Khabar Dabali Logo
  September 21, Mon

यसरी उद्योग मन्त्री भट्ट आफै ग्राहक बनेपछि…

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बजार अनुगमनमा निस्किएका छन् । कोरोना भाइरस (कोभिड १९) को कारणले दैनिक उपभोग्य पदार्थको मूल्यवृद्धि गरेपछि उनी आफै बजार अनुगमनमा निस्किएका हुन् ।

अनुगमनका क्रममा मन्त्री भट्टले आज कालीमाटी, बल्खु र लगनखेल क्षेत्रका तरकारी पसलमा पुगेका उनका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए । “मन्त्रीसमक्ष विहानै उपभोक्ताले प्याजको मूल्य एक्कासी बढेको गुनासो गरे, अनि उहाँ आफै झण्डाविनाको गाडी लिएर तरकारी पसलमा जानुभयो”, उनले भने, “ ग्राहक बनेर मन्त्रीले करिव २० केजी प्याज समेत किन्नुभयो । मन्त्रीलाई कसैले चिनेनन् ।” बजारमा मूल्यभन्दा बढीमा प्याजको बिक्रीवितरण पाइएपछि तत्काल मन्त्रीले स्थानीय प्रशासनलाई खबर गरेर ति थोक पसललाई कारवाही गर्न निर्देशन समेत दिएको उनका स्वकीय सचिव ओझाले बताए ।

उनका अनुसार वाणिज्य विभागले बढी मूल्यमा प्याज विक्री गर्ने पसललाई कारवाहीको प्रक्रिया समेत अगाडि बढाइसकेको छ । अहिले भारतबाट प्याज निर्यात नभएपछि व्यापारीले दोब्बरमूल्यमा प्याज बिक्री गरिरहेका छन् । चाडपर्व नजिकिदै गर्दा तरकारी, खाद्यपदार्थको मूल्य बढेको छ ।

भदौ ३१ गते, २०७७ - २०:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नुवाकोटका पाँच क्रसर उद्योग बन्द

नुवाकोट । जिल्ला प्रशासन कार्यालयले मापदण्ड विपरित सञ्चालन भइरहेका क्रसर उद्योगहरु बन्द गराएको...   

आलमको मुद्दामा फाइल मगाउने आदेश

काठमाडौं । सर्वोच्च अदालतले ईंटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका...   

प्याजको मूल्य बढाएर बिक्री गर्ने पाँच पसल कारवाहीमा

नवलपरासी । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)का पाँच पसल बढी मूल्यम प्याज बेचेको अभियोगमा कारवाहीमा...   

कल्याणकारी कोषको प्रगति विवरण प्रत्येक दुई महिनामा बुझाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले श्रमजीवी पत्रकार ऐनअनुसार ठूला सञ्चार गृहले कल्याणकारी कोष खडा गर्ने...   

भारतले माल्दिभ्सलाई २५ करोड डलर ऋण दिने

माल्दिभ्स । भारतले माल्दिभ्सकोे कोरोनाभाइरसबाट प्रभावित अर्थतन्त्रलाई प्रोत्साहन गर्न २५ करोड...   

बेलायतमा कोरोनाको नियम तोड्नेलाई १० हजार पाउण्डसम्म जरिवाना गरिने

लण्डन । कोरोना सङ्क्रमितको सङ्ख्या लगातार वृद्धि हुन थालेपछि बेलायती सरकारले कडा नियम लागू गर्ने...   
सेप्टी ट्याङ्कीमा डुबेर १० वर्षीय बालकको मृत्यु

सेप्टी ट्याङ्कीमा डुबेर १० वर्षीय बालकको मृत्यु

बुटवल । रुपन्देहीको भैरहवामा एकजना बालकको आज सेप्टी ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । जिल्लाको सिद्धार्थनगर...   

प्रहरी वृत्त थिमिका ६३ जना प्रहरीमा कोरोना सङ्क्रमण

भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमी र मातहतमा कार्यरत ६३ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि...   

उपत्यकाको अनलाइन शिक्षा शुःल्कमा एकरुपता बनाउने प्रयास

काठमाडौं । काठमाडौँ उपत्यकामा अनलाइन शिक्षा शुःल्कमा एकरुपता बनाउने प्रयास थालिएको छ । सरकारले जारी...   

११ करोडमा टोखा नगरपालिकाको भवन निर्माण हुँदै

काठमाडौं । टोखा नगरपालिकाको भवन रु ११ करोड नौ लाख लागतमा निर्माण हुने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top