Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कोरोनाविरुद्ध आशा जगाउने यी हुन् ७ भ्याक्सिन

हाल १६९ भन्दा बढी भ्याक्सिन निर्माणको चरणमा, सात वटाको तेस्रो परीक्षण हुँदै

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी रूपमा फैलिएको ६ महिना पुगिसकेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - नेपालसहित धेरै देशमा संक्रमण अझै फैलँदो अवस्थामा छ । संक्रमण घटेको देशमा पनि भाइरस पूर्णरूपमा हटिसकेको छैन । कोरोना भाइरस संक्रमण फैलावट रोक्न भ्याक्सिन नै अन्तिम उपाय देखिएको छ ।

कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणका लागि विभिन्न देशले औषधि कम्पनीसँगको सहकार्यमा काम पनि गरिरहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार हाल एक सय ६९ भन्दा बढी भ्याक्सिन निर्माणको चरणमा छन् । जसमध्ये २६ वटा भ्याक्सिन मानव शरीरमाथिको परीक्षणमा छन् । न्युयोर्क टाइम्सले भने ३८ वटा भ्याक्सिन मानव शरीरमाथिको क्लिनिकल परीक्षणमा रहेको दाबी गरेको छ ।

यति बेला महामारीको रूप लिइरहेको कोरोनाविरुद्ध भ्याक्सिन कहिले तयार होला भन्ने चासो सर्वत्र छ । कुनै पनि रोगविरुद्ध भ्याक्सिन निर्माण प्रक्रिया वर्षाैं लामो हुन सक्छ । विश्वभरका फरक वातावरण र फरक शारीरिक अवस्थाका साथै स्वस्थ्य मानिसले पनि प्रयोग गर्ने भएका कारण भ्याक्सिनलाई सुरक्षित र प्रभावकारी बनाउन धेरै प्रयास गरिएको हुन्छ ।

यसको परीक्षण नै विभिन्न चरणमा धेरै मानिसमा गरिन्छ । ती परीक्षणमा सुरक्षित देखिए मात्रै भ्याक्सिन सर्वसाधारणको प्रयोगका लागि प्रमाणित गरिन्छ । यसैकारण औषधिमध्ये भ्याक्सिन सबैभन्दा सुरक्षित मानिएको हो ।

कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण गर्ने प्रयास गत जनवरीबाटै सुरु भएको हो । मानव शरीरमाथि पहिलो परीक्षण भने मार्चमा भएको थियो । त्यसमध्ये धेरै भ्याक्सिन अन्तिम चरणको परीक्षणमा पुगेका छन् ।

रुसले ‘स्पुतनिक फाइभ’ भ्याक्सिनलाई मान्यता दिइसकेको छ । कोभिड संक्रमण फैलिएको चीनमा दुई फरक–फरक कम्पनीले सरकारी निकायसँगको समन्वयमा निर्माण गरिरहेको दुई भ्याक्सिनको अन्तिम चरणको परीक्षण गरिएको छ । ती भ्याक्सिन केही देशमा प्रयोगका लागि चीन सरकारबाट अनुमति पाइसकेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार मात्रै कोरोना भाइरसविरुद्धको भ्याक्सिन आगामी केही सातामै तयार हुने बताएको ब्लुमबर्गले उल्लेख गरेको छ ।

केही भ्याक्सिनमाथि देखिएको प्रगति र शक्ति राष्ट्रका सरकार प्रमुखले दिएको अभिव्यक्तिले भाइरस संक्रमणबाट आक्रान्त बनेको विश्वले नै राहत महसुस गरेको छ । हाल निर्माण भइरहेकामध्ये अन्तिम चरणको परीक्षणमा रहेका केही भ्याक्सिनको अवस्था प्रस्तुत गर्ने प्रयास गरेका छौँ ।

१. एमआरएनए–१२७३
माडोना, अमेरिका तेस्रो चरणको परीक्षणमा

अमेरिकाको म्यासाचुट्सस्थित माडोना कम्पनीले गत जनवरीबाटै कोरोनाविरुद्धको भ्याक्सिन निर्माण थालेको हो । माडोनाको प्रयासलाई त्यहाँको राज्य सरकारले आर्थिक सहयोग गरेको छ । सरकारबाट भ्याक्सिन निर्माणका लागि माडोनाले सुरुवातमै एक अर्ब डलर सहयोग प्राप्त गरिसकेको छ ।

राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानसँगको सहकार्यमा माडोनाले भ्याक्सिन निर्माण गरिरहेको हो । सुरुवाती परीक्षणमा माडोनाले निर्माण गरिरहेको भ्याक्सिनले बाँदरलाई कोरोना भाइरसबाट बचाएको थियो । माडोनाले गत मार्चमै भ्याक्सिन मानव शरीरमा परीक्षण गरेको थियो ।
त्यो परीक्षणमा पनि नतिजा सकारात्मक देखिएको कम्पनीले दाबी गरेको छ ।

यो भ्याक्सिन अहिले तेस्रो चरणको परीक्षणमा छ । गत २७ जुलाईबाट भ्याक्सिनको तेस्रो चरणको परीक्षण सुरु भएको हो । यो परीक्षणमा विभिन्न ८९ ठाउँमा ३० हजार स्वस्थ मानिस सहभागी छन् ।

माडोनाले भ्याक्सिन निर्माण पूरा हुनुअघि नै बिक्रीका लागि सम्झौतासमेत गरिसकेको छ । भ्याक्सिन निर्माण सफल भए अमेरिका सरकारले एक सय मिलियन डोज किन्न माडोनालाई ११ अगस्टमा १.५ मिलियन डलर दिएको छ ।

२. स्पुतनिक फाइभ (गाम–कोभिड–भाक)

गमलेया रिसर्च इन्स्टिच्युट, रुस
तेस्रो चरणको परीक्षणसँगै प्रयोगका लागि रुसी सरकारबाट अनुमति प्राप्त रुसको स्वास्थ्य मन्त्रालयअन्तर्गतको गमलेया रिसर्च इन्स्टिच्युटले उत्पादन गरेको यो भ्याक्सिन अन्तिम चरणमा पुगेको छ ।

दुई एडिनोभाइरस (एडी–५ र एडी–२६) मिलाएर बनाइएको ‘स्पुतनिक फाइभ’ नाम दिइएको भ्याक्सिनलाई रुस सरकारले प्रयोगका लागि अनुमतिसमेत दिइसकेको छ । गत ११ अगस्टमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भ्याक्सिन प्रयोगका लागि अनुमति दिइएको घोषणा गरेका थिए । यद्यपि, यो भ्याक्सिनको तेस्रो चरणको परीक्षण अझै जारी छ ।

भ्याक्सिन निर्माण गर्ने प्रक्रियामा आवश्यकभन्दा निकै कम संख्यामा परीक्षण गरेको र परीक्षण पूरा नहुँदै प्रयोगका लागि अनुमति दिइएको भन्दै केही विज्ञले रुसको निर्णयको विरोध गरेका छन् । रुसले आफूले पहिलेबाटै गरिरहेको परीक्षणको आधारमा यो भ्याक्सिन निर्माण गरेको जवाफ दिएको छ ।

साथै, अहिलेसम्म गरिएको परीक्षणबाट भ्याक्सिन प्रयोग गर्नु सुरक्षित देखिएको रुसको भनाइ छ । रुसले विरोधकै ब्राजिल, मेक्सिकोलगायत देशमा भ्याक्सिन उपलब्ध गराउने सम्झौतासमेत गरिसकेको छ ।

३. एडी ५–एनकोभ भ्याक्सिन

क्यान्सिनो, चीन तेस्रो चरणको परीक्षणसँगै चिनियाँ सेनामा प्रयोगका लागि अनुमति प्राप्त
चिनियाँ कम्पनी क्यान्सिनो बायोलोजिक्सले एडिनो भाइरस (एडी–५) मा आधारित भ्याक्सिन निर्माण गरिरहेको छ । चीनको मिलिटरी मेडिकल साइन्स एकेडेमीसँगको सहकार्यमा क्यान्सिनोले निर्माण गरिरहेको यो भाइरस तेस्रो चरणको परीक्षणमा छ ।

तेस्रो चरणको परीक्षण पूरा नहुँदै चीनको सेनाले आन्तरिक प्रयोगका लागि अनुमति दिइसकेको छ । गत मेमा पहिलो चरणमा भ्याक्सिनको सुरक्षासम्बन्धी गरिएको परीक्षणमा धेरै राम्रो नतिजा आएको कम्पनीले जनाएको छ ।

गत जुलाईमा गरिएको दोस्रो चरणको परीक्षणमा पनि भ्याक्सिनले आवश्यकताअनुसार रोगप्रतिरोधात्मक क्षमता बढाएको पाइएको दाबी गरेको छ । क्यान्सिनोले साउदी अरेबिया, पाकिस्तानलगायत देशमा पनि भ्याक्सिनको तेस्रो चरणको परीक्षण गरिरहेका छन् ।

४. कोरोना भाक सार्स–कोभ–२ भ्याक्सिन

सिनोभाक बायोटेक, चीन सीमित क्षेत्रमा प्रयोगको अनुमति प्राप्त
चीनको निजी कम्पनी सिनोभाक बायोटेकले पनि कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण गरिरहेको छ । उसले निर्माण गरिरहेको भ्याक्सिनलाई कोरोना भाक सार्स–कोभ–२ भ्याक्सिन नाम दिइएको छ । यो भ्याक्सिन केही ठाउँमा तेस्रो चरणको परीक्षणसमेत सकिएको छ र चीन सरकारले सीमित क्षेत्रमा प्रयोगका लागि अनुमति दिएको छ ।

कम्पनीले गत जुनमा सात सय ४३ जनामा भ्याक्सिनको पहिलो र दोस्रो चरणको परीक्षण गरिएको जनाएको थियो । जसमा कुनै गम्भीर खालको ‘साइड इफेक्ट’ नदिएको र रोगप्रतिरोधात्मक क्षमता वृद्धि गरेको पाइएको कम्पनीले जनाएको थियो । त्यसपछि कम्पनीले गत जुलाईमा ब्राजिल र त्यसलगत्तै इन्डोनेसियामा तेस्रो चरणको परीक्षण गरेको थियो ।

चीन सरकारले गत जुलाईमै सीमित ठाउँमा भ्याक्सिन प्रयोगका लागि अनुमति दिएको रोयटर्सले उल्लेख गरेको छ । सरकारबाट मान्यता प्राप्त गरेसँगै सिनोभाकले भ्याक्सिन उत्पादन गर्न थालिसकेको छ । कम्पनीले आगामी २०२१ को मार्चसम्ममा इन्डोनेसियामा ४० मिलियन डोज भ्याक्सिन उपलब्ध गराउने सम्झौता गरिसकेको न्युयोर्क टाइम्सले जनाएको छ ।

५. न्यु क्राउन कोभिड–१९ भ्याक्सिन

वुहान इन्स्टिच्युड अफ बायोलोजिकल प्रोडक्ट, चीन तेस्रो चरणको परीक्षणमा
चीनको वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण गरिरहेको छ । कम्पनीले निर्माण गरेको यो भ्याक्सिन परीक्षणको जिम्मा चीनको सरकारी कम्पनी सिनोफार्मले लिएको छ । यो भ्याक्सिनको पहिलो र दोस्रो चरणको परीक्षणले राम्रो संकेत देखाएको छ ।

भ्याक्सिनले शरीरमा ‘एन्टिबडी’ निर्माण गरेको पाइएको छ । परीक्षणमा सहभागी केही स्वयंसेवीमा ज्वरो आउने र अरू सामान्य खालका साइड इफेक्ट मात्रै देखिएका छन् । यो भ्याक्सिनको तेस्रो चरणको परीक्षण गत जुलाईमा संयुक्त अरब इमिरेट्स (युएई)मा गरिएको थियो । त्यसपछि पेरु र मोरोक्कोमा तेस्रो चरणको परीक्षण गरिएको थियो । सिनोफार्मले यही वर्ष (२०२०) को अन्त्यसम्ममा सर्वसाधारणको प्रयोगका लागि भ्याक्सिन तयार हुने जनाएको छ ।

६. बिबिआइबिपी–कोर्भी

सिनोफार्म, चीन तेस्रो चरणको परीक्षणमा
चीनको सरकारी निकाय सिनोफार्मले अर्काे भ्याक्सिनको पनि परीक्षण गरिरहेको छ । बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले निस्क्रिय पारिएको भाइरसलाई प्रयोग गरी निर्माण गरिएको भ्याक्सिनको तेस्रो चरणको परीक्षण भइरहेको छ ।

सिनोफार्मले वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले निर्माण गरेको भ्याक्सिनसँगै बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले निर्माण गरिरहेको यो भ्याक्सिन दुवैको तेस्रो चरणको परीक्षण युएईसँगै गरिरहेको छ । दुवै भ्याक्सिनको परीक्षणमा युएईमा पाँच–पाँच हजार स्वस्थ्य व्यक्ति सहभागी भइरहेका छन् । दुवै भ्याक्सिन प्रयोगका लागि चीन सरकारले अनुमति दिइसकेको सिनोफार्मले जनाएको छ ।

७. बिसिजी लाइभ एटिनउटेड भ्याक्सिन

मुर्डक चिल्ड्रेन्स रिसर्च इन्स्टिच्युट, अस्ट्रेलिया तेस्रो चरणको परीक्षणमा
अस्ट्रेलियाको मुर्डक चिल्ड्रेन्स रिसर्च इन्स्टिच्युटले यसअघि नै बनेको पुरानो भ्याक्सिनलाई कोरोना भाइरसविरुद्ध प्रयोग गर्ने उद्देश्यका लागि परीक्षण गरिरहेको छ । बेसिलस कल्मेटी गुइरिन नामक भ्याक्सिन सन् १९०० को सुरुवाततिर निर्माण भएको हो ।

त्यस बेला यो भ्याक्सिन क्षयरोगविरुद्ध प्रयोग गरिएको थियो । कम्पनीले यही भ्याक्सिनलाई कोरोना भाइरसविरुद्ध पनि प्रयोग गर्ने गरी तेस्रो चरणको परीक्षण गरिरहेको हो । कम्पनीले अस्ट्रेलियामै यो भ्याक्सिनको तेस्रो चरणको परीक्षण गरिरहेको हो ।

दोस्रो र तेस्रो चरणको संयुक्त परीक्षण भइरहेका भ्याक्सिन

१. जर्मन कम्पनी बायोनटेकले अमेरिकाको कम्पनी फिजर, चिनियाँ औषधि कम्पनी फोसुनसँगको सहकार्यमा निर्माण गरिरहेको भ्याक्सिन एमआरएनएको संयुक्त रूपमा दोस्रो र तेस्रो चरणको परीक्षण भइरहेको छ । निर्माता कम्पनीहरूले अहिलेसम्मको सबै परीक्षणमा यो भ्याक्सिनले राम्रो नतिजा दिएको जनाएका छन् ।

अमेरिका, अर्जेन्टिना, ब्राजिल र जर्मनीमा गरी ३० हजार स्वस्थ मानिसमा दोस्रो र तेस्रो चरणको परीक्षण भइरहेको भ्याक्सिन कम्पनीले जनाएका छन् । फिजर र बायोनटेकले १२ सेम्टेम्बरमा अमेरिकामा भइरहेको परीक्षणलाई बढाएर ४३ हजारमा पुर्‍याउने जनाएको छ ।

अमेरिकाले आगामी डिसेम्बरसम्म एक सय मिलियन डोज भ्याक्सिन उपलब्ध गराउन १.९ बिलियन डलरको सम्झौतासमेत दिइसकेको न्युयोर्क टाइम्सले जनाएको छ । यस्तै, जापानले एक सय २० मिलियन डोज र युरोपियन युनियनले दुई सय मिलियन डोज भ्याक्सिन किन्न निर्माता कम्पनीसँग सम्झौता गरिसकेको छ ।

२. ब्रिटिस–स्विडिस कम्पनी अस्त्रजेनेका र बेलायतको युनिभर्सिटी अफ अक्सफोर्डले मिलेर बनाइरहेको कोरोना भाइरसविरुद्धको भ्याक्सिनको पनि दोस्रो र तेस्रो चरणको संयुक्त परीक्षण भइरहेको छ । चिनपान्जी एडिनोभाइरस प्रयोग गरी बनाइएको यो भ्याक्सिन सफल बन्ने अपेक्षा गरिएको छ ।

यद्यपि, तेस्रो चरणको परीक्षणमा सहभागी एक स्वयंसेवी बिरामी परेपछि केही समय रोकेर परीक्षणलाई फेरि अघि बढाइएको छ । भ्याक्सिन निर्माणका लागि अमेरिकी सरकारले पनि १.२ बिलियन डलर रकम सहयोग गरेको छ ।

यो भ्याक्सिनको बेलायत र भारतमा दोस्रो र तेस्रो चरणको परीक्षण भइरहेको छ । ब्राजिल, दक्षिण अफ्रिका र अमेरिकामा भने तेस्रो चरणको परीक्षण भइरहेको छ । युरोपियन युनियनले भ्याक्सिन सफल भएको अवस्थामा चार सय मिलियन डोज किन्ने गरी सम्झौता गरेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies