Khabar Dabali Logo
  October 29, Thu

विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन शुरु

काठमाडौं । काठमाडौँ महानगरपालिकाले विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन शुरु गरेको छ । महानगरपालिकाको राजश्व विभागले पछिल्लो समय कोभिड–१९ को महामारी बढ्दै गएपछि सेवाग्राहीले घरमै बसेर प्रविधिको प्रयोगमार्फत राजश्व दाखिला गर्ने व्यवस्था मिलाएको हो ।

काठमाडौँ महानगरपालिका–२६ वडा कार्यालय लैनचौरमा आज महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत एकनारायण अर्यालले उक्त सेवाको शुभारम्भ गरे । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अर्यालले महानगरपालिकाको सातौँ अधिवेशनले कर प्रणालीलाई विद्युतीय प्रणालीमार्फत थालनी गर्ने निर्णय गरेअनुसार आजदेखि महानगरका वडामा विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन शुरु गरिएको जानकारी दिए ।

“विश्वको बदलिँदो परिस्थिति र कर प्रणाली झन्झटिलो भयो भन्ने महानगरवासीको गुनासोलाई सम्बोधन गर्न विद्युतीय प्रणालीमार्फत सेवा प्रदान गर्न लागेका हौँ,” उनले भने । विद्युतीय प्रणालीमार्फत सेवा दिएसँगै विदेशमा बसेरसमेत कर तिर्न सकिने उनको भनाइ छ ।

काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले विद्युतीय प्रणालीमार्फत सेवा प्रदान गरेसँगै जनताले घरमै बसेर सेवा लिनसक्ने भएकाले वडा कार्यालयमा भीडभाडसमेत कम हुने उल्लेख गरे। काठमाडौँ महानगरपालिकाले शुरु गरेको उक्त सेवा देशभरका स्थानीय तहलाई काम लाग्ने उनको भनाइ थियो ।

काठमाडौँ महानगरपालिका राजश्व विभागका प्रमुख गुणनिधि न्यौपानेले करदातालाई थप सेवा पुर्याउने उद्देश्यले उक्त प्रविधिको शुरुआत गरिएको जानकारी दिए । असोजभित्र काठमाडौँका ३२ वटै वडामा उक्त प्रविधि जडान गरिसक्ने उनको भनाइ थियो ।

साङ्ग्रिला इन्फरमेटिक्स प्रालिले उक्त सफ्टवेयर निर्माण गरेको हो । प्रालिका अध्यक्ष वसन्त वनले घरमै बसेर विभिन्न माध्यमबाट कर तिर्नसकिने भएकाले सानो कामका लागि वडा कार्यालय धाउन नपर्ने बताए ।

महानगरपालिकाले आजदेखि महानगरपालिकाका १, २, ३, ४, १०, ११, १५, २६, ३० र ३१ वडा कार्यालयबाट विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन शुरु गरेको छ ।

अशोज १ गते, २०७७ - १७:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना सङ्क्रमण

झापा । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मङ्गलवार पिसिआर...   

यसरी महिलाको आम्दानीको स्रोत बन्दै भैँसीपालन

टीकापुर । टीकापुर ५ नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका दुई भैँसी छन् । नेहाले दैनिक १२ लिटर दूध बिक्री...   

कारको ठक्करबाट वृद्धको घटनास्थलमै मृत्यु

राजविराज । पुर्व –पश्चििम राजमार्ग अन्र्तगत सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको...   
गोकर्ण राजनिकुञ्जको पर्खाल जीर्ण हुँदा स्थानीयवासी जोखिममा

गोकर्ण राजनिकुञ्जको पर्खाल जीर्ण हुँदा स्थानीयवासी जोखिममा

काठमाडौं । नेपाल ट्रष्टको कार्यालय अन्तर्गत रहेको गोकर्ण राज निकुञ्जको उत्तरपूर्वी भेगको पर्खाल...   

घाइते युवकको उपचारमा जुट्यो ३ लाख

बेनी । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दी, रघुगंगा गाउँपालिका–३...   

चौधरीको निधनमा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा २ नं प्रदेश...   
नयाँदिल्लीको वायु ‘अति प्रदुषित’ अवस्थामा

नयाँदिल्लीको वायु ‘अति प्रदुषित’ अवस्थामा

नयाँदिल्ली । भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली शहरको वायु अति प्रदुषित अवस्थामा पुगेको...   

पाकिस्तानमा विस्फोट : सातको मृत्यु, एक सय १२ जना घाइते

पेशावर । शक्तिशाली बम विस्फोटनमा परी पाकिस्तानमा मङ्गलबार कम्तीमा सात जनाको मृत्यु भएको छ । सरकारी...   
भारतमा तीन महिनापछि सबैभन्दा कम सङ्क्रमित देखिए

भारतमा तीन महिनापछि सबैभन्दा कम सङ्क्रमित देखिए

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या पछिल्लो तीन महिनामा मङ्गलबार सबैभन्दा...   
नेकपाको चियापन नहुने

नेकपाको चियापन नहुने

काठमाडौं । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top