Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

सक्छौ तोकिएको मूल्य देऊ, सक्दैनौ चिया फिर्ता देऊ : चिया किसान

इलाम । असारको पहिलो सातादेखि चिया किसान आन्दोलनमा छन् । उद्योगीले चियाको तोकिएको मूल्य नदिएकाले किसान आन्दोलनमा उत्रिएका हुन् तर आन्दोलन गरेको लामो समय भइसक्दा पनि उद्योगीले चियाको मूल्य दिएका छैनन् । हरियो चियाको मूल्य न्यूनतम प्रति किलो रु ४० दिनु पर्ने प्रावधान स्थानीय सरकार ९सूर्योदय नगरपालिका०ले बनाएको छ तर मापदण्डको धज्जी उडाउँदै कतिपय उद्योगीले हरियो चियापत्तिको मूल्य २० देखि ३० रुपैयाँको अनुपातमा दिँदै आएका छन् ।

मापदण्डानुसार चियाको मूल्य दिन किसानले उद्योगीलाई अनुरोध गरेका छन् । नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई समेत किसानले ध्यानाकर्षण गराएका छन् तर पनि उद्योगीले ‘डेग’ चलाएका छैनन् । उद्योगीले यतिसम्म किसानमाथि शोषण गरेका छन् कि पहिले ‘पेश्की’ भन्दै किसानलाई रकम दिने पछि त्यति हो चियाको मूल्य भन्दै पन्छिनेसमेत गरेका छन् । यसैले किसान उद्योगीसँग आजित भएका छन् ।

कानूनमा तोकिएकै मूल्य नपाउँदा किसान अलमलमा छन् भने उद्योगीले आफूहरूको गुनासो नसुनेकोमा दुखित छन् । “कानूनमा भएकै चियाको मूल्य पाउन हामीले कहिलेसम्म आन्दोलन गर्नुपर्ने ?” सूर्योदय–१० की साधना फागो भन्छन्, “आन्दोलन गरेरै समय जाने रहेछ । अब त हैरान भइसक्यो ।” फागोका अनुसार किसानको चियाको लागत मात्रै ३८ रुपैयाँ पर्छ तर २० देखि ३० रुपैयाँमा चिया बेच्नु परेको छ ।

नगरका अधिकांश किसानले आन्दोलनको शुरुमा त चिया नै उद्योगीलाई दिएका थिएनन् । उद्योगीले प्रतिबद्धता गरेर उचित मूल्य दिन्छौँ भनेपछि फेरि किसानले उद्योगसम्म चिया पुर्याए तर समस्या ज्युँका त्युँ छ । एक महिनाअघि आन्दोलन निष्कर्षमा पुग्न लागेको बताएका किसान एकाएक पछि सर्दै अहिले फेरि आन्दोलनमा उत्रिएका हुन् ।

किसान, उद्योगी, नगरपालिका र चिया तथा कफी विकास बोर्डले किसानको समस्याको हल गर्न व्यावहारिक प्रयत्न नगर्दा समस्या नसुल्झिएको नगरपालिकाका किसान सुवास राईले बताए । उनले किसानको समस्या हल गर्न सबै क्षेत्र मुखमा मुख मिलाए पनि व्यवहारमा भने किसानमैत्री नदेखिएको राईको दुखेसो छ ।

“हाम्रा पक्षमा सबै पक्ष लागिदिने हो भने कसरी समस्याको समाधान हुँदैन ?” आक्रोशित स्वरमा राससलाई फोनमा भने, “कानूनको कार्यान्वयन हुन सक्दैन भने नगरपालिकाले मापदण्ड किन बनाएको ?” सूर्योदय नगरपालिकाको ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ मा ‘४० प्रतिशतभन्दा कम गुणस्तरको पत्तीको खरिद तथा विक्रीलाई निरुत्साही गरिनेछ’ भनिएको छ ।

नगरको कार्यविधिअनुसार किसानले ल्याउने चियामा ४० प्रतिशत न्यूनतम नरमपात भएको हुनुपर्ने छ भने किसानले ल्याएको सोही मापदण्डको चियालाई प्रतिकिलो रु ४० (न्यूनतम) मा उद्योगीले किन्नुपर्ने प्रावधान छ । किसानले नगरको मापदण्डानुसारको चिया नल्याएकाले ४० रुपैयाँ प्रति किलो मूल्य दिन नसकिएको उद्योगीको तर्क छ तर नगरपालिका–१० का संयोजक एवं सूर्योदय चिया सचिवालयका सदस्य सोनाम छिरिङ काजीले भने किसानले मापदण्डअनुसारकै चिया ल्याउने गरेको बताए ।

“उद्योगीले किसानलाई कम मूल्य दिनका लागि यसो भनेको हो”, काजीले भने, “उद्योगीले किसानको विषयलाई गम्भीर रूपमै लिँदैनन् । हाम्रो त बोली हो जस्तै ठान्दैैनन् ।” काजीका अनुसार यही समस्या सुल्झाउनका लागि किसान नगरपालिकादेखि जिल्ला प्रशासन कार्यालयसमेत धाइसकेका छन् । काजीले आफूहरू आन्दोलनबाट हैरान भएको दुखेसो पोखे । “किसानको चियाले उद्योगी धनी भएका हुन् । यदि सक्छन् भने तोकिएको मूल्य दिउन् । सक्दैनन्, चिया नै फिर्ता देऊ भनेका छौँ ।”

पहिले तोकिएको मूल्य दिने भन्ने अनि व्यवहारमा परिणत नगर्ने भएकाले समस्या बढेको काजीको भनाइ छ । नगरपालिकाका चिया उद्योगीले नगरको मापदण्ड नै कार्यान्वयन नगरेर कानूनविरुद्ध गइरहेका छन् तर नगरले यसबारेमा उद्योगीलाई केही गर्न नसकेको उद्योगीको भनाइ छ । नगरपालिकाका प्रमुख रणबहादुर राईले भने चियाको समस्या सुल्झाउन आफू प्रतिबद्ध रहेको बताएका छन् । “नगरपालिका किसानको पक्षमा रहेकाले जसरी भए पनि न्यूनतम मूल्य किसानलाई उद्योगीहरुबाट उपलब्ध गराउने प्रतिबद्धता गर्छु”, नगरप्रमुख राईले भने, “किसानलाई हतोत्साहित नहुन आग्रह गर्दछु ।”

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies