहलाई निर्देशन समेत दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेका अनुसार स्थानीय तहस्थित सो केन्द्रले आवश्यक ठानेका तयारी बारे जिल्लामा पुनः छलफल भई कार्यान्वयनको चरणमा जाने छ ।

बैठकले चाडपर्वमा जिल्ला भित्रनेलाई क्वारेन्टिनमा राख्न नमिल्ने हुँदा सकेसम्म आफू रहेकै स्थानमा चाड पर्व मनाउन जिल्लावासी मार्फत आ–आफ्ना आफन्तलाई सन्देश पुर्याउने निर्णय गरेको छ । यस्तै ‘जीवन बाँचे आगामी वर्ष चाड पर्व मनाउन सकिने’ सन्देश सहित सकभर यथास्थानमा चाड पर्व मनाउने व्यवस्था गर्न पहल गर्न प्रदेश स्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई पत्र पठाउने समेत बैठकले निर्णय गरेको छ । प्रशासनले बन्दाबन्दी खुलेको अवस्थामा सवारी साधनमा यात्रा गर्दा अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड लागू गर्न तथा गराउन समेत जिल्लावासी र यातायात व्यवसायीहरुलाई अपील गरेको छ । जिल्लामा हालसम्म तीन जना महिला सहित २४ जनामा कोरोना पुष्टि भइसकेको छ । ती मध्ये १३ जना निको भई घर फर्किसकेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies