Khabar Dabali Logo
  September 20, Sun

संवैधानिक नियुक्ति टुंग्याउने ओली–प्रचण्ड गृहकार्य

शुक्रवार पेरिसडाँडामा सचिवालय बैठक, तीन एजेन्डा तय

काठमाडौं। प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी कांग्रेससँगको परामर्शमा लामो समयदेखि अड्किएको संवैधानिक अंग र विश्व विद्यालयका पदाधिकारीहरुको नियुक्ति टुंग्याउने गृहकार्य शुरु गरेका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – प्रधानमन्त्री निवास बालुवाटारमा वुधबार भएको छलफलमा ओली र प्रचण्डबीच भएको छलफलमा अड्किएका नियुक्ति छिटो टुंगो लगाउन विहीबार बालुवाटारमा कांग्रेससँग छलफल गर्ने समझ्दारी समेत बनेको छ ।

प्रधानमन्त्री ओली र प्रचण्डले कांग्रेस सभापति शेरबहादुरसँग त्यसबारे छलफल गरेर टुंग्याउने प्रयास गर्ने नेकपाका संसदीय दलका उपनेता सुबास नेम्बाङले जानकारी दिए । ओली र प्रचण्डसँगको छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।

दुई अध्यक्षसँग वुधबार बेग्लाबेग्लै बालुवाटारमा भेटेका नेता नेम्बाङले नयाँ पत्रिकासँग भने,‘उहाँहरुले त्यसअनुसार छलफल गरेर विहिबार प्रमुख प्रतिपक्षी कांग्रेससँग छलफल गर्ने तय गर्नुभएको छ, सम्भवत सभापति शेरबहादुर देउवासँग विहिबार कुराकानी हुनेछ ।’ छलफलमा नेकपाका तर्फबाट नेम्बाङ र कांग्रेसका तर्फबाट रमेश लेखक पनि सहभागी हुनेछन् ।

संवैधानिक अंगहरुमा छिटो नियुक्ति गर्ने विषयमा ओली र प्रचण्डले १ भदौमा प्रमुख प्रतिपक्षी दलका नेता देउवासँग छलफल गरेका थिए । त्यसबारे पार्टीभित्र पनि छलफल आवश्यक रहेको भन्दै ओलीले पार्टी बैठकबाट धारणा तय गरेपछि अर्को पटक छलफल गरेर टुंग्याउने देउवालाई अवगत गराएका थिए । नेकपाका नेता नेम्बाङले विगतको छलफलको निरन्तरताकै क्रममा सकभर विहिबारै टुंग्याउनेगरी छलफल गर्ने तयारी भइरहेको जानकारी दिए ।

संवैधानिक परिषदमा प्रमुख प्रतिक्षी दलका नेता पनि सदस्य रहने व्यबस्था छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगसहितका कतिपय संवैधानिक अंग र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा कांग्रेसले पनि स्थान सुरक्षित गर्ने कोशिस गर्दै आएको छ । ती अंगहरुमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहित शीर्ष नेताहरुको चासो पनि सम्बोधन गर्नुपर्ने बाध्यतामा ओली छन् ।

शुक्रवार पेरिसडाँडामा सचिवालय बैठक, तीन एजेन्डा तय

स्थायी कमिटी बैठक सकिएलगत्तै नेकपाले शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बोलाएको छ । पार्टी एकताका काम सक्ने, मन्त्रिपरिषद् पुनगर्ठन र संवैधानिकलगायतका निकायमा नियुक्तिका विषय बैठकका एजेन्डा तय भएका छन् ।

ओली र प्रचण्डबीच बुधवार भएको भेटमा सचिवालय बैठकको मिति र एजेन्डा तय भएका हुन् । स्थायी कमिटी बैठकले सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनगर्ठनको निर्णय लिएको छ । यसबाहेक संवैधानिकलगायतका निकायमा नियुक्तिलाई पनि नेकपाले महत्वका साथ लिएको छ ।

यसबाहेक असोजभित्र पार्टी एकताका काम सक्ने स्थायी कमिटीको निर्णय छ । यी सवै निर्णयलाई व्यवहारिकरुपमै कार्यन्वयन गर्ने गरी सचिवालय बैठक बोलाइएको छ । अहिलेसम्म प्रधानमन्त्री निवास बालुवाटारमै सचिवालय बैठक बस्दै आएकोमा २६ भदौको स्थायी समिति बैठक पार्टी एकतासहित अघि बढेको सन्देश दिन ओली र प्रचण्ड पेरिसडाँडामा बैठक बोलाउन तयार भएका हुन्

अशोज १ गते, २०७७ - ०६:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निजी विद्यालय : अनलाइन कक्षाका नाममा विद्यार्थी अलमल्याउँदै, शुल्क असुल्दै

जिम्मेवार निकाय स्थानीय सरकार बेखबर काठमाडौं । निजीले विद्यालयमा सामान्य अवस्थामा दैनिक ६ घण्टा...   

भ्रष्टाचार मुद्दा तामेलीमा राखेका घिमिरेलाई पदक

काठमाडौं। सरकारले भ्रष्टाचार प्रकरणमा मुछिएका र त्यस्ता व्यक्तिहरूलाई जोगाउन चलखेल गरेको आरोप लागेका...   

संक्रमित भन्दा निको हुने बढी

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार २०४ जनालाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको...   

नेपालसँगको व्यापारमा चीन असहयोगी

काठमाडौं । नेपालसँगको व्यापारमा चीन असहयोगी बनेको छ। चीनले नेपालसँग उच्च राजनीतिक सम्बन्ध र लगानी...   

क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारी मृत भेटिए

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन्...   

कोरोना भाइरसबाट जोगिने उपाय नै नागरिक सचेतना

काठमाडौँ । स्थानीय तहका जनप्रतिनिधिहरूले नागरिकको सचेतना नै कोरोना भाइरस (कोभिड–१९) बाट बच्ने प्रभावकारी...   

सिराहा कारागारमा संक्रमितको संख्या पाँच सय पुग्यो, कैदीबन्दी भन्छन्, ‘कोरोना जित्न पोषिलो खाना चाहियो’

सिरहा। जिल्ला सदरमुकाम सिराहास्थित सिराहा कारागारमा रहेका पाँच सय ९७ कैदीबन्दी र दुई आश्रित बालबालिकामध्ये...   
अधिकांश तरकारीको मूल्य प्रतिकिलो एक सय रुपैयाँमाथि

अधिकांश तरकारीको मूल्य प्रतिकिलो एक सय रुपैयाँमाथि

६ महिनादेखिको लकडाउनले आम्दानी खुम्चेका बेला भान्सा महँगो भएपछि उपभोक्ता दोहोरो मारमा काठमाडौं...   

३६ हजार लिटर पेट्रोलमा साढे नौ हजार लिटर मट्टीतेल र केमिकल मिसावट

चालकको आम्दानी घटेपछि मिसावट गरेर कमाउने धन्दा काठमाडौं । नेपाल आयल निगमले आयात र वितरण गर्दै आएको...   

कर्मचारीलाई प्रधानमन्त्री ओलीको प्रश्न : तीव्र विकासको बाहक बन्न कुन तत्वले अवरोध खडा गर्‍यो ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कर्मचारीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन् । आजको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top