Khabar Dabali Logo
  September 20, Sun

असोज ४ गतेदेखि विद्यालय खुलाउने तयारी

खलङ्गा । जुम्लाको चन्दननाथ नगरपालिकाले कोरोेना भाइरस सङ्क्रमणका कारण गत चैत महिनादेखि बन्द रहेको विद्यालय खुलाउने तयारी गरेको छ ।

आउँदो असोज ४ गतेदेखि आधारभूत तहको पठनपाठन शुरु गर्ने तयारी थालेको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्रका कक्षा एक देखि पाँच सम्मका विद्यार्थीले पढ्न पाउने गरि विद्यालय सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले बताए । उनले भने, “ लामो समयदेखि पठनपाठन नहुँदा विद्यार्थीको पढाइ बिग्रिन थाल्यो । त्यसैले विद्यालय सरसफाइमा ध्यान दिँदै सामाजिक दूरी कायम गरेर कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।”

नगरक्षेत्रका सबै विद्यालयको प्रअको बैठकबाट आउँदो असोज ४ गतेदेखि उच्च सतर्कताका साथ विद्यालय खुलाउने तयारी थाल्न निर्देशन दिएको शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका नगरप्रमुख सेजुवालले बताए।

विद्यालयबाटै सचेतनाका क्रियाकलाप अघि बढाउने भएकाले आधारभूत तहको कक्षा सञ्चालन गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईले बताए । उनले भने, “आधारभूत कक्षमा विद्यार्थी सङ्ख्या पनि कम छ । सामाजिक दूरी कायम गरेर पनि पढाउन सकिने अवस्था छ । यो अवस्थालाई मध्यनजर गर्दै विद्यालय खुलाउने निर्णय भएको हो ।” आउँदो असोज ४ गतेदेखि आ–आफ्ना बालबालिकालाई विद्यालय पठाउने तयारी गर्न अभिभावकलाई समेत आग्रह गरिएको नगरपालिकाले जनाएको छ । यसअघि नगरपालिकाले रेडियो कक्षा सञ्चालन गरिएको थियो ।

भदौ ३१ गते, २०७७ - १८:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नुवाकोटका पाँच क्रसर उद्योग बन्द

नुवाकोट । जिल्ला प्रशासन कार्यालयले मापदण्ड विपरित सञ्चालन भइरहेका क्रसर उद्योगहरु बन्द गराएको...   

आलमको मुद्दामा फाइल मगाउने आदेश

काठमाडौं । सर्वोच्च अदालतले ईंटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका...   

प्याजको मूल्य बढाएर बिक्री गर्ने पाँच पसल कारवाहीमा

नवलपरासी । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)का पाँच पसल बढी मूल्यम प्याज बेचेको अभियोगमा कारवाहीमा...   

कल्याणकारी कोषको प्रगति विवरण प्रत्येक दुई महिनामा बुझाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले श्रमजीवी पत्रकार ऐनअनुसार ठूला सञ्चार गृहले कल्याणकारी कोष खडा गर्ने...   

भारतले माल्दिभ्सलाई २५ करोड डलर ऋण दिने

माल्दिभ्स । भारतले माल्दिभ्सकोे कोरोनाभाइरसबाट प्रभावित अर्थतन्त्रलाई प्रोत्साहन गर्न २५ करोड...   

बेलायतमा कोरोनाको नियम तोड्नेलाई १० हजार पाउण्डसम्म जरिवाना गरिने

लण्डन । कोरोना सङ्क्रमितको सङ्ख्या लगातार वृद्धि हुन थालेपछि बेलायती सरकारले कडा नियम लागू गर्ने...   
सेप्टी ट्याङ्कीमा डुबेर १० वर्षीय बालकको मृत्यु

सेप्टी ट्याङ्कीमा डुबेर १० वर्षीय बालकको मृत्यु

बुटवल । रुपन्देहीको भैरहवामा एकजना बालकको आज सेप्टी ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । जिल्लाको सिद्धार्थनगर...   

प्रहरी वृत्त थिमिका ६३ जना प्रहरीमा कोरोना सङ्क्रमण

भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमी र मातहतमा कार्यरत ६३ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि...   

उपत्यकाको अनलाइन शिक्षा शुःल्कमा एकरुपता बनाउने प्रयास

काठमाडौं । काठमाडौँ उपत्यकामा अनलाइन शिक्षा शुःल्कमा एकरुपता बनाउने प्रयास थालिएको छ । सरकारले जारी...   

११ करोडमा टोखा नगरपालिकाको भवन निर्माण हुँदै

काठमाडौं । टोखा नगरपालिकाको भवन रु ११ करोड नौ लाख लागतमा निर्माण हुने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top