Khabar Dabali Logo
  September 22, Tue

अमेरिकामा अक्टोबरदेखि कोरोनाविरुद्धको खोप बाँडिने : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरस विरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताएका छन् ।

स्थानीय समय अनुसार बुधबार उनले अक्टोबरमा देशभरी नै खोप वितरण गर्न सकिने संभावना रहेको जानकारी दिएको हो ।

उनले सन् २०२० को अन्त्यसम्ममा १० करोड खोप वितरण गर्ने तयारी भइरहेको बताए।

कोरोनाभाइरस विरुद्धको खोप तयार हुदैछ, हामी आगामी अक्टोबर महिनामा त्यसलाई वितरण गर्न सक्ने अवस्थामा पुग्ने विश्वास लिएको छु, यो सबैका लागि धेरै उपयोगी र प्रभावकारी हुनेछ, उनले भने ।

उनले थपे, “यसलाई कहिलेदेखि वितरण गर्न सकिनेछ भन्ने कुरा जतिसक्दो चाँडो घोषणा गर्ने तयारी भइरहेको छ ।”

उहाँले अक्टोबरको मध्यसम्ममा कोरोनाविरुद्धको खोप प्रयोगमा आउने अनुमान गर्दै केही गरी ढिला भएमा केही दिन मात्रै ढिला हुनसक्ने बताए ।

आफूले जतिसक्दो चाँडो कोरोना नियन्त्रणका प्रयासहरु गरिरहेको दाबी गर्दै राष्ट्रपति ट्रम्पले डेमोक्र्याट तर्फका आफ्ना प्रतिस्पर्धीले भने त्यसलाई रोक्न सक्ने आरोप पनि लगाए ।

कोरोनाभाइरसबाट अति प्रभावित भएको अमेरिकामा अहिलेसम्म ६६ लाख १६ हजार ४५८ जना सङ्क्रमित भएका छन् भने कोरोनाकै कारण एक लाख ९६ हजार ४३६ जनाको मृत्यु भएको छ । एएनआई

अशोज १ गते, २०७७ - १३:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं उपत्यकामा ६४९ जनामा कोरोना पुष्टि, अन्य कुन जिल्लामा कति थपिए ?(विवरणसहित)

काठमाडौं उपत्यकामा ६४९ जनामा कोरोना पुष्टि, अन्य कुन जिल्लामा कति थपिए ?(विवरणसहित)

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ६४९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित...   

मंगलबार देशभर १३५६ जनामा कोरोना पुष्टि

काठमाडौं । मंगलबार देशभर १३५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा...   

भारत र श्रीलङ्काका प्रधानमन्त्रीबीच वार्ता हुने

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका उनका समकक्षी महिन्दा राजापाक्षबीच...   

आङरिता शेर्पाको निधनले पर्वतीय पर्यटनमा अपूरणीय क्षतिः पर्यटनमन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कीर्तिमानी आरोही आङरिता शेर्पाको...   

नेकपा सचिवालय बैठक : संवैधानिक निकायमा छिटो नियुक्ति गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संवैधानिक...   

डा. केसीलाई प्रहरीले विमानस्थलबाट जबरजस्ती ट्रमा सेन्टर पुर्‍यायो

काठमाडौँ । डाक्टर गोविन्द केसीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जबरजस्ती राष्ट्रिय...   

महामारीकोविरूद्ध ‘एकजुट’ हुनुपर्नेमा भेनेजुएला, क्युवाद्वारा जोड

संयुक्त राष्ट्रसंघ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार संयुक्त राष्ट्रसंघको महासभाको...   

गुल्मी घटनाप्रति कांग्रेस संसदीय दलद्वारा भत्र्सना, प्रशासनको नियतमै खोट देखिएको आरोप

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलले पार्टीको जिल्ला कार्यसमिति गुल्मीले सोमबार स्थानीय मुद्दाका...   

गुल्मीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु

गुल्मी । इस्मा गाउँपालिका –२ हस्तीचौर, रातचौर, स्यालाको पहिरामा पुरिएर दुई जनाको मृत्यु भएको छ । सोमबार...   

भारतमा एकैदिनमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या अहिलेसम्मकै धेरै

नयाँ दिल्ली । भारतमा एकैदिनमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या अहिलेसम्मकै धेरै...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top