Khabar Dabali Logo
  September 24, Thu

बुधबार थपिए अहिलेसम्मकै बढी कोरोना संक्रमित, संक्रमितको संख्या ५८ हजार ३२७

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या हालसम्मकै उच्च संख्या हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार यो सहित हालसम्म संक्रमित हुनेको संख्या ५८ हजार ३२७ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६८ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ छ। कुल संक्रमितमध्ये निको हुनेको दर ७१‍‍ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ।

भदौ ३१ गते, २०७७ - १६:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नारायणी नदिको सतहले खतराको विन्दु पार गर्यो, सतर्क रहन मेयर दाहालकाे आग्रह

चितवन । विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु...   

मुलुकमा पहिरो निम्त्याउने मुख्य कारण जनप्रतिनिधिकाे डोजर आतङ्क

काठमाडौं । मुलुकका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे...   

आजपनि ह्वात्तै घट्यो भाउ, तोलाको कतिमा झर्याे ?

काठमाडौं । पछिल्ला केही दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी...   

वालिङ पहिरो अपडेट : एकै परिवारका ९ जनाको मृत्यु (नामावलीसहित)

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा बिहीबार बिहान गएको पहिरोमा परी एकै परिवारका नौ...   

ताप्लेजुङमा घरेलु हतियार प्रहारबाट तीन जना गम्भिर घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनका एकै घरका दुईसहित तीन जनालाई एक युवकले...   
वालिङमा पहिरोमा परी एकै घरका ५ जनाको मृत्यु

वालिङमा पहिरोमा परी एकै घरका ५ जनाको मृत्यु

स्याङ्जा । स्याङजाको वालिङ नगरपालिका– १४ तमादीमा गएराति गएको पहिरोमा परी एकै परिवारका ५ जनाको मृत्यु...   

नरायणगढ–मुग्लिन सडक खण्ड अबरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको छ । इच्छाकामना...   

चितवन मेडिकल कलेजमा कोरोना सङ्क्रमित ३९ वर्षीय युवाको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणका कारण एक युवाको मृत्यु भएको छ । तनहुँको...   
पाल्पाको रम्भा गाउँपालिकामा पहिरो, पाँच जना पुरिए

पाल्पाको रम्भा गाउँपालिकामा पहिरो, पाँच जना पुरिए

पाल्पा । गएराती आएको पाल्पाको रम्भा गाउँपालिकामा पहिरोले पाँच जना पुरिएका छन् । पहिरोले रम्भा गाउँपालिका–२...   
पहिरोले पुरिएर वालिङको विर्घामा एक युवकको मृत्यु

पहिरोले पुरिएर वालिङको विर्घामा एक युवकको मृत्यु

वालिङ । गएराति पहिरोले पुरिएर स्याङ्जाको कालीगण्डकीमा एक युवकको मृत्यु भएको छ । तीन दिनदेखिको लगातार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top