गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड –१९ विरुद्धको लडाइँमा प्रत्येक नागरिक अग्रमोर्चाका सिपाही भएको बताएका छन् । सदरमुकाम तम्घासमा आज कोभिड–१९ परीक्षण प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले यो लडाइँ हतियार, गोलाबारुद र पैसाले लड्न सक्ने नभएकाले सबै नागरिक सतर्क, सचेत र जागरुक भए जित्न सकिने बताए ।
स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर कोभिडका कारण कमजोर भएको अर्थतन्त्रलाई लयमा फर्काउन सरकार लागिपरेको जानकारी दिँदै सरकारका प्रवक्ताले कोभिडका कारण विदेशबाट फर्किएका नागरिकलाई रोजगारी प्रदान गर्नेतर्फ सरकारको ध्यान गएको बताए ।
मन्त्री ज्ञवालीले सरकारले सात प्रतिशतका दरले आर्थिक वृद्धिदर एवं साढे एक प्रतिशतका दरले गरीबी घटाउँदै गएको र नेपालले सबै सूचकाङ्कमा महत्वपूर्ण सफलता हासिल गर्दै गएको बताए ।
दुई महिनाअघि परराष्ट्रमन्त्री ज्ञवालीका पहलमा हिमालय एयरलायन्सले गुल्मीमा निःशुल्क पिसिआर मेशिन उपलब्ध गराएको थियो । उक्त यन्त्रमा आन्तरिक समस्या आएका कारण गत महिना फिर्ता पठाइएपछि पुनःअर्को ल्याइएको हो । रेसुङ्गा नगरपालिकाको व्यवस्थापकीय सहयोगमा पिसिआर मेशिन यसै सातादेखि सञ्चालनमा आउने गुल्मी अस्पतालका डा उत्तम पाच्यले जानकारी दिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: